शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, June 15, 2026

कविता संसार मासिक अङ्क ३३ (सम्पादकीय)

नेपाली साहित्यको वर्तमान परिदृश्यमा युवा कविहरूको उपस्थिति उत्साहजनक रूपमा बढिरहेको छ । उनीहरू केवल नयाँ पुस्ताका प्रतिनिधि मात्र होइनन्, बदलिँदो समाज, प्रविधि, सम्बन्ध, सङ्घर्ष र सपनाका संवाहक पनि हुन् । परम्परागत विषयवस्तुसँगै समकालीन जीवनका जटिल अनुभूति र प्रश्नहरूलाई कवितामार्फत अभिव्यक्त गर्ने प्रयासले नेपाली कवितालाई नयाँ ऊर्जा प्रदान गरेको छ ।

डिजिटल माध्यमको विस्तारले युवा स्रष्टाहरूलाई आफ्ना सिर्जना सार्वजनिक गर्ने सहज अवसर दिएको छ । यसले साहित्यमा नयाँ आवाज, नयाँ दृष्टिकोण र नयाँ सम्भावनाहरूको प्रवेश गराएको छ । यद्यपि सिर्जनात्मक स्वतन्त्रतासँगै अध्ययन, साधना र साहित्यिक अनुशासनको आवश्यकता झन् महत्वपूर्ण बनेको छ ।

यही सन्दर्भमा 'कविता संसार' अनलाइन मासिकले युवा कविहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने साझा साहित्यिक मञ्च प्रदान गर्दै आएको छ । नयाँ र स्थापित स्रष्टाबीच सिर्जनात्मक संवादको वातावरण निर्माण गर्दै यस पत्रिकाले नेपाली कविता र साहित्यको समृद्ध यात्रामा सानो तर अर्थपूर्ण योगदान पुर्‍याइरहेको छ ।

साहित्यको भविष्य युवा पुस्ताको काँधमा छ । उनीहरूको सिर्जनशीलता, संवेदना र वैचारिक ऊर्जाले नेपाली साहित्यलाई अझ जीवन्त, समकालीन र व्यापक बनाउने विश्वास गर्न सकिन्छ ।

अङ्क ३३ पढ्न र डाउनलोड गर्नका लागि फोटोमा क्लिक गर्नुहोस्


Friday, June 12, 2026

शान्ति ‌कंडेल न्यौपानेका चार कविताहरू


विदेशको वाध्यता

मेरा आँखा ओसिला छन् बाढी पैरो देख्दा रुन्छु कहिले जिन्दगीका झाडी मैलो देख्दा केराघारी बन्न पुग्छु कहिले बन्छु केको आँधी चल्दा जिन्दगीमा खोजेको छु टेको चारैतिर मायाजाल बुन्न मन लाग्छ पालमुनि बस्न पाए पानी आफैँ भाग्छ त्यसै त्यसै ओइलाएर बस्नुपर्छ घर सबै गए विदेशमा छैनन् वरपर एयरपोर्टमा दिन दिन विदेशीको लर्को नेपालको बसाइ पनि हुन थाल्यो चर्को आजभोलि चाडबाड ओइलिएको देख्दा खुसी छैनन् कोही पनि फेसबुकमा भेट्दा टाढैबाट निधारमा टीका थाप्नुपर्छ बुझ्दै जाँदा बस्तीतिर अब चाप्नुपर्छ नेपालमा उठाएनन् चिया खा’को कप खै कसरी पूरा गर्छन् लगाएको गफ ? नेपालका सबै चाड आफ्नै जस्ता थिए न्वारन बिहे व्रतबन्ध विदेशीले लिए मुखमा आउँछ झुन्डेको छ परदेशी भयौ कहाँ पाऊँ ? कता खोजौँ ? घरदेशी गयौ !
*****

Saturday, June 6, 2026

लघुकथा संसार मासिक अङ्क ३५ (सम्पादकीय)


डिजिटल युगमा फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरू नेपाली लघुकथाको विस्तारका लागि वरदान साबित भएका छन् । हिजोका दिनमा सिर्जना पाठकमाझ पुर्‍याउन महिनौँ कुर्नुपर्ने बाध्यता आज अन्त्य भएको छ । लेखकले आफ्नो सृजना पोस्ट गर्ने बित्तिकै संसारभरका पाठकसम्म क्षणभरमै पुग्न सक्ने सुविधा अनलाइनले दिएका छन् ।

तर, यो सहजतासँगै एउटा गम्भीर चुनौती पनि थपिएको छ– 'लाइक' र 'कमेन्ट'को संस्कृति । आजभोलि लघुकथाको मूल्याङ्कन यसको शिल्प र वैचारिक गहिराइका आधारमा नभई सामाजिक सञ्जालमा आउने प्रतिक्रियाका आधारमा हुन थालेको छ । तत्कालै भाइरल हुने होडबाजीले गर्दा लेखकहरूमा साधना र पुनर्लेखनको धैर्यता घट्दै गएको छ । हतार–हतार पोस्ट गर्ने र 'लाइक' गनेर बस्ने प्रवृत्तिले लघुकथाको विधागत गरिमालाई नै ओझेलमा पार्ने जोखिम बढाएको छ । सामाजिक सञ्जालको सस्तो लोकप्रियताका लागि लेखिएका सामग्रीले तत्कालका लागि त ताली पाउलान्, तर तिनले लघुकथाको वास्तविक सौन्दर्यलाई न्याय गर्न सक्दैनन् । 

'लघुकथा संसार' आफैँमा एउटा डिजिटल चौतारी हो । हामी प्रविधिको प्रयोगको विरोधी होइनौँ, तर हाम्रो चिन्ता संख्यात्मक वृद्धिमा मात्र नभएर गुणात्मकतामा हुनुपर्छ । प्रविधिलाई माध्यम बनाऔँ, तर आफ्नो साधनालाई ’लाइक’ को सङ्ख्यासँग साटोफेरो नगरौँ । सामाजिक सञ्जालको भित्तोमा हराएर जाने क्षणिक वाहवाही भन्दा समयको कसीमा टिकिरहने कालजयी लघुकथा सिर्जना गर्नु नै आजको आवश्यकता हो ।

अङ्क ३५ पढ्न र डाउनलोड गर्नका लागि

-------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Friday, May 29, 2026

मीना श्रेष्ठका चार कविता

हराएको मुस्कान

बा ! गए एकपटक पनि पछाडि नहेरी कहिल्यै नफर्किने गरी बादल पारीको गाउँ जाँदा माताजीको गलाको पोते हातका इन्द्रधनुषी चुराहरू बट्टामा राखेको कुमकुम मिश्रित सिन्दुरको डिब्बासहित लिएर गए बाले त्यति मात्र लगेनन् । मेरो शिरको ताज कर्ली कपाल लिएर गए वाणीमा सम्मोहन थप्ने मेरो मुस्कान पनि लिएर गए । लैजानै परे पछि, किन लैजानु त्यो निर्दोष मुस्कान निस्फिक्री हाँसो बालसुलभ चञ्चलता बरू लैजानु नि भिडले नछेक्ने दर्किरहने रोक्दै नरोकिने आसुँको झरी, मेरो घाँटी न्याक्ने भक्कानाहरू , कसैले नबुझ्ने ब्यथाहरू, र, किन्नै नसकिने रहरहरू । बा ! तिमी एक्लै गएनौ रित्तै गएनौ उदासी दिएर छोरीलाई लगेका छौ जीवनका ऊर्जाहरू ।

*******