शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, June 26, 2016

'वहाँको नासो टाँसेर सुतुँ झैं लाग्छ’: स्व.डाक्टर चित्रपत्नी पूजा (कुराकानीमा आधारित)


‘नसोध यी आँखाबाट कति चोटी वग्यो पानी’ यी शव्दहरु स्व.समाजसेवी डाक्टर चित्र प्रसाद वाग्लेको  पत्नीका शव्दहरु हुन् । आफूलाई जूनी जूनी साथ दिन्छु भनेर वाचा कसम खाएका श्रीमानले बिच बाटोमै छोडेर जाँदाको पीडाबिच निस्केका शव्द हुन यी । स्पष्ट रुपमा भन्नु पर्दा यो एउटा पीडै पीडामा रुमलिएकी एकल महिलाको अन्तर ह्रदयको आवाज हो । उनका पति जसले जीवनभर अरुको सेवा गर्दा गर्दै ज्यानमारा रोगका कारण एक अपांग छोरा र दुई साना नानीहरु छाडेर सदाका लागि यो सन्सार बाट बिदा भए ।  उनको निधन भएको पनि अहिले झन्डै ३ बर्ष पुग्न लागिसकेको छ । तैपनि उनकी पत्नी पूजाको आँखा भने ओभाउन सकेका छैनन् । उनकै शव्द सापटी लिएर भन्दा उनी भन्छिन ‘नसोध यी आँखाबाट कति चोटी बग्यो पानी’ ।' आँखाबाट कयौं चोटी पानी  बगाउँदा बगाउँदै पनि यतिखेर  उनले आफ्नो श्रीमानको प्रमुख सपना पुरा गरेकी छिन् । 

श्रीमानको मृत्यु पश्चात स–साना नानीहरु र एउटा अपांग छोराको जिम्मेवारी त एकातिर छँदैथियो नै । अर्कातिर ति  दर्दनाक पलहरु सम्झेर पुस्तक लेख्न उनका लागि त्यति सहज थिएन् । उनी रुदै भन्छिन, ‘के गर्नु जीवनभर साथ दिन्छु भनेर कसम खाएका व्यक्तिलाई १५ बर्ष पनि नपुग्दै गुमाउनु पर्यो । अव मेरा अगाडि अरु केही विकल्प पनि त छैन नि । उनले रोपेको बिरुवा हुर्काउनु र मलजल गर्नु नै मेरो जिवनको लक्ष हो ।’ जीवनभर दुर्गममा बसेर दुखि गरिव नेपालीको सेवा गर्दा गर्दै आफैलाई ज्यानमारा रोग लागेको पत्तो नपाएका डा.वाग्ले यतिखेर भौतिक रुपमा यो सन्सारमा छैनन तर उनकी पत्नी पूजाले उनले लेखेको पुस्तक प्रकाशन गरेर आम मानिसमाझ  डा. वाग्लेको स्मरणलाई पुन जिवन्त तुल्याएकी छिन् । 
पूजा

यो पुस्तक बजारमा पुगेपछि डा.वाग्ले आम नेपालीको मन मस्तिष्कमा पुन: फैलिनेछन् । संघर्षका पहाड फुटाए जस्ता ती दिनहरुलाई स्मरण गर्दै पूजा भन्छिन, ‘म त्यो अभागी नारी हुँ जसले सधैं आफ्नो पीर, व्यथा र वेदना लुकाएर राख्नुपर्यो । रुन चाहेर पनि म सबैको सामु रुन सकिन,जुन मेरो वाध्यता थियो । श्रीमानलाई एपेन्डिक्सको क्यान्सरले च्यापेको समयमा होस् वा वहाँकोे मृत्यु पश्चात आफूमा आएको कठोर जिम्मेवारीका कारण जहिलेपनि मेरा ओठहरु मौन नै रहे । म आफ्ना पीर, व्यथा र वेदनालाई भित्रभित्रै लुकाउनु बाध्य रहेँ ।’   पूजा अगाडि भन्छिन, ‘आफ्ना पीर, व्यथा पोख्न नपाउँदा कति वेदना हुन्छ त्यो मैले मात्र महशुस गरेको छु । जुन मेरो मनभित्र निचोर्न नसकेको पिलो जस्तो भएर गढिरहेको थियो । 


डा. चित्र नामको पुस्तक मार्फत मैले त्यहि पिलो निचोर्ने कोसिस मात्र गरेकीे हुँ ।’डा.चित्र वाग्लेको अन्तिम इच्छा आफ्नो जीवनका अनुभूतिहरु आम नेपालीेमाझ बाड्ने रहेको थियो त्यसैका लागि उनले केही लेखेका थिए लेखन पुरा गर्न नपाउँदै निष्ठुरी दैवले चुँडेर लग्यो त्यसैको आधा जिम्मेवारी उनले पुरा गरेकी हुन् ।  पूजा भन्छिन, 'यदि वहाँले लेखेर भ्याउनु भएको भए शायद मेरो लेखाइको कुनै आवश्यकता हुने थिएन ।  विडम्बना नै भन्नु पर्छ निष्ठुरी दैवले वहाँलाइ त्यो जिम्मेवारी पुरा गर्न दिएन र त्यसैको अविभारा मलाई सुम्पेर जानु भयो । लेख्दा लेख्दै वहाँले भनेको कुरा सम्झँदा अहिले पनि आँशु बग्न थाल्छ । लेख्दा लेख्दै वहाँ म तिर हेर्दै भन्नुहुन्थ्यो मैले त लेख्न भ्याउँदिन बाँकी यिनले पुरा गर्छिन ।'

प्रतिकूल परिस्थितिका बावजुत पनि उनले करिव ६ महिना लगाएर पुस्तक लेखनको काम सकेकी छिन् । दुर्गम क्षेत्रका जनताको स्वास्थ्य सेवामा वाग्लेको योगदान, आफै डाक्टर हुँदा हुदै क्यान्सर लागेर उपचार विना नै मर्नुपरेको तितो यथार्थ र ति भित्रका अनुभूति । अनि विशेषगरि मानिसको जीवनको सबैभन्दा ठुलो आत्मसन्तुष्टि नै मानव सेवा हो भन्ने वाग्लेका महान विचारहरुलाई पुस्तकको रुपमा प्रकाशित गरेर वाग्लेको गैर-हाजिरीमा पनि आम पाठकसामु ल्याउन पाउँदा आफूलाई भाग्यमानी ठान्छिन पूजा । यतिखेर भने वाग्ले पत्नी पूजाको अनुहारमा थोरै हाँसो देखिएको छ । पुस्तक लेख्ने क्रममा अनुभूति यसरी बताउँछिन पूजा जब पुस्तक लेख्नका लागि  विगतका घटना सम्झनका लागि विगत तिर आफूलाई लान्थे त्यो तितो विगतको सम्झनाले  म कयौ पटक भावविह्वल भएर भक्कानिएर बेहोसी हालतमा पुगें । लेख्ने क्रममा कापीका पानाहरु र लेखेको  हरफहरु कयौपल्ट  आँशुले भिजेर अक्षर मेटिएर च्यात्दै मिल्काउदै लेख्दै गरें । 
त्यसै क्रममा मेरा  आँखाबाट कति धेरै आँशु बगे  त्यसलाई शब्दमा वयान गर्न सक्दिन । उनी साना नानीहरुको अगाडी रुन नसकेर बाथरुममा गएर पानीको धारा खोलेर रुन थाल्थिन । उनी भन्छिन बाथरुममा रुने बानी चाहि मेरो पुरानै हो । जतिखेर मेरो  श्रीमानलाई ज्यानमारा रोग लागेको पत्तो लागेर वहाँलाई गुमाउनु पर्छ भन्ने पक्का भएको थियो । वहाँकोे रोग पत्ता लागेदेखि नै मेरो रुने सुरक्षित स्थान बाथरुम बन्न पुगेको थियो । जहाँ म खुलेर रुन सक्थे, जहाँ मेरो मनको पीडा पोख्दा मेरा श्रीमान र छोराछोरीलाई  असर पर्दैनथ्योे । पछिल्लो समयमा त मेरा श्रीमानले मेरो यो बानी थाहा पाइसक्नु भएको थियो त्यसैले लामो समय बाथरुममा बस्यो कि ढोका ढक्ढक्याउन आइहाल्नु हुन्थ्यो । विगत स्मरण गर्दै भन्छिन पूजा । चौबिसै घण्टा केयर गर्नु पर्ने अपाङ्ग छोरा अनि भर्खरका कलिला दुई नानीहरुलाई बाबु आमा दुबैको माया ममता दिनुपर्ने समयमा श्रीमानको सपनाका खातिर  पुस्तक लेख्नु भनेको मेरा निम्ती कालकुट विष निल्नु सरह थियो, वाग्ले पत्नी पूजा भन्छिन ।  

विशेष त म त्यो अतित सम्झियो कि आफैलाई सम्हाल्न नसक्नी अवस्थामा पुग्थें तैपनि  पुस्तक लेखनका लागि मैले अतितमा त आफूलाई लैजानु नै थियो ।  मैले वहाँसँग बिताएका रमाईला पल अनि विछोड र वेदनाका पलहरु यस पुस्तकमा उतारेकी छु । डाक्टर चित्र नामको कितावमा दुई अध्याय भएको बताउँछिन उनी । पहिलो अध्यायमा डा.चित्रले लेखेका उनका जिवनका अनुभुति र भोगाइहरु रहेका छन भने दोश्रो अध्यायमा डा.चित्रको अधुरो कहानी पुरा गर्ने काम गरेकी छिन पूजाले । जसको शिर्षक रहेको छ, ‘नसोध यी आँखा भित्र कतिचोटी बग्यो पानी’ । डा.चित्रका दुखद् अनुभूति र  पीडाको त बयान गरेर साध्य छैन । जसलाई पढेपछि पुस्तक पढ्ने जो कोही पनि आँशु नझारी बस्नै सक्दैन । आफ्ना स–साना लाला वाला र पत्नी त्यसमा पनि १२ बर्षे अपांग छोराको अनिश्चित भविष्यको कहालीलाग्दो कल्पनामा प्राण त्याग गरेका चित्रका अनुभूतिहरु साँच्चै नै मर्मस्पर्शी छन् । 

डा. चित्रले सुम्पेका  जिम्मेवारी थुप्रै छन । पहिलो उनको नाममा पुस्तक निकाल्ने, दोश्रो छोराको हेरचाह र छोरीहरुलाई उचित शिक्षा दिएर राम्रो मानिस बनाउने र तेश्रो सबैमा समाजसेवी भावना जागृत गराउन जिवनभर लागिपर्ने एवं आफूले पनि सक्दो समाजसेवा गर्ने । उनी भन्छिन वहाँको नासोको रुपमा रहेको यो पुस्तक टाँसेर सुतुँ झैं लाग्छ । त्यसैले हिजोआज पूजा वाग्लेको सिरानीमा डा.चित्रको पुस्तक कहिल्यै टुट्दैन् । उनी सुत्दा, उठ्दा बस्दा जतिखेर पनि यहि किताव च्यापेर बसेकी हुन्छिन् ।  उनी भन्छिन, ‘डा.चित्रलाई केही पनि गरेन भनेर त म भन्न चाहन्न तर, वहाँको उपचारमा राज्य र सरकार उदासिन भएको पक्कै हो । वहाँलाई त हामीले गुमाइसक्यो अब चाहेर पनि फर्काउन सक्दैनौं अबका दिनमा कुनै पनि चिकित्सकले अथवा राज्य र समाजका लागि विशेष योगदान दिएको व्यक्तिले डा.वाग्लेले जस्तो अकालमा मर्न नपरोस् । ’श्रीमानलाई सम्झँदै विस्तारै पछ्यौरी तानेर आँशु झार्दै भन्छिन उनी । अब गुनासो गरेर मात्रै त केही हुनेवाला छैन, डाँको छोडेर रोए पनि, टाउको फुटाए पनि मेरा श्रमिान फर्केर आउनु हुन्न । यति भन्दै नेपाल सरकारका तत्कालिन मुख्य सचिव लिलामणी पौडेलले व्यक्तिगत र सरकारी तवरबाट आफूले भ्याएसम्मको सहयोग गरेको भन्दै उनलाई धन्यवादको पात्र समेत भन्न छुटाएनन् । 

उनले खुलेरै भनिन् लिलामणी सरको जस्तै मन भएका व्यक्ति तत्कालिन सरकारको मन्त्रिमण्डलमा भएको भए पक्कै पनि मेरा श्रीमानले अनहाकमा ज्यान गुमाउनु पर्दैनथियोे कि ? मेरा पति डा. चित्र वाग्लेले जसरी दु:खी गरिव र असहाय जनताको स्वास्थ्य सेवामा काम गर्द आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी अल्पायुमै निधन हुन भयो उहाँको त्याग, तपस्या र सर्मपणबाट सबैलाई प्रेरणा मिलोस । आफू मृत्युको मुखमा पुगिसक्दा पनि अन्तिम समयसम्म वहाँले जुन सेवाको भावना राख्नुभयो सबैमा त्यस्तै खालको बिचार आओस । यो पुस्तकले पनि त्यस्तै खालको सन्देश दिन खोजेको छ । कुराकानीको अन्तमा आफ्ना श्रीमान बिरामी भएको बखत विभिन्न क्षेत्रबाट सहयोग गरेका सबैमा विशेष अभार तथा धन्यबाद दिइन ।
प्रस्तुति : जनार्जन पौडेल 

No comments:

Post a Comment