-त्रिचन्द्र प्रतीक्षा
नेपालका
भैरवहरूको आ–आफ्नै विशेषता छन् । भैरवसँग सम्बन्धित
जात्रा र पर्वहरू पनि निकै छन् । काठमाडौँ उपत्यकामा भैरवको रूपलाई उत्तिकै
श्रद्धा र भक्तिका साथ पूजाआजा गर्ने परम्परा छ । आकाशभैरवलाई विशेषतः
इन्द्रजात्राको दिन फूलैफूलले सजाएर राखिने गरिन्छ । काठमाडौँको इन्द्रचोकस्थित
आकाशभैरवको टाउकोलाई नेपालभाषामा आजुद्यः भनिन्छ । नेपालभाषामा बाजेबराजुलाई ‘आजु’ र देवतालाई ‘द्यः’ भन्ने प्रचलन
छ । तसर्थ भैरवलाई पुख्र्यौली देवताका रूपमा लिइने गरिन्छ । ‘त्रिरत्न सौन्दर्यगाथा’ नामक ग्रन्थमा आकाशभैरवबारे यसरी लेखिएको छ ः
हुनाले शिवको अंश बनी आकाशभैरव,
उडेर देशको चाला अद्यापि हेर्छ
वास्तव ।
आजुद्यः भनिई पूज्य रहेका छन्
यलम्बर,
छ इन्द्रचोकमा जस्को अजेय
मुखमण्डल ।। (१२४÷१०९)
![]() |
| त्रिचन्द्र प्रतीक्षा |
इन्द्रजात्राका लागि मन्दिरअगाडि परालले छाएको छाप्रो बनाएर राखिन्छ । यसरी भाद्रशुक्ल एकादशीको राति ज्यापू जातिका गुठियारहरूले भैरवको मूर्तिलाई बोकेर बाहिर बनाएको छाप्रोमा विराजमान गराइन्छ । यो मूर्तिमा गरगहनाहरू चाहिँ ताम्राकारहरूले लगाइदिने गर्छन् । यसपछि फूलमालाहरूले मूर्तिलाई आकर्षक ढङ्गले सजाउने काम ज्यापू गुठियारहरूले गर्छन् ।

