शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com
Showing posts with label धूम्रपानको लत. Show all posts
Showing posts with label धूम्रपानको लत. Show all posts

Monday, August 15, 2016

छाड्न सकिन्छ धूम्रपानको लत

–त्रिचन्द्र प्रतीक्षा 

विभिन्न संघसंस्थाले निकालेको तथ्याङ्कअनुसार धूम्रपान गर्ने विश्वभरका एक अर्ब बढी नागरिकहरुमध्ये २० प्रतिशत महिला छन् भने नेपालमा सूर्तिजन्य पदार्थका सेवनबाट वर्षेनी १५ हजार बढीले अकाल मै ज्यान गुमाइरहेका छन् । जस्मा धूम्रपानकै कारण प्रति घण्टा २ जनाको, प्रत्येक दिन ४२ जनाले तथा मासिक १२ सय ५० व्यक्तिको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चारकर्मीसँगको अन्तक्रियामा सो तथ्याङ्क प्रस्तुत गरिएको थियो । धूम्रपानबाट मृत्यु हुने मध्ये ४० प्रतिशत पुरुष, २१ प्रतिशत महिला तथा १२ प्रतिशत युवा रहेको बताइएको छ । तथ्याङ्कअनुसार नेपालमा धूम्रपान प्रयोगकर्तामध्ये ५५ प्रतिशत निरक्षर रहेका छन् भने सुर्तीजन्य पदार्थको प्रयोगकर्ता सबैभन्दा बढी हिमाली क्षेत्रमा ६८ प्रतिशत रहेको देखाइएको छ ।
त्रिचन्द्र प्रतीक्षा

अहिले नेपालमा सरदर वार्षिक ६ हजार मेट्रिक टन भन्दा बढि सुर्ति तथा करिव ६ अर्ब साठी करोड खिल्ली चुरोट उत्पादन हुन्छ । विगत २ दशक यता नेपालमा सुर्तिजन्य पदार्थको उत्पादनमा १३ गुणाले वृद्धि भएको छ भने धूम्रपान र अन्य मध्यपानजन्य पदार्थको आयात पनि ह्वात्तै बढेको छ । सबैभन्दा बढि ४० प्रतिशत चुरोटको प्रयोग हुन्छ भने ३० प्रतिशत सुर्तिजन्य पदार्थ, ५ प्रतिशत तमाखुले स्थान ओगटेको छ भने बाँकी २५ प्रतिशत पान, गुट्खा, बिडी आदिले ठाउँ ओगटेको पाइन्छ ।   

विश्व स्वास्थ्य संगठनले २०११ मा प्रकाशित गरेको आँकडा अनुसार पूर्वी मध्य र दक्षिण युरोपमा पछिल्ला वर्षमा धूम्रपान गर्ने पुरुषको अनुपात पहिलाको तुलनामा घटेको छ भने महिलाको बढेर गएको छ । दक्षिण पूर्वी एसियामा पनि वयस्क युवकको धूम्रपान दर वयस्क महिलाको भन्दा दश गुण बढि छ तर धूम्रपान गर्ने महिलाको संख्या दिनहुँ बढ्दै जान थालेकाले पुरुष र महिला बीचको अनुपात साँधुरिदै छ, प्रतिवेदन यस्तै भन्दछ । नेपाललगायत विश्व स्वास्थ्य संगठनका १४० सदस्य राष्ट्र तथा विश्वका केही अन्य प्रान्तहरुमा गरिएको ग्लोबल युथ टोबाको सर्वे जिवाइटिएस–२०१२ को प्रतिवेदनमा पनि धूम्रपान गर्ने महिलाको संख्या उल्लेख्य बढेकोमा चिन्ता व्यक्त गरिएको छ । वयस्क महिला भन्दा नवयुवतीमा धूम्रपान आकर्षण अधिक बढ्दै छ । विश्वमा धूम्रपानका कारणले ज्यान गुमाउन सक्नेको संख्या २०२० बाट वार्षिक एक करोडभन्दा बढी हुने सम्भावना छ’ जिवाइटिएसको ठम्याइछ । एकअर्को संयुक्त राज्यमा गरिएको एउटा अध्ययनअनुसार धूम्रपानको रहर गर्ने चारमध्ये एक जना जवानलाई यसको लत नै लाग्छ । यो दर कोकेन र हेरोइनको चस्का लिन खोज्नेहरुको जत्तिकै छ । धूम्रपान गर्न थालेकोमा चुकचुकाउने किशोरकिशोरीहरु ७० प्रतिशत भए पनि कमैले मात्र छोड्न सक्छन् ।  

धूम्रपानले लिन्छ ज्यान । विश्वभरि कम्तीमा पनि १ अर्ब ३० करोड व्यक्तिहरुले धूम्रपान गर्छन्, भनि विश्व स्वास्थ्य संघको स्वास्थ्य बुलेटीनमा उल्लेख गरेको छ । यसको अर्थ, सालाखाला विश्वका एक तिहाई वयस्कहरू धूम्रपान गर्छन् । विश्व स्वास्थ्य संघअनुसार धूम्रपानका कारण वर्षेनी ६० लाख मानिसहरू अथवा प्रत्येक ४ सेकेन्डमा एकजना मानिस मर्छन् ।

Sunday, June 19, 2011

धूम्रपानको लत


-त्रिचन्द्र प्रतीक्षा
टेःबहाल, न्यूरोडका ४२ वर्षीय, दीपक तुलाधरलाई प्रत्येक आधा आधा घण्टामा चुरोट सल्काउनु पर्ने लत बसेको छ । पत्रिका व्यवसायमा लागेका दीपक तुलाधर एक्लै खाली समयमा होस् वा धूम्रपान गर्ने साथीहरू आएको बेलामा होस् चुरोट सल्काएर सर्को तान्नु पर्छ, दिनभरमा कति चुरोट सल्काइन्छ त - उनी भन्छन् - ''विहान दोकान खोल्न आएदेखि बेलुकी बन्द गर्ने समयसम्ममा कम्तिमा १५ खिल्ली (एक वट्टा), बढीमा २० खिल्ली चुरोट सकिन्छ ।’’  उनले चुरोटको साथ साथै चिया पनि त्यतिनै मात्रामा पिउने कुरा गर्नुहुन्छ ।
दीपकले पिउने चुरोटको हिसाब गर्दा तपाईं अचम्ममा पर्नुहुन्छ, उनले दिनमा कम्तिमा पनि १५ खिल्ली चुरोट धुँवामा उडाउनुहुन्छ । एक दिनमा १५ खिल्लीको रू २ को दरले जम्मा रू ३०/- हुन्छ । यस्तै एक महिना (३० दिन) को रू ९००/- हुन्छ भने एवंरितले एक वर्ष (३६५ दिन) को रू. १०,८००/- चुरोटमा मात्र खर्च गर्छन् । यसरी हिसाब गरेर हेर्दा आगामी दसवर्षा उनले १,०८,०००/- खर्च केवल चुरोटमा मात्र गर्छन् । तपाईं आफै विचार गर्नुस् दीपकले चुरोटमा गर्ने खर्चले तपाईं के के गर्न सक्नुहुन्थ्यो होला ? 
यस्तो घातक अम्मल मानिसले किन छोड्न नसकेका होलान् ? के तपाईं पनि धूम्रपान गर्नुहुन्छ, कसरी छोड्न सक्नुहुन्छ ? यसको लागि तपाईंलाई यस लेखबाट मद्दत पुर्‍याउन सक्नेछ । 
त्रिचन्द्र प्रतीक्षा
धूम्रपानले लिन्छ ज्यान । यद्यपि, धूम्रपान गर्नेहरू जताततै हन् । विश्वभरि कम्तीमा पनि १ अर्ब ३० करोड व्यक्तिहरूले धूम्रपान गर्छन्, भनि विश्व स्वास्थ्य संघ (डब्लू एच ओ) को स्वास्थ्य बुलेटीनमा उल्लेख गरेको छ । यसको अर्थ, सालाखाला विश्वका एक तिहाई वयस्कहरू धूम्रपान गर्छन् ।
विश्व स्वास्थ्य संघअनुसार धूम्रपानका कारण वर्षोनी ५० लाख मानिसहरू अथवा प्रत्येक ५ सेकेन्डमा एकजना मानिस मर्छन् ।
नेपालमा सूर्तीजन्य पदार्थको कारण वर्षोनि १५ हजारले ज्यान गुमाउने गरेको तथ्यांक राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरेका छन् । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले  २००७ मा १५ देखि ५९ उमेर समूहका व्यक्तिमाथि गरेको अध्ययनले हाल धूम्रपान गर्ने महिला २१ प्रतिशत र पूरूष ४० प्रतिशत रहेको तथ्य सार्वजनिक गरेको छ ।
यसैगरी नेपाल जन साङ्ख्यिक तथा स्वास्थ्य सर्वे, २००६ का अनुसार नेपालमा धूम्रपान गर्ने महिला २० प्रतिशत र पूरूष ५७ प्रतिशत रहेका छन् । राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्याङ्कअनुसार नेपालमा धूम्रपान प्रयोगकर्तामध्ये ५५ प्रतिशत निरक्षर रहेका छन् भने सूर्तीजन्य पदार्थको प्रयोगकर्ता सबैभन्दा बढी हिमाली क्षेत्रमा ६८ प्रतिशत रहेको देखाइएको छ । 
धूम्रपान लामो अनि आनन्दित जीवन बिताउन चाहनेहरूका लागि पटक्कै होइन । निकै समयदेखि धूम्रपान गर्नेहरू अन्तमा त्यहि चुरोटका कारण मर्ने सम्भावना २ मा १ छ । विश्व स्वास्थ्य संघ -डब्लू एच ओ) का महानिर्देशक यसो भन्छिन्, ''चुरोटमा बडो होसियारीसाथ मृत्यु नहोऊन्जेल अम्मली गराउने गरी ठीक मात्रामा मिलाएर निकोटिन राखिएको हुन्छ ।’’
अतः धूम्रपान छोड्ने एउटा कारण, स्वास्थ्य अनि जीवनमा पार्ने खतरा हो । धूम्रपानको २५ भन्दा बढी ज्यानमारा रोगहरूसंग सम्बन्ध छ । उदाहरणका लागि यो हृदयघात, मस्तिष्कघात, दीर्घकालीन ब्रोन्काइटिस, फोक्सो सुन्निने रोग र विभिन्न क्यान्सर र विशेषगरी फोक्सो क्यान्सरको कारक तìव हो । यसका अतिरिक्त चुरोटको धुँवामा ४,००० भन्दा धेरै किसिमका रासायनिक तìवहरू हुन्छन् । यी मध्ये ४३ वटाले त क्यान्सर गराउँछ भनेर पत्ता लागिसक्यो । ती हुन्, साइनाइड, बेन्जिन, मिथानोल र एसेट्येलेन (र्टचमा प्रयोग गरिने इन्धन)' आदि । चुरोटमा नाइट्रोजन अक्साइड र कार्बन मोनोअक्साइडजस्ता विषालु ग्याँसहरू पनि हुन्छन् । तथापि चुरोटमा पाइने प्रमुख तìव चाहिँ निकोटिन नै हो । यसले असाध्यै लत लगाउँछ ।
मासाचुसेट्स विश्वविद्यालयका अनुसन्धानकर्ताले पुष्टि गरे अनुसार कोही कोही मानिसलाई 'धूम्रपान गरेको केही दिनभित्रै’’ लत लाग्नसक्छ भनि एसोसियटेड प्रेसले रिपोर्ट पेश गरेको छ भने डा. रिचर्ड हर्ट भन्छन्- ''मानिसहरूलाई लत लाग्न बेर लाग्दैन भन्ने थुप्रैलाई शंका लाग्थ्यो तर यस्तो साँच्चै हुन्छ भनेर पत्ता लागेको यो पहिलो ठोस प्रमाण हो ।’’ त्यस अनुसन्धान टोलीका निर्देशक डा. जोसेफ ड्रि|mान्जा भन्छन्- ''यस अध्ययनले सबैभन्दा महत्वपूर्ण पाठ के सिक्नु पर्छ भने हामीले चुरोट केही हप्ता सेवन गर्ने अनि छोड्ने भनेर खेलाँची गर्नु हुँदैन ।’’
चुरोट छोड्छु भनेर कम्मर कस्नेहरूलाई समेत चुरोट छोड्न साह्रै गाह्रो हुन्छ । विशेषगरी चुरोटमा पाइने निकोटिन, असाध्यै लत लाग्ने पदार्थ भएकोले पनि त्यसो भएको हो । डब्लू एच ओ यसो भन्छ- ''सबैभन्दा धेरै लत बसाउने लागू पदार्थहरूको सूची तयार पार्ने हो भने, निकोटिनले हेरोइन र कोकिनलाई उछिन्छ ।’’ हेरोइन र कोकिनको जस्तो निकोटिनको तुरुन्तै अनि प्रत्यक्ष असर देखिंदैन । त्यसैले पनि निकोटिनले पुर्‍याउने असरलाई अक्सर बेवास्ता गरिन्छ । चुरोटले दिने हल्का आनन्दको कारण प्रायःजसो मानिसहरू एकपछि अर्को चुरोट सल्काइरहन्छ ।
हो, निकोटिनले तपाईंको मुडलाई असर गर्छ, यसले तनाव कम गर्छ । तथापि, निकोटिनको तलतलले गर्दा नै चुरोटले तनाव कम गरे जस्तो लागेको हो । धूम्रपानले स्वयं आफूलाई मात्र हैन अरूलाई पनि हानि पुर्‍याउँछ । केही समयअघिसम्म, चुरोट पिउने मानिसले बिना रोकटोक जतासूकै अनि जतिखेर पनि चुरोट सल्काउन सक्थ्यो । तर हाल अरूले खाएको चुरोटको धुँवामा सास फर्ेदा हुने खतराहरू प्राय धेरैभन्दा धेरै मानिसहरू र्सतक हुन थालेका छन् । उदाहरणका लागि, चुरोट नपिउने व्यक्तिले पिउने व्यक्तिसित विवाह गरेको छ भने फोक्सोको क्यान्सर हुने खतरा ३० प्रतिशत बढी हुन्छ । चुरोट नपिउने आमा बाबुको सन्तानको तुलनामा चुरोट पिउने आमा बाबुको सन्तानलाई जन्मेको दुई वर्षभत्र निमोनिया वा ब्रोन्काइटिस हुने सम्भावना बढी हुन्छ ।
धूम्रपान गर्नु एउटा बानी नै भएकोले चुरोट छोड्न गाह्रो हुन्छ । निकोटिनको लत लाग्नुको अतिरिक्त धूम्रपान गर्नेहरूलाई चुरोट सल्काउने र सर्को तान्ने बानी बसिसकेको हुन्छ ।
तपाईंले धूम्रपान छोड्ने अठोट गरिसक्नुभएको छ भने, सफलता हात नलागेसक्क निरन्तर कोसिस गरिरहन तपाईं तयार हुनु पर्छ । कोसिस गर्दागर्दै पनि फेरि चुरोट पिउन थाल्नुभयो भने हार नमान्नुहोस् । तल उल्लेखित केही बुँदाहरूलाई मनन गर्नुहोस् ।

१. मनबाटै चुरोट छोड्न तयार हुनुहोस्
र्सवप्रथम, चुरोट छोड्ने प्रयास गर्नु र्सार्थक छ भनेर तपाईं विश्वस्त हुनै पर्छ । चुरोट छोड्ने कारणहरूका साथै फाइदाहरूको सूची तयार पार्नुहोस् । छोड्नु भइसकेपछि यो सूचीलाई पुनरावलोकन गर्दा तपाईंको संकल्प अझ दृढ हुनेछ ।

२. चुरोट छोड्ने मिति तोक्नुहोस्
चुरोट छोड्ने मिति तोक्नुहोस् र भित्ते पात्रोमा त्यो दिनको चिहृन लगाउनुहोस् । तोकिएको मिति आइपुग्नु अघिनै एस्ट्रे, सलाई अनि लाइटर आदि हटाउनुहोस् । यस समयमा तपाईं धूम्रपान निषेधित ठाउँमा जस्तैः संग्रहालय, रंगमञ्च आदि ठाउँमा जान सक्नु हुन्छ ।

३. चुरोट छोड्द देखापर्ने लक्षणहरूको सामना गर्ने
चुरोट छोड्दा अनितम सर्को तानेको घण्टाभरमा तपाईंमा केही लक्षणहरू देखापर्न सक्छ, जस्तैः रिस उठ्ने, चिन्ता लाग्ने, निराश हुने, निन्द्रा नलाग्ने, छट्पटी हुने, भोक लाग्ने र चुरोटको तलतल लाग्ने आदि हुन्छ । यी लक्षणहरूलाई नियन्त्रणमा लिनका लागि कुनै काममा व्यस्त हुनुहोस् । क्यालोरी कम भएका खाना खानुहोस्, प्रशस्तमात्रामा पानी पिउनुहोस् । चुरोट पिउन तलतल लगाउने ठाउँहरू वा परिस्थितिहरूबाट टाढै बस्नुहोस् ।
चुरोट छोडेको ३ महिना साह्रै गाह्रो हुन्छ । तपाईंलाई फेरि चुरोट पिउन तलतल गराउने मानिसहरू वा अवस्थाहरूबाट टाढै रहनुहोस् ।

४. चुरोट छोड्दा हुने फाइदाहरूलाई मनन गर्नुहोस्
चुरोट छोड्दा तपाईंलाई के फाइदा हुन्छ ? अन्तिम सर्को तानेको ३० मिनेटमै तपाईंको रक्तचाप सामान्य हुन्छ । हप्तादिन पछि तपाईंको शरीर निकोटिनरहित हुन्छ । एक महिनापछि तपाईंको खोकी, पिनास, थकावट र सास फेर्न गाह्रो हुनु आदि जम्मै कम हुन थाल्छ । पाँच वर्षछि फोक्सोको क्यान्सरले मृत्यु हुनसक्ने खतरा ५० प्रतिशत घट्छ । १५ वर्षछि तपाईंलाई हृदयघात हुनसक्ने सम्भावना चुरोट कहिल्यै पिउँदै नपिएको व्यक्तिको जत्तिनै हुन्छ ।
तपाईंलाई खाना स्वादिलो लाग्न थाल्छ । तपाईंको सास, शरीर अनि लुगाफाटा गन्हाउन छाड्छ । चुरोट किन्दा लाग्ने खर्च जोगिन्छ । तपाईंलाई आफूले ठूलो उपलब्धि हासिल गरेको महसुस हुन्छ । तपाईंको आयु लम्बिन्छ ।

-स्रोतः विश्व स्वास्थ्य संघका बुलेटीन-२००८/सेप्टेम्बर, वाच टावरका बुलेटीन र राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिवेदन)
गोरखापत्रको शनिवार २०६५ चैत्र १५ मा प्रकाशित