नेपाली लघुकथाले विस्तारै आफ्नो गति समातेको छ । जसले हरेक धारलाई चिर्दै अगाडि बढ्न खोजेको प्रतीत हुन्छ । यिनै समय र परिस्थितिको आवाज यसमा बुलन्द भएर आएका छन् । यो अझ शक्तिशाली बन्दैछ । समय नै हरेक समस्याको ओखती हो । निश्चय पनि समयको सुईले हरेकलाई बाह्र बजाइदिन्छ । समयलाई पराजित गर्न नसकिने बुझ्दाबुझ्दै आफैलाई सर्वेसर्वा ठान्छन् । समय सन्देश चेतनाको छाल हो, जुन कुल्चिन खोज्नेहरुलाई एकै लहरमा हुत्याएका छन् । यसले ल्याउने उथलपुथलले आज सबैको दिमागलाई सोच्न वाध्य बनाएका छन् । समय निकै पहलवान छ, यसको कुनै आफ्नो भन्ने हुन्न । अतः समयको अघि सबैजना निर्हत् देखिन्छ ।
यस विधामा समेत आजभोलि विद्यावारिधि गर्ने क्रम सुरु भइसकेको छ । यो सबैका लागि खुसीको कुरा हो । गरे के हुन्न भन्ने उदाहरण देखिन थालेको छ । यसबाट प्रेरणा लिएर अघि बढ्न खोज्नेहरुलाई गतिलो साथ र सहयोग पाउने स्थिति देखियो । नेपाली लघुकथामा विद्यावारिधि गर्ने क्रममा पुष्कारराज भट्टले ‘नेपाली लघुकथामा युगचेतना’ (त्रिविवि, २०७३) र हरिप्रसाद भण्डारीले ‘नेपाली लघुकथामा व्यङ्ग्य चेतना’ (नेसंवि, २०८०) शीर्षकमा गरेका थिए । यसको अध्ययन र अनुसन्धान अझै मौलाउँदै गइरहेको पुष्टि हुन्छ । यसले आज लघुकथाकारहरुलाई दिने उत्साहमा नयाँ आयाम थपिदिएका छन् ।
आजभोलि नयाँ–नयाँ लघुकथाकारहरुको जन्म हुँदै गएका देखिन्छन् । यस विधामा नयाँ आयाम थप्ने क्रम जारी छ । लघुकथा संसारलाई माया गर्ने आज थुप्रै छन् । यो सदैव कायम रहने विश्वास रहोस् ।
पत्रिका पढ्न र डाउनलोड गर्नका लागि
No comments:
Post a Comment