शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com
Showing posts with label पानी परेन भने अपनाउने अनौठो प्रथाहरू. Show all posts
Showing posts with label पानी परेन भने अपनाउने अनौठो प्रथाहरू. Show all posts

Saturday, June 18, 2011

पानी परेन भने अपनाउने अनौठो प्रथाहरू


आजभोलि दिनहूँ समाचारमा सुन्न र पढ्न पाउँछौ पानी नपरेर कुनै ठाउँ पानी भित्र बसेर अनसन बसेको त कतै भ्यागुतोको बिहे गरेको, कहीँ हरहर महादेव भनेर जुलुल निकालेको आदि ।

हाम्रो देश कृषि प्रधान देश भएको हुनाले अधिकांश क्षेत्र आकाशे पानीको भरले खेतीपाती गर्ने चलन छ । फसल लगाउने बेला आकाशे पानीमा भरपर्नेहरूका लागि पानी परेन भने विभिन्न ठाउँमा आ-आफ्नो तरीकाले इन्द्र भगवानसँग पानी माग्ने चलन प्राचीनकालदेखि नै चल्दै आएको छ, यस्तै चलन प्रथा विश्वका थुप्रै देशहरूमा पनि विविध तरीकाले वर्षा गराउने प्रथा रहिआएको छ । यसबारेमा हाम्रो देशका विभिन्न क्षेत्र, जातिमा भएको प्रथालाई नियालौं ।

वर्षायाम पानी परेन भने काठमाडौंको बालाजुको छेउमा डुक्रने पानी नामको ठाउँ छ । वर्षा चाँडो नभए त्यहाँको ढुङ्गाको बसाहालाई स्थानिय कृषकहरूले नोलले खुब हिर्काउँछन् मात्र हैन उत्तानो समेत पार्छन् । यसरी कुटेर उत्तानो पारेको त्यो बसाहा राति उठेर डुक्रिन थाल्दछ र वर्षा हुन्छ भन्ने जनविश्वास छ । यस्तै भक्तपुरको चाँगुनारायण क्षेत्रका जनता पनि समयमा पानी परेन भने चाँगुनारायण थानको गरुडमूर्तिको मुखमा गोबर र हिलो माटो छ्याप्न थाल्छन् । बलले भ्याएसम्म नोलले गरुडलाई हिर्काउँछन् । यसरी जतिसक्दो बढी गरुडलाई कष्ट दिएपछि त्यस क्षेत्रमा वर्षा हुन्छ भन्ने विश्वास त्यस क्षेत्रका स्थानिय नेवार समूदायमा छ ।
त्रिचन्द्र प्रतीक्षा
पश्चिम तराईमा वर्षायाममा पानी परेन भने थारू जातिमा आइमाईहरू रातिको समयमा नाङ्गै भएर खेतमा हलो जोत्ने गर्दछन्, त्यसो गर्नाले वर्षा हुन्छ भन्ने विश्वास यिनीहरूमा छ । यस्तै कञ्चनपुर जिल्लाको बगुन टोलमा भने वर्षा गराउनका लागि भ्यागुताको जोडी खोजेर ल्याई विवाहको विधिअनुसार कर्मकाण्ड गरी धुमधामसँग विवाह गरिदिने गर्दछन् ।

कतै कतै वर्षा गराउनका लागि पशुलाई कष्ट दिएर मार्ने चलन पनि छ । काठमाडौँको क्षेत्रपाटीमा घोप्टे गणेश नाउँका देवता छन् । तिनलाई वैशाख जेठतिर राँगाको बलि दिने चलन अद्यावधि छ । जिउँदो राँगाको गर्दनको छाला काडी मूल रक्तनली काटी घोप्टे गणेशको मूर्तिमा रगतका फोहरा लगाइन्छ ।

त्यो राँगो मरेको हुँदैन र त्यस कष्टले गर्दा राँगोले आँसुका धारा बगाइरहेको हुन्छ । राँगाले जति धेरै आँसु बगाउँछ त्यति धेरै वर्षा हुन्छ भन्ने विश्वास क्षेत्रपाटीतिरका नेवार बासिन्दाको छ । यसरी पशुलाई दुःख यातना दिएर गर्ने चलन/प्रथालाई केवल अन्धविश्वास र क्रुर व्यवहार मात्र भन्न सकिन्छ ।

अन्धविश्वास पशुका कुरा मात्र होइन मानिसलाई समेत कष्ट दिएर वर्षा गराउने चलन पनि हाम्रै देशमा रहेको पाइन्छ । कञ्चनपुर जिल्लाको दैजी गाविसका थारू जातिहरूले गाउँकै अध्यक्ष वा मुखियालाई पिट्दै घैलाका घैला पानी खन्याउने गर्दछन् । यसरी पिटेमा पानी पर्छ भन्ने विश्वास थारू समूदायमा छ ।

यस्तै अन्धविश्वासकै प्रथा भारतको उडिसा प्रदेशका खोंड जनजातिमा पनि छ । उनीहरूले पनि वर्षा गराउन पशुलाई नभै नरबलि दिने गर्दछन् । नरबलि दिंदा बलि दिइने मानिसलाई नेपालमा राँगालाई यातन दिएजस्तै गरी यातना दिएर मारिन्छ । त्यस्तो यातना दिँदा त्यो मानिसले जति धेरै आँसु बगाउँछ त्यति नै बढी पानी पर्छ भन्ने विश्वास छ । अब नरबलि प्रथामाथि प्रतिबन्ध लागेका कारण आजभोलि देख्न पाइँदैन ।

वर्षा गराउनका लागि हामीकहाँ मात्र नभै विश्वका थुप्रै देशहरूमा आ-आफ्नै रीतिअनुसार समयमा वर्षा नभएमा पूजाआजा गरेर स्वर्गका देवता इन्द्रसँग पानीको माग गर्ने गरिन्छ, आउनुहोस् अब कुन देशमा के कसरी वर्षा गराउनका लागि उपाय अपनाउँछन् जानिराखौँ ।