शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, July 19, 2025

कविता संसार मासिक अङ्क २३ (सम्पादकीय)


असार महिना नेपाली कृषि संस्कृति र साहित्यिक चेतनाका दृष्टिले विशेष महत्व बोकेको समय हो । यस महिनामा मनाइने धान दिवसले हाम्रो जीवनशैली, माटो र प्रकृतिप्रतिको सम्बन्धलाई पुनः स्मरण गराउँछ । धान रोपाइँको बेला खेतमा गुञ्जिने रमाइला रोपाइँ गीतहरूले हाम्रो मौलिक संस्कृति झल्काउँछन् भने साहित्यमा पनि यसले प्रेरणा र रचना सृजनाको ऊर्जा दिन्छ ।

त्यस्तै, असार २९ मा मनाइने भानु जयन्तीले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको स्मृति र योगदानलाई उजागर गर्ने अवसर दिन्छ । उनले नेपाली जनमानसमा काव्य र संस्कृतिको बीउ रोपेका थिए, जसको फल आज हामी साहित्यप्रेमीहरू भोगिरहेका छौं ।

कविता संसारमा निरन्तर बढ्दै गएको साहित्यप्रेमीहरूको सक्रिय सहभागिता हाम्रा लागि हर्षको विषय हो । तर धेरै रचना प्राप्त हुने क्रम र स्थानको सीमितताका कारण यहाँहरूको सिर्जना एकै अङ्कमा समेट्न असम्भव भएको जानकारी गराउँदछौँ । आगामी अङ्कहरूमा क्रमशः प्रकाशित गर्दै जाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।

साहित्यप्रेमी स्रष्टाहरूको निरन्तर साथ, सहयोग र धैर्यप्रति हामी आभारी छौं ।

अङ्क २३ पढ्न र डाउनलोड गर्नका लागि फोटोमा क्लिक गर्नुहोस्



.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment