शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com
Showing posts with label Nepal India. Show all posts
Showing posts with label Nepal India. Show all posts

Thursday, May 7, 2020

'त्यसको आत्माले शान्ति पाओस्'

एक भारतीय टिभी च्यानलले इरफानको बारेमा १ घण्टा लामो कार्यक्रम निर्माण गर्दै रहेछ। कार्यक्रमका लागि इरफानको जीवनका सबैभन्दा नजिक र विशेष मानिसहरुलाई मुम्बई बोलाइएको थियो। उनको परिवारका केही,
स्कूलको मिल्ने साथी, एनएसडीका प्रिन्सिपल लगायतसँगै
एक विशेष अतिथि बनेर पुगेका थिए सुनील।
*****

स्वेच्छा राउत
फेसबुक म्यासेन्जरमा सुतापाले अप्रत्यासित रुपमा एउटा आग्रह गरिन् - 'पशुपतिनाथमा एउटा पूजा लगाइदिनुस् न स्वास्थ्य लाभको कामना गर्दै।'
अनौठो लाग्यो सुनील पोखरेललाई। किनभने उनी कहिल्यै धर्मको विश्वास गर्दैन थिए। न त कुनै धर्ममाथि प्रश्न नै गर्थे। सुतापा सिक्दरले निशा शर्मालाई पूजा लगाउन गरेको आग्रह पूरा भयो।

'सुतापाले भनेझै हामीले पशुपतिनाथमा पूजा गर्‍यौं। उसको स्वास्थ्य लाभको कामना पनि,' सुनीलले भने। कलाकारद्वय सुनील र निशा लगायत धेरैको कामनाहरुले अर्थ राख्यो। उनी नयाँ फिल्मका लागि तयार भए - अङ्ग्रेजी मिडियम।

'इरफान त धर्मभन्दा पनि कर्ममा विश्वास राख्थ्यो। तर अरुको धार्मिक आस्थामाथि कहिल्यै प्रश्न गरेको थाहा छैन,' सुनीलले सुनाए। हालै दिवंगत भएका भारतीय फिल्मका चर्चित अभिनेता इरफान खानलाई सम्झिँदा मलिन सुनिए सुनील।

पहिलो चरणको उपचार बेलायतमा सकेर भारत फर्किएपछि इरफानसँग सुनीलको सम्पर्क भयो, महिनौ पछि। इरफानलाई डाक्टरले फोन लगायत अन्य डिजिटल माध्यमबाट टाढै बस्न सुझाएका रहेछन्। त्यसैले सुनीलसँग लामो गफ गरेनन्। यति नै बोले – 'अहिले अलि ठीक छु।'
+++

सन् २०१८ को फेब्रुअरी महिनामा हो इरफानले आफ्नो स्वास्थ्यमा समस्या देखिएको बताएको। त्यस समय उपचारका लागि बेलायत जाने र ठीक भएपछि फर्कने योजना पनि सुनाएका थिए।
सुनीललाई लागेको थियो – उपचार पछि ठीक हुन्छ।

तर, उनलाई न्यूरो एडोक्राइन ट्यूमर भएको थियो।
'समाचार पढेपछि पो थाहा पाएँ उसको समस्या सामान्य होइन रहेछ। सयौंमा एकलाई ग्रस्त पार्ने ट्युमर रहेछ। डर चुलियो। म र निशा यस विषयमा कुरा गर्थ्यौं तर हामीले गर्न सक्ने के नै थियो र?', सुनील चिन्तित सुनिए।
डर र आशाको त्यान्द्रो तन्कँदातन्कँदै एक वर्ष बित्यो। सन् २०१९ को फेब्रुअरीमा बल्ल खबर आयो - इरफान उपचार सकेर भारत फर्किए।

त्यतिखेरै हो सुतापाले पशुपतिनाथमा पूजा लगाउने आग्रह गरेको।
इरफानले चाहिँ नेपाली बाँसुरीको धुनहरु मगाएका थिए। निशाले पहाडी भेगका बाँसुरीका संकलित धुन खोजेर पठाइन्।

त्यसपछि सम्पर्क पातलियो। डाक्टरको सुझाव सम्झिएरै फोन नगरेका हुन् उनीहरुले। सुतापासँग चाहिँ बेला बखत् फेसबुकमै कुराकानी भइरहन्थ्यो। तर, इरफानलाई 'डिस्टर्ब' गर्न सकेनन्।
पछिल्लो समय फिल्म 'अङ्ग्रेजी मिडियम'को ट्रेलर सार्वजनिक हुँदा खुशी थिए सुनील। समयको हिसाबले पन्ध्र मिनेट टाढा रहेका सुनीलका लागि ट्रेलरमा इरफानको अभिनय सन्देश बन्यो - 'अब स्वस्थ भयो' भन्ने।
तर, देखेका सबै कुरा कहाँ सत्य हुन्छन् र?

अप्रिल २९ तारिख। दिउँसो खाना खाइसकेर आराम गरिरहेका थिए सुनील। हेटौंडामा रहेका कलाकार बिशारद बस्नेतले फोन गरे र भने – इरफान खान बित्नुभएछ।
त्यसपछि छाएको मौनता र अविश्वासले उनलाई टिभी अघिल्तिर पुर्‍यायो। न्युज च्यानल खोले। प्रस्तोता चिच्याइ चिच्याइ इरफानको शान्त स्वभावको बखान गरिरहेका थिए। टिभीबाट आवाज आइरह्‍यो – बलिउडले एक सशक्त अभिनेता गुमायो। सुनील भने नजिक रहेको साथी गुमाउनुको शोकमा परे।

'एक पटक बोलेको भए हुन्थ्यो। फोन गर्नु पर्थ्यो मैले,' यति बोलिसक्दा एकोहोरिए सुनील, 'बढो गम्भीर आवाज थियो त्यसको। अब त कहिल्यै सुन्न पाइने छैन।'
इरफान विते, सुनीलको आँखा रसाउन छाडेका छैनन्। 'त्यसको हँसिलो अनुहार सम्झन्छु म। विशेषगरी आँखा सम्झन्छु। खुब एक्सप्रेसिभ आँखा थिए। सोचेको कुरो ठ्याक्कै झल्कने,' उनले भने।
+++

Wednesday, June 21, 2017

कति मिच्यो भारतले ६६वर्षमा नेपाली भूमि

सीमा स्तम्भ नं १७ मुन्सीटोलमा भारतीय नागरिकले नेपाली भूमिमा आवादी गर्दै आएका छन् ।

भारतसँग जोडिएका २६ जिल्लामध्ये २३ जिल्लाका ७१ भन्दाबढी ठाउँमा नेपाली भू-भाग मिचिएको छ । भारतसँग जोडिएका चार जिल्लाहरु महोत्तरी, धनुषा, डडेलधुरा र बैतडी मात्र अहिलेसम्म अतिक्रमणबाट चोखा रहेका छन् । भारतबाट एकतर्फी रुपमा लगभग ६० हजार हेक्टरभन्दा बढी पछिल्लो दाङ र बाराबाहेक भूभाग मिचिएको अनुमान गरिएको छ । यसमध्ये कालापानी-लिम्पियाधुरा क्षेत्रको मात्रै ३६ हजार नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लाहरुमा ९ हजार हेक्टर जमिन अतिक्रमण भएको छ । त्यतिमात्र कहाँ हो र मेची-महाकालीसम्म भारतसँग सीमा जोडिएका १८ जिल्लामा ४ सय ७४ सीमास्तम्भ भारतीय पक्षबाट गायब भएका छन् । सशस्त्र प्रहरीबलको तथ्याङ्कअनुसार ३ हजार ५ सय २९ सीमास्तम्भमध्ये २ हजार ३ सय ५८ मात्र सामान्य अवस्थामा छन् । एकीकृत नेकपा माओवादीका नेता तथा संविधानसभा राष्ट्रिय हित संरक्षण समितिका अध्यक्ष अमिक शेरचन भर्खरै भारतीय सशस्त्र सीमा सुरक्षा बलले दाङमा गरेको ज्यादतीको अवलोकन गरेर फर्किए । परराष्ट्रमन्त्री सुजाता कोइरालाले दाङमा सीमा अतिक्रमण नभएको दावी गरेकी थिइन् । त्यसलाई खण्डन गर्दै शेरचन भन्छन्- “दाङको कुनै पनि सीमास्तम्भहरु यथास्थानमा छैनन् । जङ्गे पिलरहरु छैनन् । अनौठाखालका पिलरहरु सिमानामा भेटिए ।” यस विषयमा वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठ पनि सहमत छन् । सन् १९८१मा नेपाल-भारत संयुक्त सीमा समिति गठन भएर त्यसले २००७ डिसेम्बरमा आपुनो काम सकेको बताउँदै उनी भन्छन्- “तर त्यसमा पनि विवाद कायमै छ । सो समितिले ९८ प्रतिशत सीमाङ्कन गरेका दावी गर्दै १८२ थान नक्सा बनाएको दाबी गरेको छ तर त्यो सरकारी स्तरमै गोप्य राखिएको छ । ” गत मंसिरमा नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले समेत सीमा विवाद रहेको स्वीकार गरेका थिए । अर्का सीमाविद् फणिन्द्र नेपाल अङ्ग्रेजले भारतलाई उपनिवेशबाट मुक्त गर्दा नेपालको भूमि पनि मुक्त गरेको बताउँछन् । उनी भन्छन् “नेपाल सरकारले यस मुद्दालाई सार्क आसियान र संयुक्त राष्ट्रसंघमा पेश गर्न सक्नुपर्छ ।

अन्तर्राष्ट्रिय न्यायालयमा जान पनि सकिन्छ । ” सुगौली सन्धिबाट गुमेको एकतिहाई भूभाग फिर्ता गर्ने सवालमा नेपालको यस्तो तर्क रहेको हो । सन् १९४७ सालमा स्वतन्त्र भएदेखि भारतले नेपालको भूमि लगातार अतिक्रमण गरिरहेको छ । भारतले १ लाख ४३ हजार वर्गकिलोमिटर नेपालको क्षेत्रफल भएको नक्सा बनाएको सीमाविद् नेपालको दावी छ । सुगौली सन्धिपछि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरमा सीमित भएको थियो । सुगौली सन्धिभन्दा पहिले नेपालको क्षेत्रफल १ लाख ४ हजार ६ सय १६ वर्गकिलोमिटर थियो । नेपाल र भारतबीच १८ सय ८० किलोमिटर सीमा जोडिएको छ । भारतसँग सीमा जोडिएका २६ जिल्लामध्ये १८ जिल्लामा मात्र नेपालको तर्फबाट सशस्त्र प्रहरी क्याम्प स्थापना गरिएको छ त्यो पनि सीमाभन्दा ३-४ किलोमिटर भित्र मात्र । भारतसँग सीमा जोडिएका तराईका चितवन दाङ र पहाडका इलाम पाँचथर ताप्लेजुङ डडेल्धुरा बैतडी र दार्चुलामा नेपालका तर्फबाट सीमा सुरक्षाका लागि कुनै सशस्त्र फोस्र तैनाथ गरिएको छैन । उत्तरी छिमेकी चीनसँग नेपालको १४ सय १५ किलोमिटर सीमा जोडिएको छ । ती नाकाहरुमा नेपालले सीमा सुरक्षाका लागि सुरक्षाकर्मी खटाएको छैन । भलै चीनसँग नेपालको सीमा समस्या हल भइसकेको छ ।

भारतले नेपालतर्फको सीमा क्षेत्रमा बाक्लो सीमा सुरक्षाबल तैनाथ गरेको छ । नेपाल भारत सीमामा भारतले ४५ हजार सेना तैनाथ गरेको छ । अर्थात् प्रत्येक एक किलोमिटरमा २५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । भारत र नेपालका बीचमा ८ हजार ५ सय र चीनसँग जोडिएका करिब १ सय सीमास्तम्भहरु छन् । तर ती सीमास्तम्भहरुको अवस्था कस्तो छ भन्ने जानकारी नेपाल सरकारलाई छैन । सीमाको सही व्यवस्थापन गर्न र भारतीय बसाइसराई रोक्न नेपाल-भारत सीमारेखामा काँढेतार लगाउनुपर्छ भन्ने सीमाविद्हरुले बताउँदै आएका छन् । सीमाविद् फणिन्द्र नेपाल भन्छन् “काँढेतार लगाउने हो भने भारतीय डकैतीबाट पनि नेपालीहरु सुरक्षित हुने थिए । ” अझ परिचयपत्रका आधारमा मात्र सीमामा आवत-जावत गर्दा उपयुक्त हुने उनी बताउँछन् ।

भारतीय अतिक्रमणमा परेका जिल्लाहरु
ताप्लेजुङ
टिम्बापोखरीः यस क्षेत्रको डाँडामा भारतले िस·लीला पार्क बनाउँदा काचनजङ्घा दक्षिण १५ किलोमिटर धसो्र मिचिन पुगेको छ । मगना तम्लिङः पूर्वी खण्डमा भारतले नेपाली सीमा मिचेको छ । काबेली-काब्रुः काचनजङ्घा हिमालको दक्षिण काब्रु क्षेत्रका डाँडामा शिखर चढ्न पर्वतारोही जाने सिलसिलामा भारतले नेपाली भूमिलाई आफ्नो दावी गर्दै आएको छ ।

Sunday, December 18, 2016

घुमघाम सुन्दर सिक्किम


सिक्किम एक नजर 
सिक्किम प्रदेश चार जिल्लामा विभाजित छ । पूर्व सिक्किम, पश्चिम सिक्किम, उत्तर सिक्किम एवं दक्षिण सिक्किम ।  जहाँ क्रमश : गंगटोक, गिनिज, मन्दन र नाम्ची एकदम चर्चित छन् । हुन त पूरा सिक्किम नै प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ तर पनि प्रमुख दर्शनीय स्थलहरू : 

पूर्वी सिक्किम 
पूर्वी सिक्किम सबैभन्दा सुन्दर र लोकप्रिय पर्यटन स्थल हो । यहाँका सुन्दर पहाड, गार्डेन, चिडियाघर एवं पुराना स्मारकहरू दर्शनीय स्थल छन् ।
गान्तोक 
समुद्री सतहबाट ५ हनार ८ सय फिटको उचाइमा रहेको गान्तोक सहर सिक्किमको राजधानी तथा सबैभन्दा लोकप्रिय हिल स्टेशन हो । गान्तोक सहरको उत्तरी सीमा तिब्बत, पूर्वी सीमा भूटान, पश्चिमी सीमा नेपाल र दक्षिणी सीमा बंगालबाट नजिक छ । लगभग ५० हजार जनसंख्याको यो सहरमा आधुनिक एवं प्राकृतिक सौन्दर्यको मिश्रण देख्न सकिन्छ । गान्तोक र यसको आसपासका असंख्य ठाउँ आकर्षक टुरिस्ट डेस्टिनेसन हुन् । आर्किड सेंचुरी प्रकृतिप्रेमीहरूका लागि उपयुक्त छ । यहाँ आर्किडका ४ सय ५४ दुर्लभ प्रजाति देख्न सकिन्छ । कंचनजंघाको मनोरम प्राकृतिक दृश्यको आनन्द उठाउन तासिलिङ पुग्नुपर्छ । यसका साथै जवाहरलाल नेहरू बोटानिकल गार्डेन, रिज पार्क, ह्वाइट हल कम्प्लेक्स, वाटर गार्डेन, गणेश टक, हरिण पार्क एवं हनुमान् टक टेम्पल प्रमुख दर्शनीय स्थल हुन् ।

गान्तोक वरिपरिका दर्शनीय स्थल 

रुमटेक धर्मचक्र सेन्टर 
गान्तोक सहरबाट  २४ किलोमिटरको दूरीमा रहेको रुमटेक मठ पर्यटकहरूको आकर्षणको केन्द्रविन्दु हो । यो मठमा तिब्बतको सांस्कृतिक विरासत एवं बौद्ध धर्मसँग सम्बन्धित दुर्लभ वस्तुहरूको संग्रह छ ।
नथुला पास 
गान्तोकबाट ५६ किलोमिटरको द्ूरीमा रहेको नथुलाबाट चीनको सुप्रसिद्ध ग्रेटवाल देख्न सकिन्छ ।
पश्चिमी सिक्किम 
पश्चिमी सिक्किमलाई मठहरूको गढ पनि भन्न सकिन्छ । प्राचीन सभ्यता र संस्कृतिप्रति रुचि छ भने पश्चिमी सिक्किम घुमफिर गरेर रमाइलो अनुभव गर्न सकिन्छ ।
गिनिग  
यो पश्चिमी सिक्किमको हेडक्वार्टर हो । गिनिगको शाब्दिक अर्थ राजाको बगैंचा हो ।
पेलिङ
गान्तोकबाट १ सय १८ किलोमिटरको दूरीमा अवस्थित पेलिङ प्रकृतिको सुन्दर छटाले घेरिएको छ । यहाँ हिउँले ढाकिएको पहाड हेर्न आउनेहरूको भीड लाग्छ ।
पेमयाङ मठ 
पश्चिमी सिक्किमका सबै मठको अनुपातमा पेमयाङको अलग पहिचान छ । यो मठ निकै पवित्र मानिन्छ । यहाँको शिल्पकला, मूर्ति तथा भित्ताका अनौठा चित्रहरू निकै आकर्षक छन् ।
अन्य प्रमुख दर्शनीय स्थल
देताम, सोबरा, बेर्से आदि ।
उत्तरी सिक्किम 
उत्तरी सिक्कममा सिक्किमको सांस्कृतिक विविधताको झलक देख्न पाइन्छ । यहाँको कणकणमा इतिहास र धर्मको आभास पाइन्छ ।
लाचुङ 
गान्तोकबाट १ सय १५ किलोमिटर टाढा पर्ने सानो गाउँ लाचुङका चारैतिर हिउँले ढाकिएका पर्वत देख्न सकिन्छ । यो ठाउँ प्राकृतिक सौन्दर्यका पारखीमाझ निकै प्रिय छ । यहाँको लाचुङ मठ पर्यटकीय आकर्षणको केन्द्र हो ।

अन्य प्रमुख दर्शनीय स्थल 

मगान, काबी, फ्रोडोङ, यन्धाङ आदि ।
दक्षिणी सिक्किम   
हिउँले ढाकिएका पहाड, हरिया जंगल, चियाका सुन्दर बगान एवं सदियौं पुराना आकर्षक भवनहरूले दक्षिणी सिक्किमको सुन्दरता बढाएका छन् । यो स्थान पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्न सफल छ ।
नमची 
गान्तोकबाट ७५ किलोमिटर टाढा रहेको नाम्ची पर्यटकहरूमाझ निकै लोकप्रिय छ । यहाँबाट कंचनजंघा हिमशिखरको अनुपम सौन्दर्य देख्न सकिन्छ । यसका साथै यहाँका मठहरूले पनि सबैलाई आकर्षित गर्छन् ।
रावंगला 
समुद्री तटबाट २ हजार १ सय २२ मिटर उचाइमा अवस्थित सानो गाउँ रावंगला घुम्न आउनेहरूका लागि लोकप्रिय छ । विशेषगरी यहाँ ट्रेकिङ जान रुचाउनेहरूका लागि यहाँको यात्रा अविस्मरणीय हुन्छ ।
मेनाम वाइल्ड सेन्चुरी 
३५ सय हेक्टरमा फैलिएको मेनाम वाइल्ड सेन्चुरीमा रातो पान्डा, लेपर्ड बिरालो, कालो इगल तथा अन्य दुर्लभ जीवजन्तु देख्न पाइन्छ ।
टेमी चिया बगान  
सिक्किमको एक मात्र टेमी चिया बगानमा एकदम राम्रो गुणस्तरीय चिया उत्पादन हुन्छ ।
अन्य प्रमुख दर्शनीय स्थल 
बुद्ध पार्क ।

कहिले जाने ? 
सिक्किम जान मार्चदेखि जून तथा सेप्टेम्बरदेखि डिसेम्बरको समय उपयुक्त हुन्छ ।
कहाँ बस्ने ? 
लग्जरी होटल , तिब्बत होटल, चुम्बी रेसिडेन्सी, हिडेन फरेस्ट रिट्रिट डिलक्स होटल
गोल्डेन पगोडा, गोल्डेन हाइट्स, होटल बायुल बजेट होटल प्रिमुला लज, ब्लिस रिसोर्ट
सिक्किममा सपिङ
सिक्किमको प्रमुख सपिङ गन्तव्य गान्तोकमा छ जुन हस्तकलाका वस्तुहरूका लागि प्रख्यात छ ।
यसका साथै पेन्टिङ, कार्पेट, काठ, परम्परागत ह्याट, टोपी आदि यहाँ खरिद गर्न सकिने वस्तु हुन् । 
साभारः नारीhttp://bit.ly/2avfjwy

Tuesday, May 24, 2016

भारतमा लोकप्रिय हुँदैछ नेपालको संविधान

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई वर्तमान सरकारले फिर्ता बोलाएपछि अनेक चर्चा चलेका छन। तर उपाध्याय भने आफूलाई सरकारले कुनै पनि आरोप नलगाई फिर्ता बोलाएको बताउँछन्। नेपाल र भारतबीचको सम्बन्ध सुदृढ, सहज र सामान्य बनाउन भूमिका खेलेका उपाध्यायका अनुसार अहिले नेपालको संविधानबारे भ्रम चिरिएको र अवस्था सामान्य हुँदै गएको छ। उनै उपाध्यायसँग नेपाल–भारत सम्बन्धको पछिल्लो स्थितिबारे नागरिकका गुणराज लुइँटेल र प्रकाश तिमल्सिनाले गरेका कुराकानीको सम्पादित अंश:

भारतीयहरु नेपालमा के होस् भन्ने चाहँदा रहेछन्?
भारत सरकार र भारतीय जनता नेपालमा दिगो शान्ति र स्थिरता चाहन्छन्, त्यो उत्तरी छिमेकी चीनले पनि चाहेको छ।

फेरि कहाँ समस्या देखापर्योे त?
नेपाल र भारतबीच कन्पि्क्लक्ट भइरहोस् भन्ने समूह दुवैतिर छन्, तिनले केही समस्या पारेका छन्। जुन विस्तारै चिरिँदै गएको छ। त्यसका लागि हामी सबैले मेहनत पनि गर्यौं्।

तपाईँ फिर्ता भएपछि भारतसँग सम्बन्ध सुधार गर्नका लागि त ग्याप भइसक्यो, त्यो कसरी परिपूर्ति गर्न सकिएला र?
त्यो त सरकारले सोच्ने कुरा हो। अन्य कर्मचारीलाई पदस्थापना, बढुवा र सरुवा गरेजस्तो होइन राजदूतका कुरा। केही दिन त समस्या ल्याउला तर सरकारले सोच्ला त्यसमा। राजदूत नियुक्ति प्रक्रियामा जानुपर्छ।

सरकार फेरिनेबित्तिकै राजदूत फेरिने चलनले दुई देशबीचको सम्बन्धमा समस्या ल्याउने रहेछ?

यो त नेताहरुले सोच्नुपर्ने कुरा हो। सरकार फेर्नेबित्तिकै राजदूत फेर्ने विषयले समस्या अवश्य ल्याउँछ। केही सुधार हामीले यसमा गर्नुपर्ने रहेछ, मैले यो महसुस गरेँ। यसमा पद्धति र प्रणाली बसाउनुपर्छ।

कसरी सुधार गर्न सकिन्छ होला?
हिजो भएको थिएन, अबचाहिँ कसरी हुन्छ भन्न थालियो भने सुधार कहिल्यै पनि हँुदैन। राष्ट्रिय एजेन्डामा सबै दल उभिनुपर्छ, सबै एक ठाउँमा आउनुपर्छ, आआफ्ना राजनीति त छँदैछ। त्यसका लागि समयानुकूलको परराष्ट्र नीति बनाउनुपर्छ।

आन्तरिक राजनीतिक छायाँमा हाम्रो कूटनीति पर्न थालेको हो?
त्यो आन्तरिक राजनीतिको छायाँ त अवश्य पनि कूटनीतिक क्षेत्रमा पर्छ नै। नेपालको कूटनीतिमा पनि भइरहेको छ हो। अब त्यसो गर्न नदिनका लागि मेहनत गर्नुपर्छ, त्यसका लागि राष्ट्रिय मुद्दामा एकजुट हुनेखालको पराराष्ट्र नीति बनाउनुपर्छ।

राजदूतले के गर्न सक्दोरहेछ?
राजदूतले त जो सरकार हुन्छ, त्यसको निर्देशन र निर्णय पालना गर्ने, त्यो सरकार र अर्को सरकारबीच सहजीकरण गर्ने हो। त्यो उसको दायित्व हो। तर राजदूतले सरकारले जे गर्यो , त्योमात्रै गर्ने कुरा पनि होइन, मुख्य कुरा देश र जनतालाई केन्द्रमा राखेर काम गर्योर कि गरेन भन्नेमा विचार राख्नुपर्छ।

वर्तमान सरकारले आफ्नो निर्देशनअनुसार काम गरेन भनेर फिर्ता बोलाउने निर्णय गर्योत, किन सरकारविरुद्ध लाग्नुभएको?
बाहिर धेरै कुरा आएका छन्। म आधिकारिक कुरामा मात्र विश्वास गर्छु, बजारिया हल्लाको पछि लाग्दिन। तर सरकारले पठाएको आधिकारिक पत्रमा त्यस्तो केही लेखको छैन, त्यसकारण मलाई यस्तो आरोप लगाइयो भनेर कसरी तपाईँहरुसामु भनुँ?

Sunday, April 10, 2016

भारत नेपालबाट के चाहन्छ ?

जेनेभाको मानवअधिकारसम्बन्धी बैठक र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणमा नेपाल मामलामा चर्चा गरिएको थियो । हालसालै भारत र युरोपियन युनियनले संयुक्त वक्तव्यमार्फत नेपालको नयाँ संविधान अपूर्ण रहेको भन्दै मिल्न बाँकी मुद्दाहरू समयसीमाभित्र हल गर्न अनावश्यक सुझाव दिएर आन्तरिक मामलामा हस्तक्षेप गरिएको छ । 
स्वतन्त्र र सार्वभौम नेपाललाई अन्तर्राष्ट्रिय कानुनले दिएको पारवहन अधिकारबाट पाँच महिना वञ्चित गर्ने भारतको पक्षमा युरोपियन युनियन उभिनु विडम्बना हो । नेपाललाई एक्ल्याउने र अन्तर्राष्ट्रिय मञ्चमा लगातार आलोचना गर्ने प्रयासले नेपालको स्थिरता र विकासको लागि चीनले खेल्न सक्ने भूमिकाबाट भारत त्रसित भएको देखिन्छ । चीनको बढ्दो आर्थिक र सैनिक वृद्धिमा अवरोध खडा गर्न नेपालमा नियन्त्रित अस्थिरता चाहने शक्ति केन्द्रहरू पनि जुर्मुराएका छन् ।

भारतले प्रत्यक्ष–परोक्ष रूपमा आफ्नो स्वार्थबमोजिम नेपालमा सरकार र शासन व्यवस्था परिवर्तन गराउन भूमिका खेल्दै आएको छ । पछिल्लो समय नेपाली जनताले संविधान बनाउने सार्वभौम अधिकार प्रयोग गर्दा आफ्नो असन्तुष्टि जनाएर भारतले पाँच महिना नाकाबन्दी गर्‌यो । आन्तरिक मामलामा हस्तक्षेप गर्न आमन्त्रण गर्ने र सत्तामा पुग्न वा टिकिरहन शक्तिकेन्द्रहरूका अघि घुँडा टेक्ने नेपालका शासकहरू मुख्य रूपमा दोषी हुन् । 
सुमन बराल
तर सुरक्षा चिन्ताको नाममा भारत बेलायतको उपनिवेश रहँदासमेत स्वतन्त्र हैसियत नगुमाएको नेपालको आन्तरिक मामलामा निरन्तर हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत छ । अब राष्ट्रसंघ पनि भारतको हस्तक्षेपमा मौन बस्यो भने उसको औचित्वमा समेत प्रश्नचिन्ह खडा हुने छ ।
चीनले नीति र व्यवहार दुवैमा नेपालका आन्तरिक मामिलामा हस्तक्षेप गर्ने नगरेको र नेपाल पनि आफ्नो भूमिबाट चीनविरोधी कुनै पनि गतिविधि हुन नदिन सधैँ सचेत रहेको छ । नेपाल र चीनबीचको संयुक्त विज्ञप्तिमा दुवै देशले एकअर्काको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्ने पुनः प्रतिबद्धता जनाएपछि भारत हच्किएको छ । 
राजदूतले खटाएको भरमा निर्णय गराउने हैसियत भारतले गुमाएको छ र उसका कर्मचारी संयन्त्रले चाहेविपरीत पाँच महिना लामो नाकाबन्दीमा समेत कष्ट सहेर जनताले सरकारको समर्थन गरिरहे, गरिरहने छन् ।
नेपालको हितमा नभई भारतको स्वार्थबमोजिम चल्ने कठपुतली शासकलाई सधैँ भारतले समर्थन गर्दै आएको छ । आफ्नो चाहनाविपरीत बनेको सरकारलाई ढलाउन जस्तोसुकै भूमिका निभाउन तत्पर रहने गरेको भारतले चीनसँग सम्बन्ध विस्तार गर्ने ओली सरकारको विकल्पका लागि पनि प्रयास थालिसकेको छ ।
सुरक्षा चिन्ताका नाममा चीनको उपस्थिति नरुचाउनु भारतको हेपाहा प्रवृत्ति मात्र हो किनकि भारत आफैँ चीनसँग व्यापार र लगानीको वातावरण बढाउन लालायित छ । नियन्त्रित अस्थिरता कायम राखेर नेपाल आफ्नो प्रभाव क्षेत्रबाट उम्किन नदिने प्रयासले भविष्यमा भारतलाई नै असर गर्ने निश्चित छ । 
भौगोलिक अखण्डतालाई सम्मान गर्दै कुनै पनि विखण्डनवादी शक्तिलाई सहयोग नगरेको अवस्थामा मात्र भारतविरोधी गतिविधि हुन नदिन नेपाल सतर्क रहन्छ भन्ने कुरा भारतले आत्मसात गर्नैपर्छ ।
विगतमा पनि नेपालले स्वतन्त्र हैसियतमा निर्णय लिँदा साम, दाम, दण्ड, भेद प्रयोग गरेर असफल बनाउने र अन्तिम अस्त्रका रूपमा नाकाबन्दी लगाएर शासकहरूलाई गलाउँदै आएको थियो । यसपालि भने नेपाल प्रभाव क्षेत्रबाट हट्ने डरले भारत धेरै अत्तालिएको छ । 
दीर्घकालीन हित र सुरक्षाको लागि नेपाल जस्ता साना छिमेकी देशसँग सुमधुर सम्बन्ध राख्नुपर्छ भन्ने लालबहादुर शास्त्री, पीभी नरसिंह राव जस्ता प्रधानमन्त्री पनि भारतमा थिए तर उनीहरूले कर्मचारीतन्त्रभित्रको आचरणमा भने परिवर्तन ल्याउन सकेनन् । अब असमान सन्धिलाई समयअनुकूल परिवर्तन गर्न र खुला सिमानाका कारण हुने आपराधिक गतिविधि रोक्न अनिवार्य रूपमा परिचयपत्र देखाएर मात्र आवतजावत गर्न पाउनेलगायतका व्यवस्था गर्न नेपाल सरकारले विशेष पहल गर्नुपर्छ ।

Friday, February 26, 2016

एउटा राजकीय यात्रा र त्यसको प्रतिफल (शून्य समय)


नेपाल-भारत सम्बन्ध नेपालभित्रका 'नतमस्तक' पात्रहरू समेतलाई बिझ्ने गरी असहज बनेको थियो, खासगरी असोज या संविधान जारी भएयता। छ दिने राजकीय भ्रमणको अन्त्यमा प्रधानमन्त्री केपी ओलीले उक्त भ्रमण अत्यन्त उपलब्धिमूलक रहेको र नेपाल-भारत सम्बन्ध असोज या नाकाबन्दीपूर्वको अवस्थामा पुगिसकेको दाबी गरे। सम्बन्ध असहज हुँदा यस्ता र अन्य उच्चस्तरीय भ्रमणहरू महत् वपूर्ण हुन्छन्, तर एउटा भ्रमणमा 'छु मन्तर' को शक्ति हुँदैन, परिस्थितिलाई तत्काल बदल्ने गरी। 
युवराज घिमिरे
पक्कै पनि ओली या कुनै पनि राजकीय आतिथ्य पाएको व्यक्तिले 'मेरो भ्रमण असफल भयो' भन्दैन र अझ स्पष्ट शब्दमा भारत भ्रमणमा विगतमा गएका सबै नेपाली प्रधानमन्त्रीहरू र गैर प्रधानमन्त्रीय हैसियतमा विगत तीन वर्षमा सरकारी निम्तोमा दिल्ली गएका सुशील कोइराला, पुष्पकमल दाहाल र शेरबहादुर देउवा सबैले आफ्ना भ्रमणहरू सफल भएको र त्यसले नेपाल-भारत सम्बन्धलाई बलियो बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्, सार्वजनिक रूपमा । त्यति हुँदाहुँदा पनि नाकाबन्दी र दुईपक्षीय सम्बन्ध तल्लो 'बिन्दु' मा किन पुग्यो त?

आरोप-प्रत्यारोप नेपालभित्र र बाहिर दुवैतिर जारी नै छँदा ओलीले 'राजकीय' भ्रमणको निम्तो पाए दिल्लीबाट । प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं नै आलोचित छन् नेपालप्रति भारतको व्यवहार तथा नीतिलाई लिएर। सार्वजनिक रूपमा या सञ्चारमाध्यममार्फत मोदीका पूर्ववर्ती मनमोहन सिंहले भारतीय व्यवहारको आलोचना गरे भने संसद्भित्र पनि गैर भारतीय जनता पार्टी या खासगरी भारतीय कांग्रेस र साम्यवादी दलहरूले खुलेर भारत सरकारको नेपालप्रतिको व्यवहारको आलोचना गरे।
तीमध्ये केहीले मात्र संविधान निर्माण नेपालको सार्वभौम अधिकार क्षेत्रको विषय हो भन्न सके । त्यति मात्र हैन, यदि सञ्चारमाध्यम उच्च स्रोतका हवालाबाट आएका समाचारहरू सत्य हुन भने भारतीय कांग्रेसको पृष्ठभूमि र सन् २००५-२००६ मा त्यहाँको विदेश मन्त्री रहेका वर्तमान राष्ट्रपति प्रणव मुखर्जीकै पनि विमति देखियो प्रधानमन्त्री मोदीसँग, खासगरी नेपालको संविधानबारे।
'संविधान नेपालको आन्तरिक दस्तबेज हो' र भारतले त्यसमा कुनै असन्तुष्टि र असहमति देखाउनुपर्ने कारण छैन, मुखर्जीको मान्यतालाई यसरी नै बुझ्यो नेपाली टोली (प्रधानमन्त्री ओलीलगायत) ले। वास्तवमा संविधान निर्माण कुनै पनि मुलुकको सार्वभौम अधिकार क्षेत्रको विषय हो सम्पूर्णरूपले। त्यस अर्थमा मुखर्जीले नेपालको संवेदनशीलता अनि त्यो दस्ताबेजप्रति अनावश्यक प्रतिकूल टिप्पणी गरी नेपालको सार्वभौम अधिकार क्षेत्रमा प्रवेश गरेको भारत सरकारप्रति असहमति व्यक्त गरेको पनि बुझ्न सकिन्छ। 

मोदीको दान-दक्षिणा र ओलीको रित्तो टपरी

भारतीय स्वार्थमा लुकेको राजकीय सम्मान


दिल निसानी मगर
Kp-oli-And-Modi
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६ दिने औपचारिक भारत भ्रमण पूरा गरेर स्वदेश फर्केका छन् । राजकीय सम्मानका साथ राष्ट्रपति भवनमा बसेका ओलीले दिल्ली रहँदा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न गरेका छन् । ओलीको भारत भ्रमण सफल कि असफल ? भन्ने सन्दर्भमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा बहस देखापरेको छ ।
सोमबार साँझ बीबीसी नेपाली सेवासँग कुरा गर्दै भारतीय सेनाका पूर्वजनरल अशोक मेहताले दुई देशबीच कुनै नयाँ मुद्दामा सम्झौता नभएको र राजकीय सम्मानलाई मोदीले उपहास गरेको तर्क गरेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले भेटवार्ताका क्रममा खिचिएका तस्बिरको हाउभाउबारे व्याख्या गर्दै मोदी नेपालसँग झुकेकोसम्मका विचार व्यक्त गरेका छन् । ओलीले सहमतिपत्रमा हस्ताक्षर गरेको समयमा मोदी कार्यालय सहयोगीझैँ आडैमा उभिएको तस्बिरलाई उनीहरूले स्वाभिमानसँग तुलना गरेका हुन् । ओलीको सम्मानार्थ दिइएको ‘गार्ड अप अनर’ तथा उनीसँग तस्बिर खिच्नका लागि मोदीले हात समातेर तान्न खोजेको प्रयासबारे चर्चा गर्दै केही मिडियाले दुई देशबीचको मनमुटाव यहीँ समाप्त भएको ठोकुवा गरेका छन् ।
प्रधानमन्त्रीको हैसियतमा ओली दिल्ली जाँदा उनलाई कसरी सम्मान गरियो भन्दा पनि सोही हैसियतमा उनी नेपाल रहँदा दिल्लीका दूतले उनको कसरी अपमान गर्छन् भन्ने कुरा त दिल्लीको कूटनीतिक संस्कारजस्तै बनेको छ ।
काठमाडौंस्थित भारतीय राजदूत रञ्जित रेले ओलीका अगाडि उपरखुट्टी लगाएर बसेको तस्बिर सार्वजनिक हुँदा हामीले निकै अपमानित भएको महसुस गरेका थियौँ । यतिबेला मोदीको सामुन्ने ओलीले शिर ठाडो पारेको तस्बिर देख्दा कैँयौ मानिसले आफूलाई सम्मानित भएको अनुभूति गरेका छन् । बलियो राष्ट्रियताको अभाव र कमजोर कूटनीतिका कारण तस्बिरमा स्वाभिमान खोजिने दयनीय अवस्था सिर्जना भएको हो।
काठमाडौंमा भारतीय राजदूतको रूपमा आउने जो-कोहीले बरियता क्रमको कुनै ख्याल नगरेर राष्ट्रपति, प्रधानमन्त्री, सैनिक मुख्यालय, मन्त्री र नेताहरूको निवासमा सहजै अनुमति पाउँछन् । परराष्ट्र मन्त्रालयसँग कुनै समन्वय नै नगरेर विभिन्न शीर्ष नेतालाई अस्वाभाविक दबाब थोपार्छन् ।
ओलीको भ्रमण नै पहिलो होइन कि जसरी बाहिर ‘अद्भुतपूर्ण’ भनेर प्रचार गरिएको छ । यसअघि पनि यस्ता कैयौँ भ्रमण भएका छन् । फरक यति हो कि दिल्लीको स्वार्थसँग मिल्दा र नमिल्दा भोग्नुपर्ने परिणाम तीता पनि छन्, मीठा पनि छन् ।
उनीहरूको यस्तो अमर्यादित हर्कत कुनै कूटनैतिक आचरणमा आधारित छैन । नयाँ संविधान घोषणाको केही घन्टाअगाडि मात्र जसरी भारतीय विदेश-सचिव बलिउड शैलीमा प्रवेश गरे र नेतालाई जम्मा गरेर झपारे, त्यो नै नेपालप्रतिको दिल्ली मानसिकता थियो ।
दिल्लीमा रहँदा ओलीले विभिन्न फोरमहरूमा नेपालको संविधान समावेशी, लोकतान्त्रिक र वैधानिक भएको बि्रफिङ गरेका थिए । भारतीय पत्रकारसँग कुरा गर्दै उनले हामीलाई कसैले बताइदियोस् कि हाम्रो संविधानले क-कसलाई विभेद गरेको भनेर सोधेका थिए । उनको दाबी थियो, दिल्ली भ्रमणले दुई देशबीचको असहमझदारी समाप्त भएको छ ।

Saturday, February 20, 2016

नेपाल भारतमा विलय गराउँ: नेहरु, नाम नेपाल राखौं : महेन्द्र

विचार/बहस
प्रधानमन्त्री भएका बखत बीपी कोइराला भारत जानुअघि नेपाल कम्युनिष्ट पार्टीका तात्कालिन महासचिव केशरजंग रायमाझीलाई घरमा बोलाएर १० हजार रुपियाँ थमाए । नमागिएको पैसा पाएपछि रायमाझीले प्रयोजन सोधे । बीपीले भने– ‘ म गएपछि मेरा विरुद्ध नारा जुलुस गराउनुस् । त्यसो भयो भने मैले देश हितमा अरु बढी काम गर्न सक्छु ।’ नेहरुले नेपाल भारतसंग विलय गर्ने प्रस्ताव राख्दा राजा महेन्द्रले शर्त राखेका थिए रे– ‘देशको नाम चाहिँ नेपाल राखिनुपर्छ ।’ त्यो दूरदर्शिता अहिले मिथक बनेको छ ।
प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणसंग पनि यस्ता यक्ष प्रश्न जोडिएका छन् । बहुदलपछि बनेका प्रधानमन्त्री मध्ये कृष्णप्रसाद भट्टराई बाहेक अरुले भारतसंग सार्वभौम राष्ट्रको इज्जत धानेर संवाद नै गर्न सकेनन् । नेपाल भूमिमा क्रान्तिकारीहरु भारतको माटो टेक्नासाथ आज्ञाकारी हुने रोगबाट निरपेक्ष हुन सकेनन् ।
संग्रहालय पुगेर कोट सुम्सुम्याउदै बीपीसंग आफूलाई तुलना गर्ने आशाका पात्र प्रचण्ड भावनामा अघि काममा पछि देखिए । भाषणमा क्रान्तिकारी काममा आज्ञाकारी उनको पछिल्लो विशेÈता बनेको छ । बीपीकै सानिमाका छोरा सुशील मूल्य, मान्यता र आदर्शको रटबाट माथि नउठी भगवानका प्यारा भए । कुमार बन्नुबाहेक उनले कार्यशैलीमा न बीपी, न जीपीको छाप छोड्न सके ।
नेपालका कुनै कम्युनिष्ट नेतालाई अर्को देशको कम्युनिष्ट नेताले पत्याएर एउटा साइकल उपहार दिएको सुनिएको छैन तर तिनैले विरोध गर्ने राजा त्रिभुवनले हिटलरबाट पाएको गाडीको अवशेष अझै संग्रहालयमा सुरक्षित छ । जसरी रक्सी खान कुरानले बन्देज लगाएको तर भोड्का खान छूट दिएको भन्दै ज्यान छोडेर भोड्का तान्ने रुसी मुसलमानहरुको आलोचना गरिन्छ, त्यसैगरी कम्युनिष्टको खास्टो ओढेर हिङदेखि हर्दीसम्मको व्यापार भ्याउने चरित्रका कारण नेपाली नेताहरु बद्नाम छन् । कम्युनिष्ट नाम उनीहरुका लागि नक्कली जोगीले धसेको खरानीजस्तै भएको छ । जुन कम्युनिष्ट नेताहरु इमान्दार छन् , तिनीहरु जन्मेदेखि अहिलेसम्म सडकमै छन् । अपेक्षित इमान्दार नेताहरु ‘गद्दार’ को पुरस्कारबाट विभूषित हुने गरेका छन् । नेपालमा क्षमतावान नेता प्रशस्तै जन्मिए । कतिले सपना देखे, समय पाएनन् । अहिलेकाले समय पाए, सपनै देखेनन् ।
टंकप्रसाद आचार्य एकताका चीन भ्रमणमा थिए । त्यो बेला चीन र जापानबीच सम्बन्ध चिसिएको थियो । चीनले शान्तिदूतका रुपमा जापान गएर दुई देशबीचको सम्बन्ध सुलह गराइदिन गरेको आग्रहलाई उनले सफलतापूर्वक सम्पन्न गरिदिए । १४ भाषाका ज्ञाता मातृका प्रधानमन्त्री भइसकेपछि पनि अमेरिकाको राजदूत भएर पद सानो ठूलो हुँदैन भन्ने प्रमाणित गरे । राष्ट्रसंघमा अलिखित भाÈण गर्ने मातृका त्यसवेलाका विश्वकै चर्चित वक्ता थिए । पञ्चायत कालको सुनलाई पनि पितल देख्ने पूर्वाग्रही चश्मा ओढेका इतिहासकारहरुले मातृकाको त्यो छविप्रति कहिल्यै न्याय गरेनन् । बीपीले राष्ट्रिय स्वाधिनताका लागि बमदेखि साइनाइटसम्म बोके ।

Saturday, February 13, 2016

भुटानीकरण, सिक्किमीकरण र नेपाल

प्रदीप नेपाल

धेरै वर्षदेखि नेपालमा सिक्किमीकरणको मनोआतंकको लहर चलिरहेको छ । ‘भारतले नेपाल खान्छ अब,’ ‘इन्दिरा गान्धीको डिजाइन,’ ‘र प्रमुख काओको भनाइ,’ ‘भारतले सिक्किम खाँदाको अवस्था’ जस्ता टिप्पणीले नेपाली मनलाई कमजोर पार्नेबाहेक अरू कुनै काम गरेका छैनन् । यस्ता नचाहिँदा हल्लाले शान्तिपूर्ण रूपमा बाँच्न चाहने नेपालीलाई दुःख दिने काम भइरहेको थियो । यो मनोआतंक अहिले पनि जारी छ । यो असम्भव आतंक हो भन्ने कुरालाई प्रायः ध्यान दिएको देखिँदैन ।
या त बुझेका नेपाली वुद्धिजीवीहरू आफैँ डरले अलमलिएका छन् या उनीहरूमार्फत स्वयं दिल्लीले यो मनोआतंक फैलाउने काम गरिरहेको छ । तर, आकाश खसे पनि भारतले नेपाललाई सिक्किम बनाउँदैन । यो हावादारी निष्कर्ष होइन, यसका पछिल्तिर रहेका आधारहरूलाई तलका उदाहरणहरूबाट प्रस्ट्याउन सकिन्छ ।
पुँजीवाद विश्वको सबैभन्दा स्वार्थी, भ्रष्ट, क्रूर र आतंकी राज्य प्रणाली हो । दुइटा विश्वयुद्ध यसका उदाहरण हुन् । अहिले जति मेलजोल देखिए पनि यसको विस्फोटन अवश्यम्भावी छ । हात मिलाएर मुसुक्क मुस्कुराउँदैमा शान्ति आउने भए दोस्रो विश्वयुद्धपछि हतियारको होडबाजी बन्द हुनुपथ्र्यो । तर, त्यो त झनझन् हौसिएर अघि बढेको छ । रुस, सके एक्लै नसके एउटा मोर्चा बनाएर आफ्नो सोभियत संघवाला हैसियत प्राप्त गर्ने अभियानमा हिँडिरहेको छ । अमेरिका चीनलाई चौतर्फी घेराबन्दीमा पारेर पूर्वी एसियामा तनाव राखिरहन चाहन्छ । विलियम केरीसँग मुसुक्क मुस्कुराएर फोटो खिचाउने ली खच्याङ साँच्चै अमेरिकाको साथी भइदिएको भए उत्तर कोरियालाई चीनले सधैँ ‘प्रजातान्त्रिक जनगणतन्त्र कोरिया’ भनिरहने थिएन ।
यस्तो अन्तर्राष्ट्रिय तानातानीलाई दक्षिण एसियाको राजनीतिसँग नजोड्नेहरूले राजनीति गर्न छोडिदिए हुन्छ । भारतले अरुणाञ्चल नामकरण गरी बनाएको प्रदेशका मुख्यमन्त्रीलाई चीनले भिसा दिएन । भिसा नदिनुको कारण ‘आफ्नै देशको नागरिकलाई भिसा दिन मिल्दैन भनी चीनले मुख्यमन्त्रीको अपमान गर्यो,’ भनी लेखिएको समाचार पंक्तिकारले भारतीय ई–पत्रिकामा पढेको हो । लद्दाख क्षेत्र र चीन–पाकिस्तान राजमार्गले भारत र चीनबिचको सम्बन्धको यथार्थलाई अभिव्यक्त गरिरहेका छन् । यसको अर्थ के हो भने भारत र चीनबिचको सम्बन्ध कुनै पनि समयमा विस्फोट हुने बिन्दुमा छ । अहिले दुवै पक्षले त्यसलाई टालटुल मात्र गरेका छन् । यो टालटुल तिक्त सम्बन्धको औषधि होइन । झगडा र युद्ध, यो पुँजीवादको अन्तिम सत्य हो ।
एउटा पनि छिमेकी मुलुकसँग भारतको राम्रो सम्बन्ध छैन । एकाघरका पाकिस्तान र भारत कहिल्यै नमिल्ने ठाउँमा छन् । बंगलादेशसँगको सम्बन्ध पनि सन्तुलित र स्थायी छैन । एउटा पार्टीको सरकार हुँदा न्यानो हुने अनि अर्को सरकार आउँदा चिसो हुने परिस्थिति भारत–बंगलादेशबिचको सम्बन्धको यथार्थ हो । श्रीलंकासँग पनि भारतको सम्बन्ध सुमधुर छैन । मोदी सरकार आएपछि भारत र नेपालबिचको सम्बन्ध झनै बिग्रिएको छ ।

Friday, December 25, 2015

ग्रेटर नेपाल र टिस्टा काँगडाको प्रश्न

GN-Sticker-2071-Map
फणीन्द्र नेपाल

ग्रेटर नेपालको अवधारणालाई नेपालभित्रै धेरैले असम्भव परिकल्पनाका रुपमा लिन्छन् । अहिले भएको भूमि नै अतिक्रमणको चपेटामा परिरहेको र देशको सार्वभौमिकतामा छेडछाड भइरहेका बेला विगतमा गुमेको भूमि फिर्ता होला भन्ने आशा कमैलाई छ ।
तर, यसो भनेर, तार्किक र प्रामाणिक रुपमा नेपालको सिधा हक लाग्ने भूभागलाई हामीले सधैंका लागि माया मार्ने त ? आज देशको सार्वभौमिकता रक्षा गर्दै भोलि हाम्रो भूमि भारतबाट खोस्ने परिकल्पना गर्नु गलत नै हो त ? यसो गर्दा भोलि हाम्रो भावी पुस्ताले उठाउने प्रश्नको जवाफ दिन सक्छौं त ? यस्ता सवालहरु ज्वलन्त छन् ।
कुनै समय पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म पुगेको नेपालको भूमि सुगौली सन्धीपछि मेची र महाकालीमा खुम्चिन पुग्यो । सुगौली सन्धीमा गुमेको जमीन नेपालले फिर्ता पाउनुपर्छ भन्ने अवधारणालाई हामीले ‘ग्रेटर नेपाल’ भन्ने गरेका छौ । ग्रेटर नेपालको सादर्भिकता र औचित्यका विषयमा तर्क गर्नुभन्दा पहिले सुगौली सन्धीको पृष्ठभूमिबारे केहि चर्चा गरौं ।

अंग्रेजसँगको पराजय र सुगौली सन्धी
नेपाल पुनः एकीकरणको क्रममा थियो । पृथ्वीनारायण शाहपछि उनका कान्छा छोरा बहादुर शाहले पुनःएकीकरणलाई निरन्तरता दिए । भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवरजस्ता योद्धाहरुको यसमा योगदान रह्यो ।
भक्ति, अमरसिंह र बलभद्रहरुको सामुहिक नेतृत्वमा नेपालको सीमा पश्चिममा सतलज नदी पारि काँगडासम्म पुग्यो । काँगडाका राजा संसार चन्द ज्यान जोगाउन काँगडाको मानवनिर्मित किल्लामा लुके । काँगडाको किल्ला मैले हालसम्म देखेका मध्येको अभेद्य किल्ला हो । त्यसलाई गोर्खालीहरुले भेदन गर्न सकेनन् ।
लामो समयदेखि किल्लामा लुकेका संसार चन्दलाई एक दिन किसानको भेष धारण गरेर गोर्खालीलाई झुक्याउँदै पञ्जाबकेसरी रणजीत सिंहको शरणमा पुगे । त्यसपछि संसार चन्द र रणजित सिंहको संयुक्त फौजसँग गोर्खा फौजको लडाइँ भयो, जसमा गोर्खालीले हारे । यो निर्णायक लडाईपछि नेपाली पक्ष सतलजभन्दा अगाडि जान सकेनन् । उनीहरुको देश विस्तार पश्चिममा यहीँ समाप्त भयो ।
Sugauli-Sandhi
त्यति नै बेला तराईपट्टिको इलाकामा अंग्रेजहरुसित नेपालको सीमा विवाद सुरु भएको थियो । बेलायतबाट व्यापार गर्न आएका अंग्रेजहरु भारतलाई उपनिवेश बनाएर बसेका थिए । त्यहाँ शासन सञ्चालन गर्न बेलायतले खडा गरेको थियो इष्ट इन्डिया कम्पनी ।
नेपालसित सीमा विवाद बढ्दै जाँदा खुद्रा लडाइँहरु हुन थाले । इष्ट इन्डिया कम्पनी तिब्बतमा व्यापार गर्न चाहन्थ्यो । तर, पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्म नेपालले तिब्बतलाई ढाकेको थियो । उनीहरु तिब्बत पस्न नेपाली भूभाग हात पर्नु अनिवार्य भयो । त्यसैले इष्ट इन्डिया कम्पनीले नेपाललाई भारतजस्तै उपनिवेश बनाउन निणर्ायक लडाइँको घोषणा गर्‍यो ।
अंग्रेजले १८१४ नोभेम्बर १ देखि नेपालमाथि आक्रमण सुरु गरे । नेपाल-अंग्रेजबीच पाँचवटा किल्लामा लडाइँ भयो, महाकालीपारिका दुई र महाकाली पूर्वका तीनवटा । महाकालीपूर्व नेपालले आफूलाई अडिक राख्यो । अंग्रेज छिर्नै सकेनन् । पश्चिमपट्टकिो लडाइँ भने नेपालले हार्‍यो ।
पश्चिमको लडाइँमा बम शाह भन्ने नेपालका एक प्रभावशाली सैनिक कमाण्डरले शंकास्पदरुपमा आत्मसमर्पण गरे । यो खबर पाएपछि कुमाउमा रहेका नेपाली सेनापति अमरसिंह थापा हतास बने । नेपाली पक्षले तत्कालै युद्ध स्थगित गर्ने प्रस्ताव अंग्रेजसित गर्‍यो । अंग्रेजका सेनापति अक्टर लोनी थिए । वार्तालापपछि सन् १८१५ को मे १५ मा अमरसिंह थापा र अक्टर लोनीबीच सम्झौता भयो । उक्त सम्झौताबाट महाकालीदेखि सतलजसम्मको क्षेत्र नेपालले गुमायो ।
यता पूर्वतर्फ नेपाल टिस्टादेखि ७० किलोमिटर पूर्व नगरकट्टासम्म पुगिसकेको थियो । सिक्किमको तीन चौथाइ भाग नेपालतर्फ थियो । अंग्रेजले नेपालविरुद्धको लडाइमा सिक्किमका राजाले सघाएमा उनलाई सिक्किमको गुमेको भाग फिर्ता गरिदिने वचन दिएको थियो । यता नेपालगञ्ज साइडपट्टि अवध भन्ने राज्यको नवाबसित उनीहरुले युद्ध लड्नका लागि दुई वा तीन करोड भारु (कुनै किताबमा दुई र कुनैमा तीन करोड लेखिएको छ) ऋण लिएका थिए । नेपालसित युद्ध जितेर उक्त रकम वापतको जमीन अवधलाई दिने समझदारी भएको थियो ।
अमरसिंह र अक्टर लोनीबीचको सेनापति स्तरको सम्झौताबाट बेलायतले चित्त बुझाएन । युद्धमा हारेको नेपालबाट उसले अझै धेरै कुरा चाहेको थियो । त्यसैले १८१५ को डिसेम्बर २ मा बेलायतले नयाँ सन्धीको प्रस्ताव पठायो । अमरसिंह र अक्टरलोनी बीच भएको सम्झौतामा टेकेर सन्धी गरिएको भए न्यायोचित हुन्थ्यो, किनकि नेपालले लडाइँ हारेको पश्चिममा मात्रै हो पूर्वमा होइन ।
तर, बेलायतले पूर्वको टिस्टादेखि पश्चिम महाकालीसम्मको सम्पूर्ण तराईमाथि दावी गर्‍यो । सन्धीमा उल्लेखित अंग्रेजी वाक्यांश यस्तो छ, ‘द किंग अफ नेपाल सेडेस द होल लोल्याण्ड बिटविन मेची एन्ड टिस्टा, कोशी एन्ड गन्डक, गण्डक एन्ड राप्ती, राप्ती एन्ड काली ।’
बेलायतले सही गरेर पठाएको सन्धीमा नेपालका राजाले १५ दिनभित्र सही गर्नुपर्ने भनिएको थियो । तर, यति ठूलो भूमि गुम्ने भएपछि दरवारभित्र विवाद आयो । कसैले सही गरौं भने कसैले नगरौं भने । नेपालका राजा गिर्वाणयुद्ध विक्रम शाह सानै थिए भने प्रधानमन्त्रीमा शक्तिशाली भीमसेन थापा थिए । बेलायतले भनेको अवधि अलमलमै बित्यो ।

Wednesday, December 16, 2015

भारतीय नाकाबन्दी र हिन्दु राष्ट्रको प्रश्‍न


नेपाल अभूतपूर्व संकटबाट गुज्रिरहेको छ। नेपालीको दैनिक जीवन अत्यन्तै कष्टकर बनेको छ भने देशको अर्थतन्त्र लामो समयका लागि धराशायी भएको छ। संयोग नै मान्नुपर्ला, ६५ वर्षको प्रतीक्षापछि विशाल आतसबाजीका साथ जारी गरिएको नेपालको संविधान २०७२ नेपाल र नेपालीले भोग्नुपर्ने बहुपक्षीय समस्याको मूल कारणको रूपमा देखापरेको छ। 


भारतसँगको सम्बन्ध, अस्तव्यस्त संघीयताको व्यवस्थापन र आर्थिक विकासको मुद्दा निकै जटिल बनेको छ। २०६२ मंसिरमा आफ्नै मध्यस्थतामा सम्पन्न सात दल र माओवादीबीच सम्पन्न बाह्रबुँदे सहमतिबाट प्रस्तावित संविधानसभाबाट जारी गरिएको नयाँ संविधान नयाँदिल्लीको लागि प्रसन्नताको विषय बन्नुपर्नेमा ठीक उल्टो देखिएको छ। किन यो अवस्था उत्पन्न भयो ? असन्तुष्टिका धेरै कारणमध्ये प्रमुखमा भारतको हिन्दुवादमा विश्वास गर्ने वर्तमान सत्ता नेतृत्वको चाहनाअनुसार नेपालमा जारी संविधानबाट धर्म निरपेक्ष खारेज गरेर हिन्दु राष्ट्र लेखिनुपर्नेमा सो नभएकाले नेपालले नाकाबन्दीसम्मको सजाय भोग्नुपर्‍यो भन्ने चर्चा भुसको आगो झैँ चौतर्फी फैलिरहेको छ। 
कुमार रेग्मी

जिम्मेवार केही स्तम्भकारबाट समेत यस्ता अभिव्यक्ति सार्वजनिक भइरहेका छन्। नेपालले भोगिरहेको समस्याबारे केही दिनअघि भारतको माथिल्लो सदन राज्यसभामा भएको छलफलमा समेत यो प्रश्नले प्रवेश पाएको छ।
यस विषयमा पुनः आरम्भ गरिएका यस्ता चर्चा विषयको गहिराइभन्दा सतही बनिरहेको देखिन्छ। हिन्दु राष्ट्रको चाहना नेपालीको हो वा भारतीय सत्तापक्षको भन्नेबारेमा तथ्यहरूमा प्रवेश गरेर निष्कर्ष निकाल्न जरुरी छ। 
धेरै टाढा जानुपर्दैन, पछिल्लोपटक संविधानको प्रारम्भिक मस्यौदामा २०७२ असार २५ देखि साउन ५ सम्म संकलन गरिएका नेपाली जनताका राय-सुझावमा बहुसंख्यक नेपालीको आकांक्षा स्पष्ट रूपमा अभिव्यक्त भएका छन्।सो समयका पत्रपत्रिका, अनलाइन समाचारसँगै संविधानसभाको राय-सुझाव संकलन समितिले पेस गरेको प्रतिवेदन सार्वजनिक भइसकेका छन्।
ती सार्वजनिक भएका तथ्यहरू हेरेर विश्लेषण गरिएमा हिन्दु राष्ट्रको चाहना बहुसंख्यक नेपालीको हो वा हिन्दुवादी भारतीय नेतृत्वको भन्ने प्रस्ट हुनेछ।मस्यौदा संविधानमा संकलित ती सुझावमा प्रस्तावनादेखि राष्ट्रको परिभाषासम्ममा कतै पनि धर्म निरपेक्ष लेखिनु हुँदैन र हिन्दु राष्ट्र लेखिनुपर्छ भन्ने ८५ प्रतिशतभन्दा बढी सुझावकर्ताहरूको आवाज आएको तथ्य सार्वजनिक रूपमा सञ्चारमाध्यमबाट र अनौपचारिक रूपमा राय-सुझाव संकलक सविधानसभाका कर्मचारीको भनाइ भनी मिडियामा आएको सर्वविदितै छ। 
तसर्थ धर्म निरपेक्ष र हिन्दु राष्ट्रका सन्दर्भमा पुनः अभिव्यक्त गर्न थालिएका व्यक्तिगत आग्रहलाई एकातिर राखेर यसबारे नेपालको ऐतिहासिक पृष्ठभूमि, राष्ट्रिय हित, धरातलीय यथार्थ, भएका घटना र बहुसंख्यक नेपालीले अभिव्यक्त गरेका मतलाई बिनापूर्वाग्रह अगाडि राखेर छलफल र निर्णयमा पुग्न जरुरी छ।
 ..........................................................................
धर्म निरपेक्ष नेपाली जनताको प्रबल चाहनाको विषय हो भने संविधानबमोजिम यो प्रश्नलाई जनमत संग्रहमा लगेर भारतलगायत विश्वलाई नेपाली जनता हिन्दु राष्ट्र होइन, धर्म निरपेक्ष चाहन्छन् भनेर प्रमाणित गर्न यो सरकारलाई केले रोकेको छ? 
 .........................................................................
सयौँ वर्षदेखि विविधताबीच राष्ट्रिय एकता र सामाजिक सद्भावको अनुपम उदाहरण बनिसकेको धार्मिक सहिष्णुतालाई मूल मन्त्र मान्ने धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको नेपाली राष्ट्रिय पहिचान खल्बल्याउने म्यान्डेड नेपाली जनताले जनआन्दोलन ०६२-६३ मा आन्दोलनकारी राजनीतिक दल र त्यसका नेताहरूलाई दिएका थिएनन्। 

Tuesday, December 15, 2015

तीन पुस्ता नेपालीको भारतविरोधी भावना

राजु नेपाल
मधेसी नेताहरूको भारत भ्रमण सकिएको छ। हिजोका दिनमा देशका प्रमुख राजनीतिक दलका नेताहरूले गर्ने बेला न कुबेलाको भारत भ्रमणको खुलेर विरोध गर्ने नेपाली समाज यो भ्रमण पनि स्वीकार्ने पक्षमा छैन। 

यो भ्रमणले भारत देश, त्यहाँका शासक, नेपाली राजनीति, लैनचौरलगायतलाई पनि अप्ठेरोमा पार्योन। भ्रमणपछि अब कित्ता छुट्टिएको छ, को भारतपरस्त र को राष्ट्रवादी भन्ने। अझ केही भारतीय नेतासँगको भेटका समयमा नेपालका नेताहरूले गरेका कुरा र व्यवहारको भिडियो बाहिर आउँदा ती नेता भारतमा कति निरीह बन्दारहेछन् भन्नेसमेत स्पष्ट भयो।
नेताहरूको भारत भ्रमणपछि सीमानाकामा केही सहजता देखिए पनि यसले दुई देशबीचको सम्बन्धमा दूरगामी नकारात्मक असर पार्नेछ। हरेक १० दिनमा वीरगन्जबाहेकका केही नाका अलि खुकुलो पार्ने भारतको 'ललिपप' देखाउने चालमात्रै हो भन्ने अब सबैले बुझिसकेका छन्। बिग्रनै लागेका तरकारी र अन्य सामान नेपाल पठाउँदाको पीडाबाट नेपाली आक्रान्त छन्। नाकामा टोकन प्रथा र दिनको यति ट्रक निकासी गर्ने अनि पैसा लिएर ट्रक छाड्ने भारतीय व्यवहारले ऊ आफ्ना नागरिकलाई कस्तो काममा लगाउँदैछ बुझ्न सकिन्छ।

भारतीय शासकले नेपाली नेताहरूलाई भारतमै बोलाएर वा यतै आएर पद तथा अन्य सुविधाको लालसा देखाउँदै बेलाबखत गलत काम गर्न उक्साएका कुरा सबैलाई थाहा छ। अझ पछिल्ला दिनमा त नेपाल सरकारले नियुक्ति गर्ने विभिन्न पदमा समेत उसले आफूनिकट मानिस आसिन गर्न लागिपरेको सबैले देखे–भोगेकै हुन्। जबसम्म उसका साना–ठूला एजेन्डा बिनाअवरोध नेपालीबाट स्वीकृत हुँदैथियो ऊ निकै खुसी थियो। तर, जब लामो समयदेखिको उसको सबैभन्दा ठूलो एजेन्डा संविधानमार्फत् अस्वीकृत हुने स्थिति आयो, ऊ तिल्मिलायो र एकपछि अर्को गलत काम गर्न थाल्यो। उसको अस्वीकृत एजेन्डा थियो– नेपालको मधेसलाई प्रशासनिक हिसाबमा पहाडसँग अलग बनाउने। यसो गर्दा जहिले पनि नेपाल आफ्नो अघोषित उपनिवेश बन्छ भन्ने भ्रम भारतको थियो र अद्यापि छ। तर, अरु कुरामा जतिसुकै भारतपरस्त देखिए पनि यो चाल बुझेर हाम्रा नेताहरूले उसको हैकम मानेनन्। फलस्वरूप आमनेपाली अमानवीय र अकल्पनीय नाकाबन्दी भोग्न बाध्य भए।

तिल्मिलाएको भारतले के बुझेन भने, मधेसी नेताहरूलाई मात्र साथ लिएर मधेसको समस्या समाधान हुन्न। मधेसका नेताहरू मधेसमा कमजोर छन् र पहाडमा अस्वीकृत। गैरमधेसीबाट मधेसको माग पूरा गराउन समयमै राम्रा कदम चालिएको भए त्योभन्दा राम्रो, स्थायी र सजिलो उपाय केही हुने थिएन। तर, भारतले त्यो चाहेन किनकि, ऊ मधेसमा स्थायित्व हैन दीर्घकालीन समस्या चाहन्छ। ऊ मधेसलाई सदाका निम्ति नेपालसँग खेलबाड गर्ने गोटी बनाउन चाहन्छ। काठमाडौँलाई तर्साउन ऊ मधेस कार्ड सदाका लागि खल्तीमा हालेर हिँड्न चाहन्छ। जहाँ र जहिले काठमाडौँका शासक भेटिन्छन् ऊ त्यो कार्ड भिजिटिङ कार्डको रूपमा दिन चाहन्छ। भारतको यो नै महाभूल भयो पछिल्लो नेपाल हेराइमा। अब मधेसमात्र हैन काठमाडौँका शासकहरूसँग हिजोका दिनमा भएको सम्बन्ध पनि भारत आफैले बिगार्योज। आगामी धेरै वर्ष ऊ नेपालको लागि अविश्वसनीय छिमेकी बन्ने अवस्था आयो। जब सम्बन्धमा विश्वसनीयता घट्छ तब सके मानिसले सम्बन्ध तोड्छ नसके भावनात्मकरूपमा टाढा बस्न चाहन्छ। आज हामी नेपालीको हाल त्यस्तै भएको छ। निकटतम छिमेकी भएका कारण न त हामी यो सम्बन्ध तोड्न सक्छौँ न त भारतले नै तोड्न सक्छ! तसर्थ, नेपाली जनता अबका दिनमा सधैँ सशंकित हुँदै भारत र उसका कुटिल चालबाट केही समय टाढै बस्ने छन्, यसमा कुनै दुविधा छैन। यही सिलसिलामा अबका केही वर्ष नेपालभित्रै कतिपय मधेसकेन्द्रित दलका नेतालाई पनि राष्ट्रिय मुद्दाहरूबाट टाढै राखिनेछ, उनीहरूकै बुद्धिका कारण। मधेसवादी दलहरूले आफूलाई सच्चा नेपाली साबित गर्न अग्नि परीक्षाबाट गुज्रनुको अब अर्को विकल्प छैन।

Thursday, December 10, 2015

नेपालमाथि मोदीको व्यवहारले बुसको इराक आक्रमणलार्इ बिर्साएको छ -मणिशंकर ऐयर, भारतीय सांसद


भारतका १३ सीमारक्षक थुनिए । पाकिस्तानमा ? चीनमा ? होइन नेपालमा । मोदीको छिमेकी नीतिले भारतलाई यो हालमा पुर्‍याएको छ । आशा गरिएको थियो, बिहारको चुनाव सकिएपछि, र नेपालको आन्तरिक मामलामा खुला हस्तक्षेप गरेर उत्तरी विहारको भोट कब्जा गर्ने मोदीको दाउ अन्त्य भएपछि नेपालीहरुले राहत पाउने छन् । 

तर, त्यस्तो भएन । हामी हाम्रो भुपरिवेष्ठीत छिमेकीमाथि भारतीय नाकाबन्दीको तेस्रो महिनामा छौं र यो संकट तत्काल अन्त्य हुने कुनै छाँट छैन । यस्तो लाग्छ, नेपालले हिन्दू राष्ट्रमा फर्किन अस्वीकार गरेको तथा २०१५ को बिहार चुनावलाई लक्षित गर्दै जनकपुरका मधेसी केटीहरुलाई १० हजार साइकल वितरण गरी उनीहरुको विहारमा रहेका आफन्तलाई खुशी बनाउने प्रयासमा कुठाराघात भएको प्रतिशोध लिइरहेका मोदी अझै अतृप्त छन् । फलस्वरुप हाम्रो सबैभन्दा महत्वपूर्ण छिमेकी देशसितको सम्वन्ध अहिले रसातलमा पुगेको छ । 

यता, चिनियाँहरु नेपालको सहायतामा हाजिर भएका छन् र भारतको कुटनीतिक महाभुल देखेर हाँसिरहेका छन् । सुहासिनी हैदर द हिन्दुमा लेख्छिन्, ‘एउटा आधारभूत प्रश्न सोध्नु आवश्यक छः किन ? किन भारतको कुटनीतिक क्षमता यति दयनीय रुपमा असफल बन्यो ?’ कुनै पनि भारतविरोधी नेपाली (जसको अनुपात इतिहासमै उच्च विन्दूमा पुगेको छ) ले भविष्यमा कहिल्यै भारतको हेपाइ र अत्याचारबाट सिर्जित राष्ट्रिय अपमानलाई बिर्सने वा क्षमा गर्ने छैन । कसले उनीहरुलाई सम्झाउने छ कि यो परिस्थितिमा सिंगो भारत नभएर मोदी मात्रै जिम्मेवार छन् । युनिसेफले भारतीय नाकाबन्दी जारी रहेको खण्डमा पाँच वर्षमुनिका तीस लाख नेपाली बालबालिकाहरु यो जाडोमा मृत्यू वा बिमारीको जोखिममा रहेको अनुमान गरेको छ । यूनिसेफका कार्यकारी निर्देशक एन्थोनी लेकले नेपाल भ्रमणपछि ३० नोभेम्बरका दिन विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जीवनदायी औषधि र भ्याक्सिनहरुको अभावले यो हिउँदमा बालबालिकाहरुका लागि घातक परिणाम उत्पन्न गर्न सक्ने खतरा छ ।’ जर्ज बुसले इराकमा जे गरेका थिए त्यसलाई बिर्साएको छ नेपालमाथि भारतको व्यवहारले । 

यो कुटनीतिक प्रतिशोध होइन, यसको परिमाण नरसंहार जत्तिकै भयंकर छ । सबैभन्दा महत्वपूर्ण कुरा, यस्तो बेलामा हामी नेपाललाई दबाइरहेको छौं जब नेपाल भयानक भुकम्पबाट ब्युँतिनलाई प्रयास गरिरहेको थियो । त्यो एउटा प्राकृतिक विपत्ति थियो । यो पूर्णरुपमा मानवनिर्मित हो । यसलाई मोदीनिर्मित मान्नुपर्छ । नेपाल माथिको विपत्तिको आयतन यति ठूलो भयो कि नेपालीहरुले आफ्नो स्वाभिमानलाई निलेर आफ्ना उपप्रधानमन्त्री कमल थापालाई दिल्ली गएर नेपालको पीडा सुनाउन अनुमति दिए । 

हाम्रो सरकारले उनको भ्रमणमा भएको कुराकानीका विषयमा मुख खोलेको छैन । तर, मिडियामा आएका अनुमानअनुसार नेपालले आफ्ना प्रान्तिय सीमाहरु परिमार्जन गर्न र नेपालको संसदमा सामानुपातिक प्रतिनिधत्व सुनिश्चित गर्ने विषयमा यहाँका अधिकारीहरुलाई वचन दिएको छ । यो कुनै नयाँ कुरा होइन । नेपाली नेताहरु र नेपालको मन्त्रिपरिषदले यसअगाडी नै यो विषयमा संविधान संशोधन गर्ने निर्णय गरिसकेको हो । नेपालको तराईमा रहेका ११६ निर्वाचित प्रतिनिधिहरुमध्ये केवल ११ जनाले संविधानको विरुद्ध मतदान गरेका छन् । अन्य १०५ जनाले सात वर्ष लामो प्रयासपछि जारी भएको संविधानका पक्षमा मत जाहेर गरेर राष्ट्रियता भावना देखाएका छन् । 

हाम्रो अवाञ्छित चाहनाका सामुन्ने उनीहरुले घुँडा टेकेनन् भने हामीले नेपाललाई खाद्यान्न, औषधि, ग्यास र अन्य पेट्रोलियम पदार्थहरु रोकेर भोकभोकै मार्नुपर्ने हुन्छ ? के तपाईं कल्पना गर्न सक्नुहुन्छ, २७ नोभेम्बर १९४९, भारतको संविधान सभाले संविधान ग्रहण गरेकोे दिन कुनै नेपाली नयाँ दिल्लीमा आएर हामीलाई यो संविधानमा आगामी ६५ वर्षमा एक सय २२ वटा संशोधन गर्नुपर्छ भन्दै २६ जनवरी १९५० का दिन संविधान घोषणा नगर्न आदेश दिएको होस ? ठ्याक्कै यहि भयो, जब मोदीले आफ्ना विशेष दूतलाई नेपालको संविधान रोक्नका खातिर काठमाडौं पठाए । मैले दिएको १२२ संख्या काल्पनिक होइन । यो भारतले अहिलेसम्म संविधानमा गरिसकेका संशोधनहरुको संख्या हो । यदि हाम्रो संविधान सयौं पटक संशोधन हुनसक्छ, त्यो पनि संविधानका आधारभूत अन्तुवस्तुमाथि कुनै असर नपर्ने गरी, भने हामीले नेपालको संविधानसभालाई यसको प्रतिवद्धतामा विश्वास नगरेर आजै यो काम गर्नलाई कसरी दबाव दिन मिल्छ ? जबकि तराईका १ सयभन्दा बढी सांसदहरु यही संविधानमा विश्वस्त छन् ।

हाम्रो अवाञ्छित चाहनाका सामुन्ने उनीहरुले घुँडा टेकेनन् भने हामीले नेपाललाई खाद्यान्न, औषधि, ग्यास र अन्य पेट्रोलियम पदार्थहरु रोकेर भोकभोकै मार्नुपर्ने हुन्छ ? हामीलाई स्वतन्त्र छाडिदेउ मात्रै भनेको कारणले हामी नेपालीहरुलाई यो हदसम्म प्रताडना दिन सक्छौं ? सबैभन्दा ठूलो अन्तरविरोध, हाम्रो देशले पञ्चशीलका पाँच सिद्दान्तमा प्रतिवद्धता जनाउँदै आएको छ । हामी लज्जित छौं । हाम्रो एउटा मात्रै आशा के हो भने अधिकांश नेपालीले मोदीले जे गरिरहेका छन् त्यो भारतले गरेको नसम्झिउन् । भारतीय नागरिकहरुको ठूलो हिस्सा नेपालीहरुको पीडाबाट दुखित छन् र भारतको नीति सच्चिएको हेर्न आतुर छन् । 
स्रोतः एनडीटीभी 

नाकाबन्दी 'मोदीको महाभूल'


सुरेन्द्र पौडेल
काठमाडौं- अति नजिकको छिमेकी नेपाललाई नाकाबन्दी गरेर महाभूल गरेको भन्दै भारतीय राज्यसभाका सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्काे आलोचना गरेका छन्। मोदीले सार्वभौम तथा स्वतन्त्र राष्ट्रको हैसियतमा नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्न नसकेको भन्दै सोमबार राज्यसभा बैठकमा उनीहरुले सरकारको असफलता उजागर गरेका हुन् । 'सार्वभौम तथा स्वतन्त्र राष्ट्रको हैसियतमा नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्न नसक्नु मोदी सरकारको ब्लन्डर हो,' बैठकमा नेपाल मामिलाबारे छलफलमा भाग लिँदै सांसदहरुले भने।

भारतको हस्तक्षेपकारी भूमिकाका कारण अहिले भारत र नेपालबीच सदियौंदेखि रहिआएको सुमधुर सम्बन्धमा फाटो आएको उनीहरुको ठहर थियो। नेपाल सम्बन्धमा 'बिग ब्रदर' भूमिका त्यागी 'सहजकर्ता' बन्न आफ्नो सरकारलाई दबाब दिँदै उनीहरुले देशको कूटनीति विफल भएको आरोपसमेत लगाए। नेपाललाई सबैभन्दा असल र निकट मित्रको संज्ञा दिँदै उनीहरूले तत्काल नेपालसँगको बिगँ्रदो सम्बन्ध सुधार्न सरकारलाई आग्रह गरेका थिए।


'नेपाल स्वतन्त्र तथा सार्वभौम राष्ट्र हो भनेर हामीले कहिल्यै सोचेनौं, अहिले नेपालले जे–जति समस्या सामना गर्नुपरेको छ, त्यो भारतको कारण हो भन्ने नेपालमा परेको छ, यसलाई हटाउनुपर्छ र नेपालसँगको सम्बन्ध थोरै पनि बिग्रन दिनुहुँदैन,' सांसद भूपेन्दर सिंहले भने, 'नेपाल एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो। उनीहरुमा भारतले हस्तक्षेप गरेको अनुभव हुन दिनुहुँदैन। हामीले राजनीतिभन्दा माथि उठेर व्यवहार गर्नुपर्छ।'


नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारत सरकारले नेपालमाथि दुई महिनाभन्दा लामो समयदेखि नाकाबन्दी लगाएर संविधान संशोधन गर्न दबाब दिँदै आएको छ।


नेपालमाथि अनावश्यक दबाब दिएको कुरालाई लिएर भारतभित्रै मोदी सरकारको विरोध हुँदै आएको छ। भारत सरकारले नेपालकै मधेसी मोर्चाले नाकामा आन्दोलन गरेका कारण नेपालमा अत्यावश्यक वस्तु आपूर्ति हुन नसकेको बताउँदै आए पनि भारतभित्रै यो कुरालाई पत्याइएको छैन।


यहीबीच जनता दल युनाइटेड, बिहारका सांसद पवनकुमार बर्माले राज्यसभामा 'नेपालको अवस्था र भारत–नेपाल सम्बन्ध' बारे ध्यानाकर्षण प्रस्ताव दर्ता गरेका थिए। बिहीबार सुरु भए पनि १ घन्टामा छलफल नसकिने जनाउँदै सोमबारलाई सारिएको थियो। सोमबार भारतीय समयअनुसार दिउँसो ४ बजे सुरु भएको नेपालसम्बन्धी छलफल बेलुकी ७ बजेसम्म चलेको थियो।

Thursday, November 19, 2015

नाकाबन्दी : अघोषित युद्ध

रवीन्द्र अधिकारी

भारतले झन्डै दुई महिनादेखि नाकाबन्दी लगाइरहेको छ । नाकाबन्दीका कारण नेपालको जनजीवन अत्यन्त कष्टकर बनेको छ । यसका कारण हाम्रो देशको आर्थिक जीवन डामाडोल भएको छ । उद्योगधन्दाहरू चल्न सकिरहेका छैनन् । हाम्रा स्कुल, कलेज बन्द छन् । मानिसको दैनिक जीवन नराम्ररी प्रभावित भएको छ । कृषि क्षेत्रमा मात्र ६३–६४ अर्बभन्दा बढी क्षति भइसकेको छ । व्यापार व्यवसाय ठप्प छ । विकास निर्माणका काम अघि बढ्न सकेका छैनन् । बाहिरबाट भारत हुँदै आउनुपर्ने सामान उतै कुहिने अवस्थामा छन् । ती सामान त्यहाँ रोकिँदा त्यसको अलग्गै हर्जनासमेत तिर्न नेपाली व्यवसायी बाध्य भइरहेका छन् । चौतर्फी रूपमा देश अस्तव्यस्त भइरहेको छ । सैनिक हस्तक्षेपको विकल्प नाकाबन्दीले औषधिको अभाव भइरहेको छ । चिकित्सा क्षेत्रमा प्रयोग हुने उपकरणको अभाव छ । जसले गर्दा बिरामीको उपचार हुन नसकेर ज्यानसमेत जाने अवस्था सिर्जना भइरहेको छ । त्यसैले अहिलेको यो नाकाबन्दी युद्धभन्दा पनि डरलाग्दो छ । युद्धमा पनि मानवीय पक्षलाई बेवास्ता गरिँदैन, गर्न पाइँदैन । तर, यो नाकाबन्दीले न्यूनतम मानवीय पक्षको पनि पूर्णत: बेवास्ता गरेको छ । एक्काइसौँ शताब्दीमा यस्तो नाकाबन्दी साना राष्ट्रमाथि ठूला राष्ट्रले गरेको युद्धको घोषणा नै हो । 

नेपालविरुद्धको यो नाकाबन्दी भारतका लागि खुर्सानीको बोट काट्न बन्चरो प्रहार गरेजस्तै हो । अहिलेको नाकाबन्दी भारतका लागि सुहाउने कुरै होइन । यो उसको नेपालमाथिको नांगो हस्तक्षेप हो । यसको जति भत्र्सना गरे पनि कमै हुन्छ । भारतले मधेसको आन्दोलन देखाएर आफूले नाकाबन्दी नगरेको दाबी गर्दै आएको छ । मधेस आन्दोलन हाम्रो आन्तरिक मामिला हो । तर, हाम्रो आन्तरिक मामिलालाई अघि सारेर भारत हामीविरुद्ध नाकाबन्दीमा उत्रिनु गम्भीर अपराध हो । मधेस आन्दोलनलाई कारण देखाउने हो भने वीरगन्जबाहेकका नाकामा पनि सामानहरू रोकिइरहेका छन् । त्यसो भए त्यहाँचाहिँ किन रोकियो त ? भारतले उताका सवारीसाधन लानचाहिँ नाका खोलेजस्तो गर्ने र त्यसपछि फेरि उतैका मानिसहरूको सहयोगमा तुरुन्तै नाकाबन्द गर्ने काम भइरहेको छ । त्यसैले पनि भनिरहनुपर्दैन, यो नाकाबन्दी मधेसी मोर्चाको आन्दोलनको आडमा भारतले आफ्नो स्वार्थ पूरा गर्न गरिएको हो । कतिपयलाई लाग्ला, यो नाकाबन्दी मधेसका जनताको हितमा छ । तर, भारतले मधेसका जनताको हित हेर्ने पनि होइन, पहाडका जनताको हित चिताउने पनि होइन र नेपालको हित पनि हेर्ने होइन । भारत त उसको आफ्नै हित मात्र हेर्छ । 

त्यसैले उसको यस्तो स्वार्थी चाल बुझ्न नसक्नु हाम्रो निकै ठूलो भूल हो । एक राष्ट्रले अर्को राष्ट्रको सार्वभौमिकता र अखण्डताविरुद्ध आफ्नो शक्तिको प्रयोग गर्नुलाई अन्तर्राष्ट्रिय कानुनले युद्धको घोषणा वा सैनिक हस्तक्षेपका रूपमा हेर्छ । भारतले नेपालमाथिको सैनिक हस्तक्षेपको विकल्पका रूपमा यो नाकाबन्दी लगाएको हो । भारतले प्रत्यक्ष युद्धको घोषणा नगरे पनि त्यहीबराबरको नाकाबन्दी लगाएको छ । अन्तर्राष्ट्रिय कानुनले भूपरिवेष्ठित राष्ट्रको अधिकारलाई स्थापित गरिदिएको छ । नेपाल र भारत दुवैले अनुमोदन गरेको सामुद्रिक कानुनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि १९८२ को धारा एक सय २५ मा भूपरिवेष्ठित राष्ट्रलाई समुद्रसम्मको पहुँच र पारवहनको सुविधा दिनुपर्ने व्यवस्था छ । अहिले भारतले समुद्री मार्ग हुँदै तेस्रो मुलुकबाट आएको सामानसमेत रोकिरहेको छ । पारवहन सुविधा हाम्रो अन्तर्राष्ट्रिय सुविधा हुँदाहुँदै पनि भारतले हाम्रो त्यो अधिकार खोसेको छ । यस विषयमा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता सूर्य सुवेदीले पनि भारतको नाकाबन्दीविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा जान सकिने कुरा लेख्नुभएको छ । यथार्थमा यो नाकाबन्दी अब नेपालको मात्र विषय होइन, यो साना राष्ट्रको मात्र चासो र चिन्ताको विषय पनि होइन । यो त सारा सभ्य संसारको चासोको विषय हो । एउटा राष्ट्रको बाँच्न पाउने अधिकार कसैले पनि कुण्ठित गर्न पाउँदैन । प्रत्यक्ष युद्धको भन्दा पनि ठूलो मानवताविरुद्धको अपराध यहाँ भइरहेको छ । त्यसैले पनि संसारले रमिते बनेर टुलुटुलु हेरिबस्न कुनै हालतमा मिल्दैन । 


Saturday, November 14, 2015

बिपी, इन्दिरा र मोदी (विचारात्मक लेख)

डा. पूर्णकान्त अधिकारी
२०३१ फागुनको अन्त्यतिर बिपीले 'दिल्लीमा भेट्न आउनू, शैलजा पनि त्यही हुन्छिन्' भन्नुभएकाले उहाँको निवासस्थान पुगेँ। त्यस क्रममा भन्नुभयो– तपाईँ बसेको होटलको नाम, टेलिफोन, सडकको नाम र कोठा नम्बर सबै खुलाएर दिनु, भोलि राति १२ बजे म नचिनिने भेषमा आउँछु, एउटा महत्वपूर्ण कुरा गर्नु छ। त्यो कागज खल्तीमा राखेर भन्नुभयो– भोलि दिउँसोको खाना खान यहीँ आउनू। 

नभन्दै भोलिपल्ट बिपीले भनेअनुसार खाना खान गएँ। खाइसकेपछि उहाँले भन्नुभयो– अब म तपाईँकहाँ आउन्न, त्यहाँ गर्नुपर्ने कुरा यहीँ भन्छु, त्यो के भने तपाईँ बेलायत गएर बस्नुपर्योआ र हाम्रो क्रान्तिलाई सहयोग जुटाउनुपर्योय। म पैसा दिन सक्दिन त्यहाँको आफ्नो खर्च धान्न तपाईँ आफँैले काम खोज्नुपर्छ। सम्पर्क गर्न केहीलाई चिठी लेख्नसम्म सक्छु। मैले भनेँ– म धेरै पश्चिमा मुलुकमा बसेर थाकेर फर्केको हुँ, त्यसैले बेलायत जाने चाहना छैन तर मुलुक र पार्टीका लागि आवश्यक परे त जानै पर्यो नि। उहाँले भन्नुभयो– तपाईँले युरोप, अमेरिका, अफ्रिका र दक्षिण अमेरिकामा जुन अनुभव गर्नुभएको छ, तपाईँले चाहे यो काम गर्न सक्नुहुन्छ भन्ने मलाई पूरा विश्वास छ। के काम होला?– सोधेँ। 'अरु होइन, हतियार ल्याइदिनुपर्योक। यो काम योगेन्द्रमान शेरचनलाई अराउन लागेको थिएँ, उनलाई मारिदिए। विश्वासको अर्को व्यक्ति पाएको छैन।'

सात समुद्रपारिबाट मैले पठाएका चिठी र मेरोबारे उहाँलाई शैलजाले बारम्बार वेलिविस्तार गर्दिरहिछिन्। त्यस कारण मेरो विचार र गतिविधिबारे उहाँले पुरै हेक्का र अनुगमन गर्नुभएको रहेछ। त्यतिखेर संसारको कुनै पनि मुलुक जान पाउनेखालको राहदानी बोक्ने कांग्रेसी ममात्र थिएँ शायद। २००७ सालको क्रान्तिमा बर्माबाट नेपाली कांग्रेसले हतियार ल्याएको सुनेको थिएँ। प्रजातन्त्र पुनःस्थापनाका लागि गरेको क्रान्तिका लागि हतियार आवश्यक परे ल्याउन सकिने मुलुकको हेक्का मैले गरिसकेको पनि थिएँ। बनारसमा भेट्दा एक पटक गिरिजाबाबुले 'लिवियाबाट हतियार ल्याउँदा कस्तो होला? भनेरे सोध्दा मैले 'हुँदैन' भनेको थिएँ। किनभने त्यसो गर्दा पश्चिमा मुलुकहरुसँग हाम्रो सम्बन्ध बिग्रने सम्भावना व्यक्त गरेको थिएँ।