शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, November 17, 2023

हिमाेढ पहाडीको कविता


मुख थुन्नु

-हिमाेढ पहाडी

याे लाेकतन्त्रमा
मुख थुन्नुकाे अर्थ नबाेल भन्नू हाे
यसकाे अर्थ
नागरिकको आवाजले
सिंहदरबारकाे सत्ता डगमगाउनु हाे ।
कायर राज्य
प्रहरी प्रशासनकाे आडमा
नागरिकको मुख थुन्नुले
सिंहदरबारमा शासकले खडा गरेकाे विरासतमा
कम्पन आउनु हाे
किनकि नागरिककाे आवाजले
हल्लिने कमजोर धरातलकाे
त्याे सिंहदरबार
लाेकतन्त्रकाे आफ्नो आदर्शबाट च्युत हुनु हाे।
हाे यतिबेला
राजनीतिक चेतकाे
आदर्श छाँटने केही ठेकेदारहरुले
सिंहदरबारकाे भजन गाउँदै
आफ्ना स्वार्थको व्यापार गर्न सक्छन् ।
याे लाेकतन्त्र ;
सहिदहरुकाे आदर्श र वलिदानकाे उपज हाे
तर यतिबेला
चाकरीवाज र भजन मण्डलीकाे
चक्रव्यूहमा माैलिक हक घाइते बनेकाे क्षण
हाम्रा व्यक्तिगत स्वार्थले
विचारकाे बारुद बाेक्ने हाम्राे कलममा
खिया लाग्याे भने
देशले अर्काे तानाशाह जन्माउन सक्छ ।
ए पटमुर्खहरु हाे !
राजनीतिक दल र नेताहरुभन्दा
देश र यसको स्वाभिमान सधैं माथि हुन्छ
त्यसैले बन्द गर भजनकाे व्यापार गर्न
किनकि मुख थुन्नु भनेकाे
वाक स्वतन्त्रताको चीर हरण गर्नु हाे ।
पाेर्चुगल

No comments:

Post a Comment