शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, November 3, 2023

कविता संसार मासिक अङ्क ४ (सम्पादकीय)

 शारदीय बडादसैँ र तिहारको शुभकामना

हाम्रो घर–आँगनमा बडादसेैँको आगमन भइसकेको छ । यतिखेर मौसमपनि खुल्ने भएकोले मन आनन्दित एवं प्रफुल्लित हुन्छ । हाम्रो सांगीतिक पहिचान बनाइएको मालश्री धुनले जिन्दगीलाई सङ्गीतमय बनाइदिन्छ । पहेँलो जमरा र रातो टीकाले रङ्गको महत्व झल्काउँछ । बडादसैँको बेला मान्यजनको आशिस् निकै अर्थपूर्ण हुन्छ।

यिनै सभ्यता र संस्कारमा चाडबाडको हार्दिकता प्रस्ट देख्न सकिन्छ । चङ्गा र लट्टाईमा जीवनदर्शनको छनक पाइन्छ । तिहारमा जीवजन्तुको गुणलाई सम्झन्छौ । सयपत्री र मखमली फूलको सौन्दर्य चारैतिर सुगन्धमय हुन्छ। यसले जीवनबोधको सन्देश प्रवाह गर्छन् । दिदीभाइको जुन सम्बन्ध छ, त्यो यहाँ ओखरजस्तै गाढा भएर आउँछ। देउसी र भैलोले एकतामा कसेर राखेको अनुभूति हुन्छ । यी र यस्ता चाडबाडले सदैव उज्यालोको उपासना गरिरहेको देख्न सकिन्छ ।

कविता संसारमा प्रायःदसैँ र तिहारको विम्ब प्रशस्त आएका छन् । यसका सम्झनाले हामीलाई बाल्यकालतिर तानेर लान्छन् । ती अतीतका कुराहरु जुन छन्, जसले अर्कै संसारमा पु-याउँछ । जुन हतिपति बिर्सन सक्दैनौं । त्यो आफैमा इतिहासको झझल्को भएर बेला–बेलामा प्रकट हुन खोज्दछ । त्यसले सम्झनाको ढोका खोल्न घचघच्याइरहेको हुन्छ ।

विगतमा आएर पछि अप्राप्य भएका कतिपय कविता सँगालो आजभोलि पुनः प्रकाशनमा आएका छन् । यो निकै सकारात्मक पक्ष मान्नुपर्छ । हुन त कविताको स्तर र पाठकको कमी नभएको यो दरिलो प्रमाणपनि हो । यसको हरेक सङ्केतले हामीलाई सचेत तुल्याइरहेको छ । हामीलाई निरन्तर माया र सुझाव दिने सबैप्रति कृतज्ञ  छु । अतः बडादसैँ र तिहारको उपलक्ष्यमा समस्त सर्जकलगायत पाठकवर्गहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

अङ्क ४ पढ्न र डाउनलोड गर्नका लागि

No comments:

Post a Comment