शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, February 4, 2017

काठमाडौंमा भित्रियो ‘मोटरसाइकल ट्याक्सी’ यस्तो छ सेवा सुविधा


काठमाडौं,माघ २२ – काठमाडौंको मोटरसाइकल ट्याक्सी सेवा भित्रिएको छ । एक ठाउँदेखि अर्को ठाउँमा यात्रा गर्दा अब तपाईलाई मोटरसाइकलले नै ‘ट्याक्सी सेवा’ दिने भएको छ। आफू कुनै ठाउँमा जानुपरेको छ भने मोटरसाइकल बोलाउने र गन्तव्यमा पुगेपछि मोटरसाइकल चालकलाई भाडा दिने ।
यस्तो सुविधा सुरु भएको छ । यसका लागि तपाईले टुटल एपको प्रयोग गर्नुपर्दछ। यो एपको माध्यमबाट आफू भएको ठाउँमा मोटरसाइकललाई बोलाउन सकिन्छ। यो सेवा बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म रहने टुटल एप कम्पनीले जनाएको छ।
आफू रहेको ठाउँ र पुग्न चाहेको गन्तव्य तथा समय लेखेर एपमार्फत प्रस्ताव गरेपछि एपमा आवद्ध नजिकैको दुरीमा भएका मोटरसाइकल चालकलाई प्रस्ताव जान्छ र ति चालकले सेवा दिन सक्नेछन्।
यो एपमा मोटरसाइकल चालक पनि सहभागी हुन सक्ने टुटल एप कम्पनीले जनाएको छ। सेवा दिनका लागि ५ सय मोटरसाइकलको सहभागिता भइरकेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार दैनिक ४० भन्दा बढी संख्याले यो सेवा लिइरहेका छन्। यो सेवा लिइसकेपछि सेवाग्राहीले न्यूनतम अर्थात ३ किलोमिटरसम्मको दुरीमा यात्रा गर्दा ५० रुपैयाँ शुल्क बुझाउनुपर्दछ।
त्यसपछि प्रतिकिलोमिटर १२ रुपैयाँका दरले थप शुल्क लाग्ने बताइएको छ। यो शुल्कबाट २० प्रतिशत कम्पनीलाई र बाँकी रकम मोटरसाइकल चालकले पाउने छन्। यसबाट यात्रुहरुलाई केही हदसम्म सहजता मिल्ने कम्पनीले विश्वास लिएको छ। विदेशमा अभ्यासमा रहेको यो चलन नेपालमा भने नयाँ छ । यसको परिक्षण सेवा एक महिनाअघि सुरु गरिएपनि टुटल एपमा अहिलेसम्म पाँच सयभन्दा बढि मोटरसाइकल दर्ता भइसकेका छन्  ।

No comments:

Post a Comment