शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, November 12, 2023

दाह्री–जुँगाको सान

-त्रिचन्द्र प्रतीक्षा
 हास्यकलाकार चार्ली च्याप्लिन र तानाशाह हिटलर आफ्नो टुथब्रस स्टाइलजुँगाबाट चर्चित थिए। यस्तै विश्व कम्युनिस्ट आन्दोलनका नेता भ्लादिमिर लेनिनको झुसे दाह्री अनि सर्वहारा वर्गका गुरु कार्ल माक्र्सको बाक्लो झाँगिएको दाह्रीजुँगाको पनि  चर्चा हुने गर्छ


नेपालमा लङ सेपजुँगा बढी चलनमा छ। जुन हाम्रै पुर्खाको शैली भएको जुँगा पाल्नेहरू बताउँछन्। पहिलेका राजा महाराजाका तस्बिरमा पनि छेउमा बटारिएका लामा जुँगा देख्न सकिन्छ


दाह्रीजुँगा भनेको अनुहारमा उम्रने रौँ हो। यो केराटिन र अन्य प्रोटिनले बनेको हुन्छ केराटिन मानिस पुरुष र जनावरको शरीरमा उत्पादन हुने रेशेदार सल्फरयुक्त प्रोटिन हो। अनि रौँ, नङ, प्वाँख, खुर र सिङको आधारभूत तत्व पनि यसलाई मानिन्छ  मानिसको शरीरमा हुने विभिन्न प्रकारका रौँमध्ये दाह्रीजुँगाका रौँ सबैभन्दा कडा र बलियो हुन्छन्। मानिसको अनुहारमा सालाखाला २५ हजार जति रौँ हुन्छन् र हरेक २४ घण्टामा आधा मिलिमिटरको दरले रौँ बढ्ने गर्छन्।  

त्रिचन्द्र प्रतीक्षा


एक जनालाई दाह्री खौरन प्रतिदिन पाँच मिनेट लाग्छ भने तिनले ५० वर्षसम्म यो क्रम जारी राखेमा आफ्नो अनुहारबाट रौँ खुर्कन लगभग ६३ दिन बिताएको हुने छ। हालै गरिएको एउटा अनौपचारिक अनुसन्धानबाट दाह्री काट्ने सन्दर्भमा यस्ता टीकाटिप्पणी पाइयोः मलाई मनै पर्दैन”, “मलाई पटक्कै मन पर्दैन”, “जीवनमा थुप्रै खतरामध्ये यो पनि एउटा हो”, “मिल्ने भए सकेसम्म पन्छाउने कामहरूमध्ये यो पनि एउटा होतर मानिसलाई जतिसुकै झन्झट र मन नपर्ने भए पनि दाह्री खौरन छुटाउँदैनन्


पुरातन मिश्रका मानिसले सानो बञ्चरोजस्तो तामाको छुरा चलाउँथे दाह्री खौरन। इस्वी संवत्को १८ औँ र १९ औँ शताब्दीमा इङ्ग्ल्यान्डको सेफिल्ड भन्ने ठाउँमा दाह्री खौरने छुरा बनाउन थालिएको थियो। निकै सिँगारिएका ती छुराको बीचमा खोपिल्टा परेको ब्लेड हुन्थ्यो र प्रयोगमा नभएको बेला तिनलाई बिँडमा दोबारेर राख्न मिल्थ्यो

सन् १९०१ को कुरा हो अमेरिकामा किङ सी जिलेट नामका व्यक्तिले एक पटक प्रयोग गरेर फ्याक्ने सुरक्षित ब्लेड बनाउन थाले। यो कुरा सारा संसारमा फैलियो, धेरैले मन पराएपछि विभिन्न डिजाइनका ब्लेड बनाउन थालियो। जस्तै चाँदी वा सुनको जलप लगाइएका ब्लेड 


सन् १९३१ मा बजारमा पहिलोपल्ट दाह्री खौरने विद्युतीय ब्लेड देखा प¥यो। यस्ता उपकरणको लोकप्रियता र प्रभावकारिता अझै पनि छ ।

पुरातन मिश्रको दैनिक जीवन पुस्तकमा बताइए अनुसार प्राचीन मिश्रवासी राम्ररी बनाइएका छुराले दाह्रीजुँगा सफाचट  गरेर बस्ने मानिस भनेर चिनिन्थे। तिनीहरूले छुरा छालाको खोलमा भिर्थे

प्राचीन समयका इजरायली पुरुषले ठिक्कको दाह्री पाल्थे अनि त्यसलाई राम्ररी छाँट्न छुराको प्रयोग गर्थे। पुरातन युनानी समाजमा कुलीन घरानाबाहेक सबैले दाह्री पाल्थे। रोममा दाह्री खौरने चलन इसापूर्व दोस्रो शताब्दीतिर सुरु भएको पाइन्छ र त्यसको निकैपछिसम्म दिनदिनै दाह्री खौरने चलन कायमै रह्यो


रोमी साम्राज्यको पतनपछि फेरि दाह्री पाल्ने चलन सुरु भएको थियो र हजार वर्षसम्म अर्थात् १७ औँ शताब्दीको मध्यसम्म त्यस्तै भयो। तर त्यसपछि फेरि दाह्री खौरेर सफाचट गर्ने चलन आयो। यसरी दाह्री सफाचट पार्ने चलन १८ औँ शताब्दीसम्म रह्यो तर १९ औँ शताब्दीको सुरुदेखि मध्यसम्म दाह्री पाल्ने चलन फेरि प्रचलनमा आएको थियो


दाह्रीजुँगा पाल्ने सोखिनहरूका लागि हरेक दुई दुई वर्षमा विश्व दाह्रीजुँगा प्रतियोगिता आयोजना गरिन्छ। २०१९ मा बेल्जियमको एन्टवर्पको स्नोरेन क्लबद्वारा यो प्रतियोगिता आयोजना गरियो भने कोभिड१९ का कारण सन् २०२१ को प्रतियोगिता २०२३ सम्म स्थगित गरियो। इङ्ग्ल्यान्डको ब्रिस्टलमा सन् २०२३ आयोजना गरिने पूर्वनिर्धारित प्रतियोगिता सन् २०२५ मा मात्र आयोजना गरिने भएको छ। आगामी प्रतियोगिता जर्मनीको बर्गहाउसेनको सिटी हलमा आयोजना गरिने छ  

युवामञ्च मासिकमा प्रकाशित


No comments:

Post a Comment