शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, December 10, 2015

नेपालमाथि मोदीको व्यवहारले बुसको इराक आक्रमणलार्इ बिर्साएको छ -मणिशंकर ऐयर, भारतीय सांसद


भारतका १३ सीमारक्षक थुनिए । पाकिस्तानमा ? चीनमा ? होइन नेपालमा । मोदीको छिमेकी नीतिले भारतलाई यो हालमा पुर्‍याएको छ । आशा गरिएको थियो, बिहारको चुनाव सकिएपछि, र नेपालको आन्तरिक मामलामा खुला हस्तक्षेप गरेर उत्तरी विहारको भोट कब्जा गर्ने मोदीको दाउ अन्त्य भएपछि नेपालीहरुले राहत पाउने छन् । 

तर, त्यस्तो भएन । हामी हाम्रो भुपरिवेष्ठीत छिमेकीमाथि भारतीय नाकाबन्दीको तेस्रो महिनामा छौं र यो संकट तत्काल अन्त्य हुने कुनै छाँट छैन । यस्तो लाग्छ, नेपालले हिन्दू राष्ट्रमा फर्किन अस्वीकार गरेको तथा २०१५ को बिहार चुनावलाई लक्षित गर्दै जनकपुरका मधेसी केटीहरुलाई १० हजार साइकल वितरण गरी उनीहरुको विहारमा रहेका आफन्तलाई खुशी बनाउने प्रयासमा कुठाराघात भएको प्रतिशोध लिइरहेका मोदी अझै अतृप्त छन् । फलस्वरुप हाम्रो सबैभन्दा महत्वपूर्ण छिमेकी देशसितको सम्वन्ध अहिले रसातलमा पुगेको छ । 

यता, चिनियाँहरु नेपालको सहायतामा हाजिर भएका छन् र भारतको कुटनीतिक महाभुल देखेर हाँसिरहेका छन् । सुहासिनी हैदर द हिन्दुमा लेख्छिन्, ‘एउटा आधारभूत प्रश्न सोध्नु आवश्यक छः किन ? किन भारतको कुटनीतिक क्षमता यति दयनीय रुपमा असफल बन्यो ?’ कुनै पनि भारतविरोधी नेपाली (जसको अनुपात इतिहासमै उच्च विन्दूमा पुगेको छ) ले भविष्यमा कहिल्यै भारतको हेपाइ र अत्याचारबाट सिर्जित राष्ट्रिय अपमानलाई बिर्सने वा क्षमा गर्ने छैन । कसले उनीहरुलाई सम्झाउने छ कि यो परिस्थितिमा सिंगो भारत नभएर मोदी मात्रै जिम्मेवार छन् । युनिसेफले भारतीय नाकाबन्दी जारी रहेको खण्डमा पाँच वर्षमुनिका तीस लाख नेपाली बालबालिकाहरु यो जाडोमा मृत्यू वा बिमारीको जोखिममा रहेको अनुमान गरेको छ । यूनिसेफका कार्यकारी निर्देशक एन्थोनी लेकले नेपाल भ्रमणपछि ३० नोभेम्बरका दिन विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जीवनदायी औषधि र भ्याक्सिनहरुको अभावले यो हिउँदमा बालबालिकाहरुका लागि घातक परिणाम उत्पन्न गर्न सक्ने खतरा छ ।’ जर्ज बुसले इराकमा जे गरेका थिए त्यसलाई बिर्साएको छ नेपालमाथि भारतको व्यवहारले । 

यो कुटनीतिक प्रतिशोध होइन, यसको परिमाण नरसंहार जत्तिकै भयंकर छ । सबैभन्दा महत्वपूर्ण कुरा, यस्तो बेलामा हामी नेपाललाई दबाइरहेको छौं जब नेपाल भयानक भुकम्पबाट ब्युँतिनलाई प्रयास गरिरहेको थियो । त्यो एउटा प्राकृतिक विपत्ति थियो । यो पूर्णरुपमा मानवनिर्मित हो । यसलाई मोदीनिर्मित मान्नुपर्छ । नेपाल माथिको विपत्तिको आयतन यति ठूलो भयो कि नेपालीहरुले आफ्नो स्वाभिमानलाई निलेर आफ्ना उपप्रधानमन्त्री कमल थापालाई दिल्ली गएर नेपालको पीडा सुनाउन अनुमति दिए । 

हाम्रो सरकारले उनको भ्रमणमा भएको कुराकानीका विषयमा मुख खोलेको छैन । तर, मिडियामा आएका अनुमानअनुसार नेपालले आफ्ना प्रान्तिय सीमाहरु परिमार्जन गर्न र नेपालको संसदमा सामानुपातिक प्रतिनिधत्व सुनिश्चित गर्ने विषयमा यहाँका अधिकारीहरुलाई वचन दिएको छ । यो कुनै नयाँ कुरा होइन । नेपाली नेताहरु र नेपालको मन्त्रिपरिषदले यसअगाडी नै यो विषयमा संविधान संशोधन गर्ने निर्णय गरिसकेको हो । नेपालको तराईमा रहेका ११६ निर्वाचित प्रतिनिधिहरुमध्ये केवल ११ जनाले संविधानको विरुद्ध मतदान गरेका छन् । अन्य १०५ जनाले सात वर्ष लामो प्रयासपछि जारी भएको संविधानका पक्षमा मत जाहेर गरेर राष्ट्रियता भावना देखाएका छन् । 

हाम्रो अवाञ्छित चाहनाका सामुन्ने उनीहरुले घुँडा टेकेनन् भने हामीले नेपाललाई खाद्यान्न, औषधि, ग्यास र अन्य पेट्रोलियम पदार्थहरु रोकेर भोकभोकै मार्नुपर्ने हुन्छ ? के तपाईं कल्पना गर्न सक्नुहुन्छ, २७ नोभेम्बर १९४९, भारतको संविधान सभाले संविधान ग्रहण गरेकोे दिन कुनै नेपाली नयाँ दिल्लीमा आएर हामीलाई यो संविधानमा आगामी ६५ वर्षमा एक सय २२ वटा संशोधन गर्नुपर्छ भन्दै २६ जनवरी १९५० का दिन संविधान घोषणा नगर्न आदेश दिएको होस ? ठ्याक्कै यहि भयो, जब मोदीले आफ्ना विशेष दूतलाई नेपालको संविधान रोक्नका खातिर काठमाडौं पठाए । मैले दिएको १२२ संख्या काल्पनिक होइन । यो भारतले अहिलेसम्म संविधानमा गरिसकेका संशोधनहरुको संख्या हो । यदि हाम्रो संविधान सयौं पटक संशोधन हुनसक्छ, त्यो पनि संविधानका आधारभूत अन्तुवस्तुमाथि कुनै असर नपर्ने गरी, भने हामीले नेपालको संविधानसभालाई यसको प्रतिवद्धतामा विश्वास नगरेर आजै यो काम गर्नलाई कसरी दबाव दिन मिल्छ ? जबकि तराईका १ सयभन्दा बढी सांसदहरु यही संविधानमा विश्वस्त छन् ।

हाम्रो अवाञ्छित चाहनाका सामुन्ने उनीहरुले घुँडा टेकेनन् भने हामीले नेपाललाई खाद्यान्न, औषधि, ग्यास र अन्य पेट्रोलियम पदार्थहरु रोकेर भोकभोकै मार्नुपर्ने हुन्छ ? हामीलाई स्वतन्त्र छाडिदेउ मात्रै भनेको कारणले हामी नेपालीहरुलाई यो हदसम्म प्रताडना दिन सक्छौं ? सबैभन्दा ठूलो अन्तरविरोध, हाम्रो देशले पञ्चशीलका पाँच सिद्दान्तमा प्रतिवद्धता जनाउँदै आएको छ । हामी लज्जित छौं । हाम्रो एउटा मात्रै आशा के हो भने अधिकांश नेपालीले मोदीले जे गरिरहेका छन् त्यो भारतले गरेको नसम्झिउन् । भारतीय नागरिकहरुको ठूलो हिस्सा नेपालीहरुको पीडाबाट दुखित छन् र भारतको नीति सच्चिएको हेर्न आतुर छन् । 
स्रोतः एनडीटीभी 

No comments:

Post a Comment