माघ महिना नेपाली समाजमा सांस्कृतिक चेतना र आत्मशुद्धिको विशेष समयका रूपमा चिनिन्छ । सूर्य उत्तरायण हुने माघे संक्रान्तिले जीवनमा अनुशासन, स्वास्थ्य र सकारात्मक परिवर्तनको सन्देश बोकेको छ । यही अवसरमा नेवार समुदायले घ्यः चाकु सँल्हु र तराई–मधेशमा थारू समुदायले माघी पर्व मनाउँदै नयाँ वर्षको सुरुआत गर्छन् । यी पर्वहरू समुदायको जीवनपद्धति, सामूहिकता र परम्परागत मूल्यका जीवन्त अभिव्यक्ति हुन् ।
यस्ता सांस्कृतिक क्षणहरू साहित्यका लागि उर्वर भूमि बन्छन् । माघ महिनाको शीतल निस्तब्धता, जीवनको भोगाइ र परम्परागत परिवेशले लघुकथा, कविता र निबन्धलाई संवेदनशील गहिराइ दिन्छ । विशेषतः लघुकथामा माघले श्रम, सङ्घर्ष, परिवार, परिवर्तन र पहिचानका विषयलाई सशक्त रूपमा उभ्याउने अवसर प्रदान गर्छ ।
थारू समुदायको माघीमा निहित सामाजिक पुनर्संरचना, नेवार संस्कृतिको घ्यः चाकु सँल्हुमा रहेको सामूहिक आत्मीयता वा माघे संक्रान्तिको दार्शनिक सन्देश—यी सबै लघुकथाका सशक्त कथ्य बन्न सक्छन् । संस्कार र समयको चेतनालाई केही हरफमै अभिव्यक्त गर्ने लघुकथाका लागि माघ महिना सिर्जनात्मक ऊर्जाको स्रोत हो ।
यसर्थ, माघ महिना केवल पर्वहरूको संगम मात्र होइन, साहित्यिक अनुभूति र लघुकथात्मक चेतनाको पुनर्जागरणको समय पनि हो । हाम्रो लघुकथा संसारका लागि माघ महिना परम्परा र सिर्जनाको सुन्दर संवाद बनेर उपस्थित भएका छौँ ।
अङ्क ३१ पढ्न र डाउनलोड गर्नका लागि फोटोमा क्लिक गर्नुहोस्


No comments:
Post a Comment