शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, October 6, 2024

कविता संसार मासिक अङ्क १४ (सम्पादकीय)

समयको त्यो त्रासदी

जब कसैको बाटो छेक्न खोज्छ, त्यो कुनै दिन हुरी भएर आउँछ । यसरी देखिएको दैवी प्रकोपले केही बाँकी राखेन । अहिले सोको परिणाम भोग्न बाध्य भएका छौं । हुन त बर्सेनि यस्ता घटनाहरु दोहोरिने क्रम बढ्दै गइरहेको छ । तैपनि यसप्रति सचेत हुन किन कञ्जुस्याइँ गर्छौं । यसबारे कहिले सिक्ने र बुझ्ने होला ? हरेक वर्ष यस्ता घटनाहरुले पिरोलिंदै छौं ।

     मन यिनै र यस्ता घटनाहरुले चङ्गाजस्तै कावा खाँदै छ । त्यो दिनको सन्त्रासले आँखा ओभानो बन्न पुगेको छ । तिनै तस्बिरले कहिलेसम्म पछ्याइरहने हो । यसरी २-३ दिनमा नै विखण्डित होला भनेर कसैले सोचेको थिएन । नसोचेको र कल्पना नगरेको घटनाले अमिट छाप छोडेको छ ।

    यही असोज १०, ११ र १२ गतेको बाढी, पहिरो र डुबान कुनै चलचित्रको भयावह दृश्यजस्तै आँखामा कैद भएको छ । यसै बीच सडक अवरुद्ध हुँदा बडादसैँको गन्तव्य रोकिन पुगेको छ । यो मर्माहतले कसैलाई बाँकी राखेन । बडादसैँको मुखैमा भएको घटनाले अर्को पीडा थपेर गयो । दसैँको बेला यो घटना वास्तवमा निर्दयी रह्यो ।

    अन्त्यमा, समय नै बलियो औषधि हो । यसले सबैको घाउलाई पुर्ने छ । यसबाट शिक्षा लिएर भविष्यको गोरेटो कोर्न लागि पर्नुपर्छ । सधैं यसैमा अल्झेर बस्नु हुँदैन । हाम्रो यात्रा लामै छ । अतः कविता संसार समस्त पाठकवर्ग, शुभचिन्तक र हितैषीहरुमा बडादसैँको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं । इति ।


अङ्क १४ पढ्न र डाउनलोड गर्नका लागि

No comments:

Post a Comment