शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, June 2, 2025

लघुकथा संसार मासिक अङ्क २४ (सम्पादकीय)


 साहित्य सृजनाको स्वरूप र माध्यम समयसँगै परिवर्तन हुँदै आएका छन् । यतिखेर हामी डिजिटल युगमा छौं, जहाँ सामाजिक सञ्जाल सृजनाको साझा मञ्च बन्न पुगेको छ । हिजो सीमित पत्रिकामार्फत प्रकाशित हुने सृजना आज केही सेकेन्डमै हजारौंको पहुँचमा पुग्ने स्थितिमा छ । यस्तो सहज पहुँचले विशेषतः नयाँ पुस्ताका सर्जकहरूलाई आफ्ना भावना र विचार अभिव्यक्त गर्ने ठूलो अवसर प्रदान गरेको छ । 

तर प्रविधिको यही सहजतामा केही सावधानी अपनाउनुपर्ने खाँचो पनि देखिन्छ। सामाजिक सञ्जालमा मौलिक सृजनाको नाममा अरूका रचनाहरू कपीपेस्ट गरिने वा केही शब्द फेरबदल गरेर आफ्नै दावी गर्ने जस्ता गतिविधि प्रचलनमा आउन थालेको छ । यस्ता क्रियाकलापले सृर्जना मात्र होइन, सर्जकको श्रम र आत्मालाई पनि अपमान गर्छ । साहित्य केवल शब्दहरूको संयोजन मात्र होइन यो आत्माको अभिव्यक्ति हो, जसको सम्मान गर्नु सम्पूर्ण सर्जक समुदायको कर्तव्य हो ।

यस्ता चुनौतीबीच पनि हामीले स्थापित गरेको ‘लघुकथा संसार’ अनलाइन मासिक पत्रिकाले आफ्ना दुई वर्षे यात्रामा सयौं मौलिक लघुकथाहरू प्रकाशित गर्दै नयाँ तथा पुराना सर्जकहरूको साझा मञ्च बन्ने प्रयत्न गरेको छ। लघुकथा लेखनमा रुचि राख्ने नव सर्जकहरूको उत्साहजनक सहभागिता र सशक्त अभिव्यक्तिले हामीलाई सधैं प्रेरित बनाइरहेको छ ।

अब हामी तेस्रो वर्षको यात्रामा प्रवेश गर्दैछौं । यस अवसरमा हामी सम्पूर्ण लेखक, पाठक र शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । आगामी दिनहरूमा पनि मौलिकता, सिर्जनशीलता र साहित्यिक अनुशासनलाई कायम राख्दै हामी यो यात्रालाई अझ समृद्ध बनाउँदै लैजाने अठोट गरेका छौं ।

अङ्क २४ पढ्न र डाउनलोड गर्नका लागि


--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment