शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, August 30, 2013

बसन्तले उडाए आफैले बनाएको हेलिकप्टर


रमेश गिरी
भक्तपुर, भदौ १४ भक्तपुरमा एक युवकले आठ महिना लगाएर हेलिकप्टर बनाएका छन् ।
रामेछापको मेगर्पा पिङ्खुरी गाविस ८ का २७ वर्षका बसन्त श्रेष्ठले बनाएको साढे २ मिटर लामो ४ फिट  फराकिलो र २ सय किलो वजन भएको हेलिकप्टर शुक्रबार परीक्षण उडान गरिएको छ ।आठ महिनादेखि ताथली ८ इथाचामा बस्दै आएका श्रेष्ठले हेलिकोप्टर बनाएर ताथलीको अग्लो ठाउँबाट परीक्षण गर्नुभएको हो । मोटरसाइकलमा प्रयोग हुने १२५ सिसीको दुईवटा इन्जिन जडान गरेर बनाइएकोएभरेष्ट कोप्टर बीएस १९८नामको हेलिकप्टरमा २ जनासम्म बस्न मिल्छ । यसमा १० लिटर पेट्रोल अटाउने ट्याङ्की पनि छ ।
सयौ स्थानीय वासिन्दा र पत्रकारहरुका अगाडि हेलिकप्टरलाई करिब १ फिट माथि उडाइएको थियो । हेलिकोप्टर बनाउनका लागि करिब पाँच लाख ५० हजार रुपैयाँ खर्च लागेको बसन्तले बताउनुभयो । पहिलादेखि नै म हेलिकप्टर र हवाइजहाज देखेर दंग पर्थे, त्यसैले पाइलट पढेर जहाज उडाउने मन थियो, आर्थिक अभावले पाइलट पढ्न पाइन, तर आज हेलिकप्टर बनाएर उडाउन सफल भएउहाँले भन्नुभयो ।
अहिलेसम्म हेलिकप्टर र हवाइजहाज चढ्नसम्म नपाएका बसन्तले अध्ययन कै भरमा यो सफलता पाएको दाबी गर्नुहुन्छ । यो मोटरसाइकलको इन्जिन जडान गरिएको सामान्य हेलिकोप्टर हो, अबको डेढवर्षमा टर्वाइन इन्जिन जडान गरेर ठूलो हेलिकप्टर बनाउँछुउहाँले भन्नुभयो ।
२०६० सालमा एसएलसी पास गरेपछि उहाँले काठमाडौको गुरुकुल ओपन स्कुलबाट आइएस्सीको अध्ययन सिध्याउनुभयो । पाइटल भएर हवाई जहाज उडाउन चाहन्थे, त्यसैले सिवानी एयरमा सबै परीक्षामा नाम पनि निकालेँ तर परिवारको आर्थिक क्षमताले नभ्याउने भएपछि किताबी ज्ञानका भरमा हेलिकप्टर बनाउन जुटेँ, आज सफल भएँबसन्तले भन्नुभयो ।
सुरुमा उहाँले हेलिकप्टर बनाउन लागेकोबारे कसैलाई पनि जानकारी दिनुभएको थिएन । पैसा थिएन, साथीहरुसंग ब्यापार गर्नुपर्यो भनेर ऋण लिएर एकान्त ठाउँमा कोठा भाडामा लिएर हेलिकप्टर बनाउन थाले, साथीहरुले एकहप्ता अघि मात्रै थाहा पाए, आमाबुबालाई त हिजो मात्र फोन गरेर भनेको हुँश्रेष्ठले भन्नुभयो ।
सामान्य किसान परिवारमा जन्मेका श्रेष्ठको सफलताबाट परिवार र आफन्त मात्र दंग र खुसी छैनन्, इथाचाका स्थानीयहरु पनि छक्क परेका छन् । बाबुआमाले फोनबाटै राम्रो गरेस भनेर आर्शिवाद दिएको बताउदै बसन्तले सरकारी तथा गैर सरकारी निकायबाट सामान मात्रै उपलब्ध गराए नेपाल मै ठूला हेलिकप्टर र हवाइजहाज बनाइदिने दाबी गर्नुभयो ।
के गर्न लागेको भन्दा सामान्य कुरा हो भन्थ्यो, आखिरीमा हेलिकोप्टर पो बनाएको रहेछस्थानीय होम श्रेष्ठ भन्नुभयो । हेलिकप्टरको परीक्षण उडान हेर्नका लागि ताथलीका मात्र नभई बिभिन्न स्थानबाट मानिसहरु आएका थिए । यो हेलिकोप्टर एक्जाइल प्रविधिबाट सञ्चालन हुने भएकाले यस्तो प्रबिधि नेपाल मै पहिलो भएको बसन्तको दावी छ ।
--ujyaaloonline.com

No comments:

Post a Comment