प्रविधिको तीव्र विकाससँगै साहित्यको सिर्जना, प्रकाशन र पाठकसम्म पुग्ने माध्यम पनि बदलिएको छ । विशेषतः अनलाइन साहित्यिक पत्रिकाले लघुकथालाई देश–विदेशका पाठकसम्म सहजरूपमा पुर्याउने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । कम शब्दमा गहिरो भाव, तीक्ष्ण विचार र जीवनका विविध पक्षलाई प्रस्तुत गर्ने भएकाले लघुकथा डिजिटल माध्यमका लागि अझ उपयुक्त विधा बनेको छ ।
अनलाइन पत्रिकाले नयाँ तथा स्थापित लघुकथाकारका सिर्जनालाई एउटै मञ्चमा ल्याउने, विविध विषयका लघुकथा प्रकाशित गर्ने र लघुकथाबारे अध्ययन, समीक्षा तथा विमर्शलाई अघि बढाउने अवसर प्रदान गर्छन् । यसले सर्जकलाई प्रोत्साहन गर्नुका साथै पाठकमा लघुकथाप्रतिको रुचि बढाउन पनि सहयोग पुर्याउँछ ।
यही उद्देश्यसहित 'लघुकथा संसार'ले लघुकथाको विकास, विस्तार र प्रवद्र्धनमा आफ्नो निरन्तर यात्रालाई अघि बढाइरहेको छ । मौलिक, स्तरीय र विविध विषयका लघुकथालाई प्राथमिकता दिँदै सर्जक र पाठकबीचको साहित्यिक सम्बन्धलाई अझ सुदृढ बनाउने हाम्रो प्रयास जारी छ ।
यसैबीच, हालै नेपालमा आएको विनाशकारी बाढीका कारण भएको ठूलो जनधनको क्षतिले हामी सबैलाई अत्यन्त दुःखी बनाएको छ । यस विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । बेपत्ता हुनुभएकाहरूको सकुशल खोजी तथा प्रभावित सबैको शीघ्र पुनर्स्थापनाको कामना गर्दछौँ ।
अङ्क ३८ पढ्न र डाउनलोड गर्नका लागि फोटोमा क्लिक गर्नुहोस् ।



No comments:
Post a Comment