शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com
Showing posts with label श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी. Show all posts
Showing posts with label श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी. Show all posts

Tuesday, February 1, 2022

श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी

- त्रिचन्द्र प्रतीक्षा 

नेपालमा रहेका विभिन्न सांस्कृतिक पर्वमध्ये वसन्तपञ्चमी पनि नेपालीको महत्वपूर्ण पर्व हो । विद्या, श्रम, सीप, कला, कौशल तथा उद्यमशीलताको मौलिक रूप र स्रोत सरस्वतीको जन्मजयन्तीको पावन अवसर एवं पर्व हो श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी ।

यस दिनमा ऋतु पूजा, विद्या पूजा, श्री (लक्ष्मी) पूजा, विष्णु पूजा, श्रीकृष्ण पूजा, प्रकृति पूजा, हलोको पूजा र विद्याकी देवी सरस्वतीको प्रतिमा बनाई पूजा गरिन्छ । सरस्वतीको प्रसादले प्रशन्न श्रीकृष्णले वरदान दिई वसन्त पञ्चमीमा सरस्वती पूजाको परम्परा चलाएको मानिन्छ ।

सरस्वतीको महिमा वेदले पनि सर्वत्र गाएको पाइन्छ । सरस्वती श्रुति अर्थात् वेदभन्दा पनि महान् छिन्, सरस्वतीले हाम्रो यश कीर्तिलाई बढाउन् भन्ने वैदिक ऋचाबाट पनि सरस्वतीको महिमा कति छ भन्ने स्पष्ट हुन्छ । उपनिषद्, पुराण, देवीभागवत् आदिले पनि भगवती सरस्वतीको विशेष महिमा गान गरेका छन् । यस्तै, मार्कण्डेय पुराणमा सत्वगुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएका शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात् देवी महासरस्वती हुन् भनी वर्णन 
गरेको पाइन्छ ।
त्रिचन्द्र प्रतीक्षा 

पुराण शास्त्रहरूमा उल्लेख भएअनुसार सरस्वतीदेवी ब्रह्माजीको मुखबाट उत्पन्न भएकी हुन् । प्रत्येक देवीको आ–आफ्नै वाहन भएअनुसार यिनको चाहिँ मिसिएको दूधपानी छुट्याउन सक्ने निरक्षीर विवेकीको संज्ञा र वरदान पाएको राजहाँस हो । राजहंस वाहन भएकी देवीका चार हातमध्ये एउटामा वीणा, एउटामा स्फटिकको माला, अर्कोमा पुस्तक र अभय मुद्रा रहेका छन् । उनी सधैँ मन्द मुस्कानमा हुन्छिन् ।

प्रकृतिको सम्पूर्ण फूल, रुख, घाँस आदि सुकेर गइसकेपछि पुनः वसन्त ऋतुमा फेरि नयाँ जीवन लिएर पालुवा पलाउने गरिन्छ । छवटा ऋतुमध्ये वसन्त ऋतु साह्रै रमाइलो हुने भएकाले ऋतुराज पनि भन्ने गरिन्छ । ऋतुराज वसन्तको आगमनको खुसीमा माघ शुक्ल पञ्चमीमा ‘वसन्तपञ्चमी’ पर्व मनाइन्छ । हुन त वसन्त ऋतु चैत–वैशाखमा पर्छ तर किन माघ शुक्ल पञ्चमीमा मनाइन्छ भन्ने प्रश्न उठ्नु जायज हो । यस सन्दर्भमा पुराणकर्ताहरूले रोचक कथा उनेका छन्, एकपटक पाँचवटा ऋतु मिलेर स्वेच्छाले आफ्ना राजा ‘वसन्त’को अभिनन्दन गरे । उक्त अभिनन्दनमा आ–आफ्नो अवधिबाट आठ दिन उपहारस्वरूप ऋतुराज वसन्तलाई अर्पण गरे । यसरी पाँचवटा ऋतुबाट अर्पित आठ–आठ दिनलाई जोड्दा चालीस दिन हुन जान्छ । अतः चैत कृष्ण प्रतिपदाभन्दा चालीस दिनपूर्व अर्थात् माघ शुक्ल पञ्चमीमा वसन्तपञ्चमी मनाइन्छ । यसलाई ‘मघिया पञ्चमी’ वा श्रीपञ्चमी
पनि भन्छन् ।