विगतमा केही सीमित साहित्यकारहरूले लेख्दै आएको यो विधा अहिले सामाजिक सञ्जाल, अनलाइन पत्रिका र विभिन्न डिजिटल प्लेटफर्म माध्यममार्फत व्यापक रूपमा फैलिएको छ । यसले सिर्जनात्मक अभ्यासका ढोका खोलिदिएको छ—नयाँ र पुराना सर्जकहरूलाई एउटै मञ्चमा ल्याउने अवसर दिएको छ ।
तर सँगसँगै केही चुनौतीहरू पनि छन् । सम्पादनको अभाव, विषयवस्तुको पुनरावृत्ति र केही लघुकथामा भाषा तथा प्रस्तुतीकरणको कमजोरी रहेको देखिन्छ । छोटो लेखन सहज होइन—छोटो भए पनि सशक्त हुन जरुरी हुन्छ । त्यसैले लघुकथामा गहिराइ, नवीन दृष्टिकोण र कलात्मकता आवश्यक छ ।
लघुकथा संसार अनलाइन मासिकले यिनै पक्षलाई ध्यानमा राख्दै लघुकथा विधाको समृद्धिका लागि नयाँ र पुराना सर्जकहरूका रचना प्रस्तुत गर्ने प्रयास गर्दै आएका छौँ । गुणस्तरीय प्रकाशन, सिर्जनात्मक विविधता र सशक्त अभिव्यक्तिलाई प्राथमिकतामा राख्दै हामी यो विधालाई अझ व्यापक बनाउन कटिबद्ध छौँ ।
पाठकको मनमा लामो असर पार्न सक्ने छोटो अभिव्यक्ति हो– लघुकथा । लघुकथा संसार यही विश्वासका साथ नेपाली लघुकथाको उज्ज्वल भविष्य निर्माणमा समर्पित छ ।
अङ्क २६ पढ्न र डाउनलोड गर्नका लागि
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment