शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com
Showing posts with label आलुको रामकहानी. Show all posts
Showing posts with label आलुको रामकहानी. Show all posts

Tuesday, July 19, 2011

आलुको रामकहानी

-त्रिचन्द्र प्रतीक्षा
'आलु' शब्दको अर्थलाई नेपाली शब्दसागरमा ''अन्न, तिउन, तरकारी र अचारमा मिलेर वा सट्टामा भोजन बन्ने कन्द विशेष, कासकन्द, कासालु, पेचक''  भनेर उल्लेख गरिएको पाइन्छ । नेपालीमा खासै राम्रो अर्थ दिंदैन 'आलु खाने' भन्ने शब्दले । 'आलु खाइस् !' भनेर कसैले भन्यो भने जो कसैको पनि कन्सिरी तातेर आउँछ ।
नेपालमा हरेक वर्ष गोबर्द्धन पूजाको दिन आलु कवि महोत्सव मनाइने गरिन्छ । सहभागी कविहरुले आलुका ५ थरिका परिकार खाएर आलुकै बखान स्वरुप कविता वाचन गरेर 'आलु कवि महोत्सव' मनाउँदै आइरहेको धेरै वर्षभैसकेको छ ।
तरकारीको राजा नै मानिने आलु विश्वभरि सबैभन्दा बढी उपयोग गरिन्छ । आलुलाई सदाबहार तरकारीमै मात्र दर्जा प्राप्त छैन । यसमा विलक्षण औषधिय गुण समेत छ । नेपाली खानामा आलुको महिमा अपरम्पार छ । आलु तामा, आलु परौठा, आलु दम, आलुको अचार, आलु जिरा, आलु चिउरा के मा छैन आलु ? त्यसैले भीमनिधि तिवारीको शब्दमा ''मध्यम वर्गको श्रीमती'' नै बनेको छ आलु, जे गरे पनि हुने अनि जसरी खाए पनि हुने ।
हामीले आलुले चिनिने वैज्ञानिक नाउँ 'सोलोनम 'ट्युवरोसस' हो । आलुको बारेमा अनुसन्धान गर्न पेरुमा अन्तर्राष्िट्रय आलु अनुसन्धान केन्द्रनै स्थापना गरिएको छ । कोलम्बियामा 'आयोम्जा' अनि 'आयो मी' भनिने आलुले वोलिभियामा नाम पाएको छ- 'आयोमारा' । त्यही आलु चिलीमा 'पौनी', स्पेनमा 'पोया' अनि भारतको गुजरातीमा 'बटाटा' को नामले चिनिन्छ ।
संस्कृतको बटाटाबाट 'पटाटा' र त्यसैबाट अंग्रेजी शब्द 'पोटाटो' बनेको हो । हल्यान्डमा 'वेल टेरो' भनिने आलु विश्वकै ठूलो उत्पादक राष्ट्र चीनमा भने 'अर्थ विन' तथा 'ग्राउण्ड नट' ले चिनिन्छ भने फ्रान्समा भने 'पम द तेरे' अर्थात् जमिन मुनि फल्ने स्याउको संज्ञा दिने गरिन्छ ।
आलु पोषक र बलवर्द्धक कासकन्द हो । मध्यम खाले एउटा आलुको डल्लामा ११२ क्यालोरी उर्जा हुन्छ । आलुमा २० प्रतिशत स्र्टार्च, २ प्रतिशत प्रोटिन, १ प्रतिशत खनिज र ८० प्रतिशत पानी हुन्छ ।
१०० ग्राम आलुको खानयोग्य भागमा २२.९ प्रतिशत कार्वोहाइड्रेट, १.६ प्रतिशत प्रोटिन, ७४.७ प्रतिशत पानी, ०.०१ ग्राम बोसो, ०.६ ग्राम मिनरल्स, .०१ प्रतिशत क्याल्सियम, ०.०३ प्रतिशत फस्फोरस पाइन्छ । यस्तै प्रतिसय ग्राम आलुमा भिटामिन 'ए' ४० आई.यु र फलाम ०.७ मिल्रि्राम पाइन्छ ।
त्रिचन्द्र प्रतीक्षा

समथर मैदानी भूभागदेखि चिसो पहाडसम्म एकछत्र उत्पादन हुन्छ आलु । अफ्रिकादेखि एशिया अनि युरोपदेखि अमेरिकासम्म आलु उत्पादन नहुने कुनै क्षेत्र नै बाँकी छैन । आलुको उत्पत्ति २ हजार वर्षन्दा पहिला र्सवप्रथम दक्षिण अमेरिकाको पेरुमा भएको कुरो वैज्ञानिकहरु बताउँछन् । त्यसपछि सत्रौं शताब्दिमा स्पेनका नाविकहरुले पेरु जितेपछि आलुलाई स्पेनमा ल्याएको देखिन्छ भने सन् १५८० मा कोलम्बसले स्पेनबाट युरोप लगिएको पाइन्छ । युरोपको जर्मनी, अष्ट्रिया, फ्रउन्स, पर्ुतगाल आदि देशमा फैलिन करीब २०० वर्षलागेको आलुलाई पुर्तगालीहरुले भारतीय उपमहाद्वीपमा प्रवेश गराएको जानकारी इतिहासमा पाइन्छ ।