शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, August 23, 2016

स्तनपानः हरेक बच्चाको अधिकार

–त्रिचन्द्र प्रतीक्षा

विश्व स्वास्थ्य संघले हरेक वर्ष अगस्त १ देखि ७ सम्म सप्ताहव्यापी स्तनपान दिवस मनाउने गरिन्छ । नेपालमा पनि केहिवर्ष अघिदेखि सरकारीस्तरमै विभिन्न कार्यक्रम सहित स्तनपान दिवस मनाउन थालिएको छ । यसवर्षको नारा रहेको छ, “स्तनपान जीवनको अपरिहार्य लक्ष्य ।” 

त्रिचन्द्र प्रतीक्षा
मानव सभ्यताको सुरुदेखि नै विभिन्न ठाउँमा विभिन्न तरिकाले स्तनपानको उल्लेख भएको पाइन्छ । प्राचीन आयुर्वेदका ग्रन्थहरुमा कुनै कारणले आमाकोे दूध नआएमा धाइआमाको स्तनपान गराउने भनी धाइआमामा हुनुपर्ने विभिन्न गुणहरुको वर्णन गरेको पाइन्छ । आमाको दूध शिशुको लागि परापूर्वकालदेखि ज्यादै महìवपूर्ण मानिंदै आएको छ । स्तनपान गराउनुलाई प्राकृतिक रूप पनि मानिन्छ । केही वर्ष यतादेखि स्तनपानको सम्बन्ध बारे नकारात्मक प्रश्नहरू पनि खडा भएको पाइन्छ । जसमा पहिलो कुरा स्तनपानबाट ‘फिगर’ बिग्रन जान्छन् । फिगर बिग्रन्छ भन्ने डरले नै कतिपय आमाहरू आफ्ना नवजात शिशुहरूलार्य दूध चुसाउनबाट बञ्चित पनि राख्ने गर्छन् अर्थात् छिट्टै छुटाउँछन् । यसको परिणाम ज्यादै खराब निस्क्यो । जुन बच्चाले स्तनपान गर्न पाएन अर्थात् कम ग¥र्यो उसले हरेक किसिमको रोगहरूबाट ग्रसित हुनुप¥यो र धेरैपल्ट रोग प्रतिरोधक व्यक्ति जो आमाको दूधबाट बच्चालाई मिल्छ । त्यसको कमीबाट पनि धेरै बच्चाहरू अकाल मै मर्ने गरेको पनि पाइयो । 

विश्व स्वास्थ्य संघले शिशु जन्मिएको पहिलो छ महिना मात्र ‘आमाको दूध’ खुवाएमा विभिन्न संक्रमण एवं कुपोषणबाट बचाई रोगसँग लड्नसक्ने क्षमता वृद्धि हुन्छ भन्ने कुरा सिफारिस गरेको छ । संघका अनुसार यसो गर्नसकेमा बर्सेनि विश्वका करिब १० लाख बच्चालाई मृत्युको मुखबाट जोगाउन सकिन्छ । 

नेपालमा प्रतिहजार जन्मेका जीवित शिशुमध्ये एक वर्षभित्रमा करिब ६४ जनाको मृत्यु हुन्छ जसमा स्तनपानको कमी पनि एक प्रमुख मानिन्छ । त्यसकारण पनि स्ननपान शिशुका लागि अपरिहार्य छ । स्तनपान गराउनाले पनि बालमृत्युदर कम गर्न सकिन्छ । आमा र बच्चाबीचमा स्तनपान गराउँदा एक प्रकारको संवेगात्मक एवं मनोवैज्ञानिक असर सकारात्मक रुपमा पर्दछ । बढ्दो सहरीकरण एवं मानिसको जीवनशैलीमा आएको परिवर्तन एवं भौतिक संसारसँगको बढी सामिप्यताले गर्दा तथा दूध खुवाएमा सुन्दरता ह्रास आउँछ भन्नेजस्ता मान्यताले गर्दा सहरी क्षेत्रमा स्तनपातमा केही असर पारेको समेत पाइएको छ । 

स्तनपान नगराउने प्रवृत्ति एउटा यस्तो समस्या हुनगयो, कि स्तनपानको महìवबारे आमाहरूलाई सम्झाउने बुझाउने क्रिया विश्वव्यापी चल्न थाले यसमा पहिलो कदम विश्व स्वास्थ्य संगठनले चलाए । यसले एउटा यस्तो भव्य कदम चाल्यो कि जुन जन समुदाय बीच खास गरेर आमाहरूबीच स्तनपान गराउने महìव यसरी बढ्यो कि असंख्य आमाहरूबीच रहेका स्तनपानबाट फिगर बिग्रन्छ भन्ने गलत धारणहरू पनि स्वतः रद्द हुँदैगए, यानी घट्दै गए । सायद तपाईंले पनि यो सोचीरहनु भएको होलाकी आखिर स्तनपानको यति महìव किन बढ्न गयो ? यसको निम्ति स्तनपानको महìवबारे जान्न अति जरूरी छ ।


स्तनपानको महत्व
एउटा व्यक्तिको लागि खाना जति आवश्यकता पर्छ उति नै दूध बच्चाको लागि आवश्यकता पर्छ । आमाको दूधमा उसको जन्मसिद्ध अधिकार हुन्छ । यसमा कोही पनि आमाहरू बच्चालाई उसको आफ्नो अधिकारबाट बञ्चित राख्न पाउँदैन, यदि बञ्चित राख्छ भने यो गलत हुनजान्छ । अर्थात् त्यसको असर बच्चालाई पर्नजान्छ र बच्चा रोगी, कमजोर, दुब्लो, पातलो हुनजान्छ फलतः पछि गएर बच्चा मर्न समेत सक्छ । तसर्थ आमाको दूध बच्चाको जीवन हो । 

स्तनपानको फाइदा
आमा–बाबुको लागि शिशुको जन्म त एउटा रोमाञ्चक कुरा हो । सृष्टिले मानवलाई अजीबको संरचना गरेको छ की स्त्रीहरूमा मातृत्वको भावना स्वत नै उत्पत्ति हन्छ अर्थात् जागृत हुन्छ । र स्तनमा दूध आउन थाल्छ । आमा जब स्नेहले बच्चालाई दूध चुसाउन थाल्छे, तब बच्चा पनि भोकको कारण र आमाको सुखद् स्पर्शको कारण दूध चुस्ने प्रयास गर्दछ । वस्तुत् आमाको वात्सल्य भाव एवं स्पर्शले स्तनबाट दूध चुहिन थाल्छ । स्तनपान शिशुको लागि अति जरूरी मात्र नभई फाइदाजनक पनि हुन्छ । स्तनपानबाट आमा एवं बच्चाको बीच परस्पर माया बढ्दै जान्छ । 

उदाहरणको निम्तिः–
१. आमाको स्पर्शबाट नै बच्चालाई सुरक्षाको भावना जागृत हुन्छ । 
२. आमाको दूध चुसेबाट बच्चामा रोग प्रतिकारक शक्ति उत्पन्न हुन्छ । 
३. बच्चाको सर्वाङ्गीण विकासको लागि स्तनपान अति नै आवश्यक हुन्छ ।

स्तनपानको अवधि
बच्चालाई कतिपल्छ दूध चुसाउनु पर्छ, यसको केही निश्चित नियम छैन । प्रत्येक बच्चाको भोक भिन्दाभिन्दै हुन्छ । शुरू शुरूमा बच्चालाई दुई घण्टाको फरकमा स्तनपान गराउनुपर्छ भने पछि बच्चाको भोक र माग अनुसार आमाले दूध खुवाउनु पर्दछ ।  

स्तनपान गराउने खास तरिका
१. सुतेर बच्चालाई दूध कहिल्यै चुसाउनु हुँदैन, बसेर मात्र चुसाउनु पर्छ । 
२. एउटा हातले स्तनलाई समातेर मुन्टो मात्र बच्चाको मुखमा राखिदिनुपर्छ । अन्यथा स्तनको दवावले बच्चाको मुख एवं नाक थुनेर बच्चाको सास रोक्नसक्छ ।
३. हरेकपल्ट दुबै स्तनबाट अलि अलि दूध चुसाउने गर्नुपर्छ । 
४. बच्चालाई दूध चुसाउनु अगाडि आमाले आफ्नो हात एवं स्तन सफा गर्नुपर्छ । 
५. स्तनपान गराउने समय आमा शोकाकुल, भोकाएको तथा थाकेको हुनुहुँदैन ।
६. गर्भावस्थामा स्तनपान गराउनु हुँदैन । 
७. स्तनपानको समय आमाले पौष्टिक आहार खाई रहनुपर्दछ । 
८. बच्चाको शारीरिक एवं मानसिक बृद्धि आमाको दूधमा नै निर्भर हुन्छ । र, दूधले बच्चालाई बल एवं स्फूर्ति दिइरहन्छ । यस कुरालाई कहिल्यै बिर्सनु हुँदैन । 
अन्त्यमा ध्यानमा राख्नु पर्ने कुरा के हो भने आमाले खाएको पदार्थबाट नै राम्रा पोषक तत्वयुक्त दूधको उत्पत्ति हुन्छ । तसर्थ सन्तुलित आहार लिन अति आवश्यक मानिन्छ ।

राजधानी दैनिकको साउन १९, २०७३ मा प्रकाशित

No comments:

Post a Comment