शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, August 15, 2016

छाड्न सकिन्छ धूम्रपानको लत

–त्रिचन्द्र प्रतीक्षा 

विभिन्न संघसंस्थाले निकालेको तथ्याङ्कअनुसार धूम्रपान गर्ने विश्वभरका एक अर्ब बढी नागरिकहरुमध्ये २० प्रतिशत महिला छन् भने नेपालमा सूर्तिजन्य पदार्थका सेवनबाट वर्षेनी १५ हजार बढीले अकाल मै ज्यान गुमाइरहेका छन् । जस्मा धूम्रपानकै कारण प्रति घण्टा २ जनाको, प्रत्येक दिन ४२ जनाले तथा मासिक १२ सय ५० व्यक्तिको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चारकर्मीसँगको अन्तक्रियामा सो तथ्याङ्क प्रस्तुत गरिएको थियो । धूम्रपानबाट मृत्यु हुने मध्ये ४० प्रतिशत पुरुष, २१ प्रतिशत महिला तथा १२ प्रतिशत युवा रहेको बताइएको छ । तथ्याङ्कअनुसार नेपालमा धूम्रपान प्रयोगकर्तामध्ये ५५ प्रतिशत निरक्षर रहेका छन् भने सुर्तीजन्य पदार्थको प्रयोगकर्ता सबैभन्दा बढी हिमाली क्षेत्रमा ६८ प्रतिशत रहेको देखाइएको छ ।
त्रिचन्द्र प्रतीक्षा

अहिले नेपालमा सरदर वार्षिक ६ हजार मेट्रिक टन भन्दा बढि सुर्ति तथा करिव ६ अर्ब साठी करोड खिल्ली चुरोट उत्पादन हुन्छ । विगत २ दशक यता नेपालमा सुर्तिजन्य पदार्थको उत्पादनमा १३ गुणाले वृद्धि भएको छ भने धूम्रपान र अन्य मध्यपानजन्य पदार्थको आयात पनि ह्वात्तै बढेको छ । सबैभन्दा बढि ४० प्रतिशत चुरोटको प्रयोग हुन्छ भने ३० प्रतिशत सुर्तिजन्य पदार्थ, ५ प्रतिशत तमाखुले स्थान ओगटेको छ भने बाँकी २५ प्रतिशत पान, गुट्खा, बिडी आदिले ठाउँ ओगटेको पाइन्छ ।   

विश्व स्वास्थ्य संगठनले २०११ मा प्रकाशित गरेको आँकडा अनुसार पूर्वी मध्य र दक्षिण युरोपमा पछिल्ला वर्षमा धूम्रपान गर्ने पुरुषको अनुपात पहिलाको तुलनामा घटेको छ भने महिलाको बढेर गएको छ । दक्षिण पूर्वी एसियामा पनि वयस्क युवकको धूम्रपान दर वयस्क महिलाको भन्दा दश गुण बढि छ तर धूम्रपान गर्ने महिलाको संख्या दिनहुँ बढ्दै जान थालेकाले पुरुष र महिला बीचको अनुपात साँधुरिदै छ, प्रतिवेदन यस्तै भन्दछ । नेपाललगायत विश्व स्वास्थ्य संगठनका १४० सदस्य राष्ट्र तथा विश्वका केही अन्य प्रान्तहरुमा गरिएको ग्लोबल युथ टोबाको सर्वे जिवाइटिएस–२०१२ को प्रतिवेदनमा पनि धूम्रपान गर्ने महिलाको संख्या उल्लेख्य बढेकोमा चिन्ता व्यक्त गरिएको छ । वयस्क महिला भन्दा नवयुवतीमा धूम्रपान आकर्षण अधिक बढ्दै छ । विश्वमा धूम्रपानका कारणले ज्यान गुमाउन सक्नेको संख्या २०२० बाट वार्षिक एक करोडभन्दा बढी हुने सम्भावना छ’ जिवाइटिएसको ठम्याइछ । एकअर्को संयुक्त राज्यमा गरिएको एउटा अध्ययनअनुसार धूम्रपानको रहर गर्ने चारमध्ये एक जना जवानलाई यसको लत नै लाग्छ । यो दर कोकेन र हेरोइनको चस्का लिन खोज्नेहरुको जत्तिकै छ । धूम्रपान गर्न थालेकोमा चुकचुकाउने किशोरकिशोरीहरु ७० प्रतिशत भए पनि कमैले मात्र छोड्न सक्छन् ।  

धूम्रपानले लिन्छ ज्यान । विश्वभरि कम्तीमा पनि १ अर्ब ३० करोड व्यक्तिहरुले धूम्रपान गर्छन्, भनि विश्व स्वास्थ्य संघको स्वास्थ्य बुलेटीनमा उल्लेख गरेको छ । यसको अर्थ, सालाखाला विश्वका एक तिहाई वयस्कहरू धूम्रपान गर्छन् । विश्व स्वास्थ्य संघअनुसार धूम्रपानका कारण वर्षेनी ६० लाख मानिसहरू अथवा प्रत्येक ४ सेकेन्डमा एकजना मानिस मर्छन् ।

धूम्रपान लामो अनि आनन्दित जीवन बिताउन चाहनेहरुका लागि पटक्कै होइन । निकै समयदेखि धूम्रपान गर्नेहरु अन्तमा त्यहि चुरोटका कारण मर्ने सम्भावना २ मा १ छ । विश्व स्वास्थ्य संघका महानिर्देशक यसो भन्छिन्, ‘‘चुरोटमा बडो होसियारीसाथ मृत्यु नहोऊन्जेल अम्मली गराउने गरी ठीक मात्रामा मिलाएर निकोटिन राखिएको हुन्छ ।’’ धूम्रपान २५ भन्दा बढी ज्यानमारा रोगहरुसँग सम्बन्ध छ । उदाहरणका लागि यो हृदयघात, मस्तिष्कघात, दीर्घकालीन ब्रोन्काइटिस, फोक्सो सुन्निने रोग र विभिन्न क्यान्सर र विशेषगरी फोक्सो क्यान्सरको कारक तङ्खव हो । यसका अतिरिक्त चुरोटको धुँवामा चार हजारभन्दा धेरै किसिमका रासायनिक तङ्खवहरु हुन्छन् । यीमध्ये ४३ वटाले त क्यान्सर गराउँछ भनेर पत्ता लागिसक्यो । ती हुन्, साइनाइड, बेन्जिन, मिथानोल र एसेट्येलेन (टर्चमा प्रयोग गरिने इन्धन) आदि । चुरोटमा नाइट्रोजन अक्साइड र कार्बन मोनोअक्साइडजस्ता विषालु ग्याँसहरु पनि हुन्छन् । तथापि चुरोटमा पाइने प्रमुख तङ्खव चाहिँ निकोटिन नै हो । यसले असाध्यै लत लगाउँछ । चुरोट छोड्छु भनेर कम्मर कस्नेहरुलाई समेत चुरोट छोड्न साह्रै गाह्रो हुन्छ । विशेषगरी चुरोटमा पाइने निकोटिन, असाध्यै लत लाग्ने पदार्थ भएकोले पनि त्यसो भएको हो । डब्लू एच ओ यसो भन्छ– ‘‘सबैभन्दा धेरै लत बसाउने लागू पदार्थहरुको सूची तयार पार्ने हो भने, निकोटिनले हेरोइन र कोकिनलाई उछिन्छ ।’’ 

हेरोइन र कोकिनको जस्तो निकोटिनको तुरुन्तै अनि प्रत्यक्ष असर देखिंदैन । त्यसैले पनि निकोटिनले पु¥याउने असरलाई अक्सर बेवास्ता गरिन्छ । चुरोटले दिने हल्का आनन्दको कारण प्रायःजसो मानिसहरु एकपछि अर्को चुरोट सल्काइरहन्छ । 

निकोटिनले मान्छेको मुडलाई असर गर्छ, यसले तनाव कम गर्छ । तथापि, निकोटिनको तलतलले गर्दा नै चुरोटले तनाव कम गरेजस्तो लागेको हो । धूम्रपानले स्वयं आफूलाई मात्र हैन अरूलाई पनि हानि पु¥याउँछ ।  उदाहरणका लागि, चुरोट नपिउने व्यक्तिले पिउने व्यक्तिसित विवाह गरेको छ भने फोक्सोको क्यान्सर हुने खतरा ३० प्रतिशत बढी हुन्छ । चुरोट नपिउने आमाबाबुको सन्तानको तुलनामा चुरोट पिउने आमाबाबुको सन्तानलाई जन्मेको दुई वर्षभित्र निमोनिया वा ब्रोन्काइटिस हुने सम्भावना बढी हुन्छ ।

धूम्रपान तथा सुर्तीजन्य पदार्थ नसर्ने रोगको पनि कारण मानिन्छ । धूम्रपानले सेवन गर्नेलाई मात्र नभई वरिपरि बस्नेलाई पनि झन् असर गर्छ । यसलाई ‘सेकेण्ड ह्यान्ड स्मोकिङ’ भनिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार सेकेण्ड ह्यान्ड स्मोकिङबाट विश्वभर वर्षेनी ६० लाखभन्दा बढी मानिसको अल्पायुमा मृत्यु हुने गरेको छ । चुरोटको सेवन नगर्नेलाई भन्दा गर्नेलाई ११ गुणा बढी हृदयघात हुने सम्भावना हुन्छ । यसैगरी धूम्रपान सेवन गर्नेलाई १० वर्ष पहिला नै हृदयघात हुन सक्छ । 

यस्तो हानीकारक धूम्रपान छोड्ने अठोट गरिसक्नुभएको छ भने सफलता हात नलागेसम्म निरन्तर कोसिस गरिरहनु पर्छ । सर्वप्रथमत, चुरोट छोड्ने प्रयास गर्नु सार्थक छ भनेर विश्वस्त हुनुपर्छ । तोकेर आफू नजिकका एस्ट्रे, सलाई अनि लाइटर आदि हटाउनुपर्छ । कुनै काममा व्यस्त हुनुपर्छ । चुरोट पिउा तलतल लगाउने ठाउँ वा परिस्थितिहरुबाट टाढै बस्ने गर्नुपर्छ ।

चुरोट पिउने लाखौं व्यक्तिले सफलतासाथ चुरोट छाड्न सकेका छन् । दृढ निश्चयी भएर लागिरहे चुरोट छाड्न सकिन्छ । चुरोट छोड्दा अन्तिम सर्को तानेको ३० मिनेटमै रक्तचाप सामान्य हुन्छ । हप्तादिन पछि शरीर निकोटिनरहित हुन्छ । एक महिनापछि तपाईंको खोकी, पिनास, थकावट र सास फेर्न गाह्रो हुनु आदि जम्मै कम हुन थाल्छ । पाँच वर्षपछि फोक्सोको क्यान्सरले मृत्यु हुनसक्ने खतरा ५० प्रतिशत घट्छ । १५ वर्षपछि हृदयघात हुनसक्ने सम्भावना चुरोट कहिल्यै पिउँदै नपिएको व्यक्तिको जत्तिनै हुन्छ । तपाईंको आयु लम्बिन्छ । 
साभार: गोरखापत्र दैनिक, जेठ १८, २०७३

No comments:

Post a Comment