शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com
Showing posts with label आयो दसैं उडे चङ्गा. Show all posts
Showing posts with label आयो दसैं उडे चङ्गा. Show all posts

Friday, September 26, 2014

आयो दसैं उडे चङ्गा



 -त्रिचन्द्र प्रतीक्षा
असनको एउटा चङ्गा पसलमा निकै भिड थियो । पसले साहूजी ग्राहकलाई लट्टाई, चङ्गा देखाउन र मूल्य भन्नमै व्यस्त थिए । एकजना ग्राहक नरदेवीका दिलिपमान स्थापितले आफ्नो छोराको लागि भनेर चङ्गा र लट्टाई किनेर रु. ३५०/– तिरेर हिंडे । त्यसैभिडमा सामाखुशीका कृष्णभक्त श्रेष्ठ पनि साथीसंग चङ्गा छान्न व्यस्त थियो, कसको लागि भन्ने प्रश्नमा उनले भने– ‘मेरै लागि हो, दशैंको बेला चङ्गा नउडाए दशैं जस्तो लाग्दैन, त्यसैले दशैंलाई दशैं जस्तो पार्नका लागि चङ्गा उडाउने गर्छु ।कति बजेट राख्नु भएको छ भन्ने सोधाईमा – ‘धेरै त हैन ४/५ सय जति मात्र हो, यसपाली त चङ्गाको भाउ पनि निकै महंगो भएको छ, अझ माझा राखेको धागो त अलि महँगो रहेछ ।करिब १ घण्टा पछि दोकानमा भिडको माहौल हल्का भएको मौका छोपी पसले साहूजी अमित जोशीलाई सोधिहालेंनिकै भिड छ, व्यापार त निकै होला हैन ? ‘खै, के व्यापार भन्ने शुरुको ४÷५ दिन चङ्गा प्रेमीहरूको हल्का उपस्थिति भएर अलि बिक्रि हुन्छ, त्यसपछिका दिनहरूमा चङ्गा खासै विक्रि हुन्न ।करिब ३०/३५ वर्षअघिदेखि शुरु गरेको यो चङ्गा व्यापार सिजनको व्यापार भएको हुनाले दशैं अवधिभर जति विक्रि हुन्छ हुन्छ बाँकी पछिल्लो वर्षका लागि थन्क्याएर अन्य व्यापार शुरु गर्ने कुरा बताउनु हुने अमित जोशीले उक्त चङ्गा र धागो सहितको लट्टाई भारतबाट आउने जानकारी दिए । एक सिजनमा करिब ५/६ लाखको व्यापार हुन्छ भने नाफा १ लाखसम्म हुने कुरा बताउनु हुन्छ । ८/१० वर्षअघिको तुलनामा अहिले ४० प्रतिशत पनि आकाशमा चङ्गा नउड्ने कुरा जोशी बताउनु हुन्छ, कारण के त ? उहाँ भन्नुहुन्छ– ‘पहिले मनोरञ्जनको साधन कुनै थिएन, तसर्थ के केटाकेटी, के युवावर्ग सबैले दशैंको लामो बिदामा चङ्गा उडाएर मनोरञ्जन लिने साधन नै चङ्गा थियो भने आजभोलि युवावर्गहरू कम्प्यूटर र अन्य मनोरञ्जनका साधनमा व्यस्त हुने भएको हुनाले चङ्गा मोह कम भएको हो ।
त्रिचन्द्र प्रतीक्षा

इतिहास
स्न ७१३ मा लेखिएको एक पुस्तकमा चीनका गोङ्ग सुवानले काठ र बाँसको चरा आकारको चङ्गा बनाएर तीन दिनसम्म आकाशमा उडाएको कुरा उल्लेख छ । उक्त पुस्तकअनुसार गोङ्ग सुवानको वास्तविक नाम लु वानथियो भने उनी डुण्नु आङ्गका बासिन्दा थिए । चु राज्य र सोङ राज्यबीच चलेको युद्ध (सन् ४४४) मा लुवानले जासुसी गर्नका लागि चङ्गाको निर्माण गरे । त्यही समयदेखि चङ्गाको जासुसी प्रयोग प्रारम्भ भएको मानिन्छ । यो क्रम चीनमा तांग वंश (६१८९०७) सम्म कायम रह्यो । युरोपमा पहिलो पटक सन् १८०४ मा लर्ड जर्ज क्यालीले १ सय ५४ वर्ग इन्चको चङ्गा बनाएर उडाए ।
नेपाल र भारतमा चङ्गाको चलन जापानबाट आएको विश्वास गरिन्छ, जापानमा यसको प्रचलन चीनबाट आएको मानिन्छ । नेपालमा चङ्गाको प्रचलन कहिलेदेखि सुरु भयो भन्ने आधिकारिक प्रमाण फेला नपरे पनि इतिहास भने छोटो छैन । पुख्र्यौली पेसाको रूपमा वि.स. २०२८ सालदेखि बाबुको बिँडो थाम्दै आएका ठँहिटी, नःघल टोलका चङ्गा बिक्रेता प्रतापमान श्रेष्ठ आफ्ना बाजेले पनि चङ्गा व्यवसाय गर्ने गरेको कुरा बताउँछन् ।

धार्मिक रीतिरिवाज
चङ्गा उडाउनुलाई शुभसगुनका रूपमा पनि लिइन्छ युद्धको समय, माछा मार्नको लागि तथा अन्य रीतिरिवाज एवं प्रथाहरूमा यसको उपयोग हुन्छ । हामीकहाँ चङ्गा उडाउनुलाई धार्मिक कार्य मानिन्छ । लोककथा र किंवदन्ती अनुसार, वर्षायामभरि धेरै पानी परिसकेको हुन्छ, धान पाक्ने बेला भइसकेको हुनाले पानीका राजा इन्द्रलाई पानी चाहिंदैन भनेर चङ्गा उडाएर पठाएको सन्देश मानिन्छ । चङ्गा उडाएमा पानी पर्दैन भन्ने जनविश्वास पनि रहिआएको छ ।
चीनमा चङ्गा उडाउनुको अर्थ रोगव्याधीबाट मुक्ति पाउन र दुष्टात्मा धपाउने प्रयासको रूपमा लिने गरिएको पाइन्छ भने जापानमा प्रत्येक नयाँ वर्षको शुभ दिनमा चङ्गा उडाउने चलन छ । त्यहाँका प्रत्येक बाबुहरू छोराको नाममा  चङ्गा उडाउँछन् र छोराको लामो आयुका लागि प्रार्थना गर्दछन् । यसलाई जापानीहरू वंश परम्परालाई अगाडि बढाउने प्रतीकका रुपमा मान्दछन् । भारतमा माघेसंक्रान्तिको अवसरमा धेरै नै चंगा उडाउने गरिन्छ । यस लाई चङ्गा पर्व पनि भनिन्छ । त्यहाँ सूर्यको स्वागत गर्न चङ्गा उडाइएको हो भन्ने मान्यता रहिआएको छ ।
कोरियामा चङ्गाको उपयोग दुर्भाग्य तथा दुष्ट आत्मा भगाउनका लागि गरिन्छ । कोरियालीहरू ल्यूनर क्यालेन्डर अनुसार नयाँ वर्षको पूर्णिमाको राति दुर्भाग्य भगाउन तथा सौभाग्य ल्याउनका लागि एउटा ठूलो चङ्गामा अशुभहरू जाओस्भन्ने शब्द लेखेर आकाशमा उडाउँछन् र अकाशमा उडिरहेको चङ्गाको धागोलाई काटिदिन्छन् । उनीहरूको विश्वास छत्यो चङ्गासँगै उनीहरूको दुर्भाग्य पनि आकाशमा जान्छ र सौभाग्य नजिक आउँछ । श्रीलंका र थाइल्याण्डमा स्वर्ग र पृथ्वीको सम्पर्क हुने र मरेपछि स्वर्ग पुगिन्छ भन्ने विश्वासअनुरुप चङ्गा उडाइन्छ ।

विज्ञान र आविष्कार
सन् १८७४ मा स्कटल्याण्डका दुई वैज्ञानिक थोमस मेलविन र अलेक्जेन्डर विल्सनले चङ्गामा तापमापक यन्त्र (थर्मोमिटर) बाँधेर वायुमण्डलको तापक्रम लिएका थिए । सन् १८९३ मा अमेरिकाका वैज्ञानिक लरेन्स हाग्रेभले बनाएको बाकस आकारको चङ्गाले १२ वर्षसम्म अमेरिकाको मौसम विभागको लागि वायुको तापमान र हावाको दबाब नाप्ने काम ग¥यो ।
बेलायतका ओलिभर तथा विलवर राइट नामका दुई भाइले सन् १९०३ मा हवाईजहाजलाई आकाशमा उडाउने अनुसन्धानका क्रममा चङ्गाको यथेष्ट प्रयोग गरेका थिए । वैज्ञानिक सर जर्ज केलेले सन् १९०४ मा चङ्गाकै आधारमा ग्लाइडरको आविष्कार गरे । सन् १९२५ मा जर्ज पोककले आफ्नी छोरीलाई लिएर उड्न सक्ने चङ्गा बनाएका थिए ।