शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, July 31, 2020

विश्वकै लामो झाेलुङ्गे पुल नेपालमा

सर्वसाधारणलाई खुला

-राजेशचन्द्र राजभण्डारी 

विश्वव्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड - १९ लाई लक्षित गरी सरकारले लकडाउन खुकुलो बनाएसँगै विश्वकै लामो झाेलुङ्गे पुल सर्वसाधारणको लागि खुला गरिएको छ ।

बाग्लुङ र पर्वत जिल्ला जोड्ने नेपाल कै पवित्र कालीगण्डकी नदीमाथि बनेको विश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल अनौपचारिक रूपमा बाग्लुङ नगरपालिकाले सञ्चालनमा ल्याएपछि पुल हेर्ने र तर्नेकाे भिड लागेको छ ।



५६७ मिटर लामो १३८ मिटर अग्लो बाग्लुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचाैरदेखि कुश्मा नगरपालिका वडा नम्बर - १ अदुवावारि जाेड्ने कालीगण्डकी नदी माथि निर्माण गरिएको विश्वकै लामाे सिंगल स्पानकाे झाेलुङ्गे पुल निर्माण सम्पन्न भएको ४ महिनापछि खुला गरेको हाे । योभन्दा पहिले गिनिज बुकमा दर्जभएको स्वीट्जरल्याण्डको  Charles Kuonen ४९४ मिटर लामो झोलुङ्गे पुलभन्दा नेपालको यो पुल ७३ मिटर लामो रहेको छ ।
गिनिज बुकमा वर्ल्ड रेकर्डमा दर्ज भएको झोलुङ्गे पुल पनि हेर्नुहोस् भिडियो

काेराेना भाइरस काेभिड - १९ काे संक्रमण समुदायस्तरमा फैलिंदै गएको भन्दै गृह मन्त्रालयले जिल्ला जिल्लामा कडिकडाउ गर्न निर्देशन दिइरहेको बेला झाेलुङ्गेपुल सर्वसाधारणलाई खुला गरेर नगरपालिकाले काेराेना संक्रमण बढाउने काम गरेको भनेर सर्वत्र विराेध भएको छ ।

नेपालमा परिक्षण कै रूपमा रहेको झाेलुङ्गेपुल शुरू कै दिनमा सयौं सर्वसाधारण आवत जावत गरेपछि पुल बेसरी हल्लिन पुगेको भन्दै सर्वसाधारण पुल तर्न डर मानेकाे देखेपछि प्रहरी प्रशासनले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



२०७७ साल चैत मसान्तसम्म निर्माणकार्य सम्पन्न गर्ने ठेकेदार कम्पनीसँग सम्झौता भएपनि ठेकेदार कम्पनीले लकडाउनका बिच एक वर्ष अगाडि न‌‌ै काम सम्पन्न गरेपनि पुल हस्तान्तर भने भएको छैन ।बाग्लुङ नगरपालिकाले काेराेना भाइरस काेभिड - १९ काे संक्रमण भएको भन्दै पुल हस्तान्तरण र उद्घाटनकाे काम भने केही महिनाको लागि राेकेकाे छ ।

एकातिर सरकारले १५ जना व्यक्तिभन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध लगाएपछि सिनेमा हल,
पार्टी प्यालेस, धार्मिक संघसंस्था, मन्दिर सबै बन्द भएको बेला स्थानीय सरकारले ठेकेदार कम्पनीबाट हस्तान्तरण नभएको पुल हतार-हतार नगर कार्यपालिकाकाे निर्णय बिना सर्वसाधारणलाई खुला गर्नु अपरिपक्व काम भनी बाग्लुङ नगरपालिकाका जनप्रतिनिधिले आलाेचना गरेका छन् ।


No comments:

Post a Comment