शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, May 25, 2015

सिक्किमबाट सिक्ने कि?




महाविनाश मच्चाएको वैशाख १२ र २९ गतेको भूकम्पपछि मुलुकमा पुनःनिर्माणको बहस चलिरहेको छ। पुनःनिर्माणको प्रक्रिया र नेतृत्वका विषयमा पनि नेपाली समाजमा तीब्र चर्चा हुँदैछ। तर, यो पुनः निर्माणका लागि विस्तृत योजना र नेतृत्वको प्रश्न हल भई नसकेकाले यसको प्रक्रिया शुरु हुन बाँकि छ। अब कसरी अघि बढ्न उचित होला त?
नेपालको भौगोलिक बनावट र वस्तुस्थिति भारतको हिमाली राज्यसँग मेल खान्छ', नेपाल मामिलाका जानकार भारतीय पत्रकार सरताज अनवर भन्छन् – ‘त्यसैले सिक्किममा अपनाइएको प्राकृतिक विपत्ति व्यवस्थापनको नीति नेपालका लागि सहयोगी हुन सक्छ।सिक्किममा पनि पटकपटक प्राकृतिक प्रकोपको संकट आइपर्ने गरेको छ। हिमपात, पहिरो, भुक्षय, बाढी र भूकम्पको जोखिम सिक्किममा पनि छ। सन् २०११ को सेप्टेम्बर १८ तारिखका दिन ६ दशमलब ९ रेक्टर स्केल तिब्रताको भूकम्प गयो। नेपाल, भारत, बंगलादेश, चीन र भुटानमा गरी १ सय ११ जनाको निधन भयो। जसमध्ये ६० जना सिक्किमकै थिए।
सानो राज्यमा यो ठूलो क्षति हो', पत्रकार अनवर थप्छन् – ‘तर, व्यवस्थापनमा देखिएको कुशलता नै समृद्धिको आधार बन्यो।' अनवरका अनुसार सन् २०११ को भूकम्पले सिक्किमका अधिकांश ग्रामीण वस्ती ध्वस्त भएका थिए। सडकमार्ग चिराचिरा भएका थिए। कयौँ नागरिक घाइते भएका थिए। महिनौसम्म ग्रामीण क्षेत्रमा सञ्चार सेवा र यातायात टुटेको थियो। भूकम्पपछि पहिरो गएर पनि केही नागरिकको हताहती भएको थियो। तर, नेतृत्वको कुशलता र पूँजी परिचालनमा देखिएको पारदर्शिताले आम नागरिकलाई पीडा भुल्न धेरै समय लागेन’, दार्जीलिङकी साहित्यकार साङ्मु लेप्चा भन्छिन् – ‘प्राकृतिक विपत्तिबाट निस्किन नेतृत्वले नै जाँगर देखाउनु पर्छ।'
सिक्किम भूकम्पले पुर्‍याएको क्षति सानो थिएन। सिक्किमका सामाजिक अभियन्ता रोशन बानियाँका अनुसार राज्यमा विपत व्यवस्थापनको पूर्व तयारी धेरै पहिले नै शुरु भएको थियो। ग्रामीण क्षेत्रमा साना र बाँस तथा काठले बनाइएका घर छन्’, बानियाँ भन्छन् –‘त्यसैले ठूलो क्षति हुनबाट जोगियो।उनका अनुसार सिक्किम स्थानीय उत्पादनबाट भौतिक संरचना निर्माण गर्न सरकारले प्रेरित गरेको छ। ठूला घर पनि पूर्ण रुपमा सुरक्षित रहेको उनको दावी छ। ठूला भवन पनि छन्', उनी भन्छन् – ‘तर, सबै मापदण्ड अनुसारकै छन्, त्यसैले डराउनु पर्दैन।
पछिल्लो दशकमा जापान, चिली र भारतको गुजरातलाई भूकम्पले तहसनहस पारेको थियो। भारतकै हिमाली राज्य सिक्किम पनि भूकम्पीय प्रताडनाबाट अछुतो रहेन। मानवीय क्षति अन्य स्थानको तुलनामा कम भएपनि सिक्किमले भौतिक संरचनाको ठूलो क्षति व्यहोर्‍यो। तर, भूकम्पको विनाश लगत्तै मुख्यमन्त्री पवन चाम्लिङले नै पुनःनिर्माण अभियान शुरु गरे।
कसरी भयो पुनःनिर्माण?
नेपालको पूर्वी नाका नजिकै रहेको  सिक्किममा एक दशकयता पूर्ण अर्ग्यानिक खेती प्रणाली लागू गरिएको छ। छुट्टै पर्यावरणीय विशेषता रहेको उक्त हिमाली राज्यमा भूकम्पपछि आमनागरिकलाई सरकारले नै आवश्यक सामग्री प्रदान गर्यो। किसानलाई बिउबिजन उपलब्ध गरायो। सहुलियत दरमा ऋण प्रदान गरी आयमुलक कामका लागि सर्वसाधारणलाई प्रोत्साहित गर्यो सरकारले।
राजधानी गान्टोकदेखि नाथुला भञ्ज्याङ नाकासम्म नै सडक विस्तार गरियो। भूकम्पबाट क्षतविक्षत भएको सडक पुनःनिर्माण गरी गत जनवरी महिनादेखि यातायात सुचारु गरिएको छ। पर्यावरणीय असर नपर्ने गरी सडक सञ्जालले गाउँगाउँलाई जोडिएको छ। पर्यावरणमा असर पर्यो भने प्राकृतिक विपत्ति निम्तिन्छ’, मुख्यमन्त्री चाम्लिङले केही समयअघि आयोजित एक कार्यक्रममा भनेका थिए – ‘त्यसैले पर्यावरण र प्रकृति जोगाऔँ, आफू बँच्न वातावरणलाई पनि बचाउँ।'
सिक्किम राज्य सरकारले पछिल्लो विनाशपछि दीर्घकालीन योजना अनुरुप धार्मिक क्षेत्रको प्रवर्द्धन गरिरहेको छ। धार्मिक पर्यटनको विशिष्ठ अवधारणाले आर्थिक विकासको ढोका खोलेको छ। राज्यमा कयौँ धार्मिक स्थल निर्माण गरिएको छ। हिन्दु धर्मावलम्बीलाई लक्षित गरी चारधाम निर्माण गरिएको छ। भगवान बुद्ध र भगवान शिवका विशाल मुर्ति भूकम्पको प्रताडनापछि निर्माण गरिएको हो। तालतलैयाहरुलाई व्यवस्थित गरी पर्यटकीय केन्द्रकै रुपमा स्थापित गरिएको छ।
जुनसुकै देशमा पनि विपत्तिले सम्भावनाहरु अगाडि ल्याइदिएको हुन्छ', दार्जीलिङकी साहित्यकार लेप्चा भन्छिन् – ‘तर नेतृत्वले परिणाममुखी कार्ययोजना ल्याउनुपर्छ।' नेपालमा प्राकृतिक विपत्तिलाई अवसरका रुपमा प्रयोग गर्न बौद्धिक क्षेत्र र युवालाई समेटेर छुट्टै टिम बनाउनु पर्नेमा लेप्चाको जोड छ। नागरिकको विश्वास जित्ने र युवालाई भूमिका दिने काममा सरकार पछि पर्न नहुने उनको धारणा छ। पुनःनिर्माणको नेतृत्व युवालाई दिनुपर्छ', उनले थपिन्– ‘अगुवा नेताले अभिभावकको दायित्व लिनु बुद्धिमानी हुन्छ।'
साभार: सेतोपाटी

No comments:

Post a Comment