शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com
Showing posts with label स्तनपानः हरेक बच्चाको अधिकार. Show all posts
Showing posts with label स्तनपानः हरेक बच्चाको अधिकार. Show all posts

Tuesday, August 23, 2016

स्तनपानः हरेक बच्चाको अधिकार

–त्रिचन्द्र प्रतीक्षा

विश्व स्वास्थ्य संघले हरेक वर्ष अगस्त १ देखि ७ सम्म सप्ताहव्यापी स्तनपान दिवस मनाउने गरिन्छ । नेपालमा पनि केहिवर्ष अघिदेखि सरकारीस्तरमै विभिन्न कार्यक्रम सहित स्तनपान दिवस मनाउन थालिएको छ । यसवर्षको नारा रहेको छ, “स्तनपान जीवनको अपरिहार्य लक्ष्य ।” 

त्रिचन्द्र प्रतीक्षा
मानव सभ्यताको सुरुदेखि नै विभिन्न ठाउँमा विभिन्न तरिकाले स्तनपानको उल्लेख भएको पाइन्छ । प्राचीन आयुर्वेदका ग्रन्थहरुमा कुनै कारणले आमाकोे दूध नआएमा धाइआमाको स्तनपान गराउने भनी धाइआमामा हुनुपर्ने विभिन्न गुणहरुको वर्णन गरेको पाइन्छ । आमाको दूध शिशुको लागि परापूर्वकालदेखि ज्यादै महìवपूर्ण मानिंदै आएको छ । स्तनपान गराउनुलाई प्राकृतिक रूप पनि मानिन्छ । केही वर्ष यतादेखि स्तनपानको सम्बन्ध बारे नकारात्मक प्रश्नहरू पनि खडा भएको पाइन्छ । जसमा पहिलो कुरा स्तनपानबाट ‘फिगर’ बिग्रन जान्छन् । फिगर बिग्रन्छ भन्ने डरले नै कतिपय आमाहरू आफ्ना नवजात शिशुहरूलार्य दूध चुसाउनबाट बञ्चित पनि राख्ने गर्छन् अर्थात् छिट्टै छुटाउँछन् । यसको परिणाम ज्यादै खराब निस्क्यो । जुन बच्चाले स्तनपान गर्न पाएन अर्थात् कम ग¥र्यो उसले हरेक किसिमको रोगहरूबाट ग्रसित हुनुप¥यो र धेरैपल्ट रोग प्रतिरोधक व्यक्ति जो आमाको दूधबाट बच्चालाई मिल्छ । त्यसको कमीबाट पनि धेरै बच्चाहरू अकाल मै मर्ने गरेको पनि पाइयो । 

विश्व स्वास्थ्य संघले शिशु जन्मिएको पहिलो छ महिना मात्र ‘आमाको दूध’ खुवाएमा विभिन्न संक्रमण एवं कुपोषणबाट बचाई रोगसँग लड्नसक्ने क्षमता वृद्धि हुन्छ भन्ने कुरा सिफारिस गरेको छ । संघका अनुसार यसो गर्नसकेमा बर्सेनि विश्वका करिब १० लाख बच्चालाई मृत्युको मुखबाट जोगाउन सकिन्छ । 

नेपालमा प्रतिहजार जन्मेका जीवित शिशुमध्ये एक वर्षभित्रमा करिब ६४ जनाको मृत्यु हुन्छ जसमा स्तनपानको कमी पनि एक प्रमुख मानिन्छ । त्यसकारण पनि स्ननपान शिशुका लागि अपरिहार्य छ । स्तनपान गराउनाले पनि बालमृत्युदर कम गर्न सकिन्छ । आमा र बच्चाबीचमा स्तनपान गराउँदा एक प्रकारको संवेगात्मक एवं मनोवैज्ञानिक असर सकारात्मक रुपमा पर्दछ । बढ्दो सहरीकरण एवं मानिसको जीवनशैलीमा आएको परिवर्तन एवं भौतिक संसारसँगको बढी सामिप्यताले गर्दा तथा दूध खुवाएमा सुन्दरता ह्रास आउँछ भन्नेजस्ता मान्यताले गर्दा सहरी क्षेत्रमा स्तनपातमा केही असर पारेको समेत पाइएको छ । 

स्तनपान नगराउने प्रवृत्ति एउटा यस्तो समस्या हुनगयो, कि स्तनपानको महìवबारे आमाहरूलाई सम्झाउने बुझाउने क्रिया विश्वव्यापी चल्न थाले यसमा पहिलो कदम विश्व स्वास्थ्य संगठनले चलाए । यसले एउटा यस्तो भव्य कदम चाल्यो कि जुन जन समुदाय बीच खास गरेर आमाहरूबीच स्तनपान गराउने महìव यसरी बढ्यो कि असंख्य आमाहरूबीच रहेका स्तनपानबाट फिगर बिग्रन्छ भन्ने गलत धारणहरू पनि स्वतः रद्द हुँदैगए, यानी घट्दै गए । सायद तपाईंले पनि यो सोचीरहनु भएको होलाकी आखिर स्तनपानको यति महìव किन बढ्न गयो ? यसको निम्ति स्तनपानको महìवबारे जान्न अति जरूरी छ ।