शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, November 16, 2023

पृथक प्रकृतिको कविता

 

काठमाडौँ

-पृथक प्रकृति

फेरि दोहोर मान्छेका हुल
अनि गाडीहरु यसर्थ
कोलाहल वातावरण
ओ ! काठमाडौँ
तिमी कति सहनशील छौ
दिनहुँ तिमीलाई कुल्चिएर
आ-आफ्नो काममा कुद्ने मान्छेहरू
नजरअन्दाज गर्छन् तिम्रो कोमल हृदय 

अनि ;  
तिम्रो खुल्ला आँचल
देखाउँदैनौ तिमीले आफ्नो पीडा
चाडबाडमा आउनुपर्छ
कुनै महामारी आउनुपर्छ

अनिमात्र
शान्त हुन्छ सडकदेखि मन्दिर, चोक
बजार, गल्ली, कुनैपनि कार्यालय
अस्पताल, संघ-संस्था, स्कूल, कलेजहरू
अलिकति भएपनि खुलेर सास फेर्न पाउँछौ

हाम्रो राजधानी काठमाडौँ
विभिन्न उद्देश्य बोकेर जाने हामी
धन्न बोझ ठान्छ/धान्छ
हेर्नमात्र होइन तिमीलाई भेट्न
चाहन्छ धेरैले
तिम्रै भरमा बाँच्न पनि
हजारौं लाखौं अटाएको छ
आश्रय दिएको छ
चौतारी भएका छौ
र त नी प्रिय छौ
सबैको साझा घर पनि
जिउने आधार पनि ।

-झापा

No comments:

Post a Comment