शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, May 21, 2015

विश्वमा जन्मियो नयाँ देश, तपाईं पनि बन्ने त नागरिक ?

भ्याटिकनसिटी भन्दा ठूलो यस देशका नागरिक ट्याक्सबाट मुक्त, सेनासमेत नरहने

Untitled-3
एजेन्सी । लिबरल्याण्डमा तपाईंलाई स्वागत छ । करिव डेढ महिना अघिमात्रै यस देशको जन्म भएको हो । सात वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस देश पछिल्लो समय विभिन्न कारणले चर्चामा छ । यद्यपी यसको मान्यतालाई लिएर अन्तराष्ट्रिय समर्थन अझै जुटिसकेको छैन । यहाँ सरकारले नागरिकलाई कर नलगाउने घोषणा गरिसकेको छ । नागरिकले आफूले तिर्ने कर आफैं तय गर्नेछन् । तपार्ईं पनि निश्चित प्रक्रिया पूरा गरेर यहाँको नागरिक बन्न सक्नुहुन्छ ।

कहाँ छ लिबरल्याण्ड ?
Liberland
डेन्यूब नदीको पश्चिमी तटस्थित सर्बिया र क्रोएशियाकोबीचमा ७ वर्ग किलो मिटरको यस्तो क्षेत्र छ, जुन भूभागलाई कुनै पनि देशले आफ्नो सिमाभित्र मानेका छैनन् । चेक नागरिक विट जेडलिकाले सो भूभागलाई समेटेर १३ अप्रिल २०१५ मा नयाँ देश घोषणा गरिदिएका छन् । यस देशको नाम उनले लिबरल्याण्ड राखेका छन् । यो नयाँ देशको मूलमन्त्र ‘बाँचौं र बाँच्न दिऔं’ तय गरिएको छ । क्षेत्रफलका हिसाबले लिबरल्याण्ड भ्याटिकनसिटी र मोनाकोभन्दा ठूलो छ । यहाँको आधिकारिक भाषा चेक र अंग्रेजी हो । यस नयाँ देशले निर्णय गरेको छ कि यहाँ पनि भ्याटिकनसिटीमा जस्तै कुनै सेना रहनेछैन ।

कहाँबाट आयो विचार ?
president of liberland

विट जेडलिका, चेक गणराज्यको मेम्बर अफ कञ्जरभेटिव पार्टी फर फ्री सिटिजनका सदस्य हुन् । चेक गणराज्यमा जब उनी ट्याक्स फ्री कानुनको वकालत गर्दथे, तब हमेसा सबैले उनको मजाक उडाउँदै आफ्नै नयाँ राज्य बनाउन सुझाव दिन्थे । यस्तैमा जब उनलाई छिमेकमा यस्तो भूभागको बारेमा जानकारी मिल्यो, जुन कुनै पनि देशको नियन्त्रणमा थिएन । त्यसपछि उनले यस भूभागलाई एक नयाँ देशको रुपमा घोषणा गरिदिए । अहिले क्रोएशिया र सर्भिया दुबैले लिबरल्याण्डसँगको आफ्नो सिमा बन्द गरिदिएका छन् ।

पाँच हजार मानिसलाई नागरिक बन्ने निम्ता
Liberland 1

विट जेडलिकाले सुरुमा केवल ५ हजार मानिसलाई लिबरल्याण्डको नागरिक बन्न आवेदन खुलाएका थिए । जब अनलाईन आवेदन खुलाइयो, तब तत्काल त्यहाँको नागरिक बन्न चाहने मानिसको संख्या १ लाख ६० हजार पुग्यो । हाल यो संख्या साढे दुई लाख पार गरिसकेको छ । लिबरल्याण्डको आधिकारिक वेवसाइटका अनुसार कम्युनिष्ट, नाजी र चरमपन्थीबाहेक अन्य जो कसैलाई यो देशको नागरिक बन्ने छुट छ । यसै आधारमा नागरिकता दिइनेछ ।

लिबरल्याण्डको संविधान
यो नयाँ देश स्थापना गर्नुको उद्देश्य एक यस्तो राज्य निर्माण गर्नु हो, जहाँ इमान्दार मानिस सरकारले लगाउने अनावश्यक ट्याक्सबाट मुक्त भएर संवृद्ध बन्न सकुन् । संविधान अनुसार लिबरल्याण्डका सबै नागरिक वैयक्तिक र आर्थिक रुपले स्वतन्त्र छन् । संविधानले नेताहरुको अधिकारलाई सांघुरो बनाएको छ, ताकि उनीहरुले सर्वसाधारणको स्वतन्त्रतामा खलल पु¥याउन नसकुन् ।
liberland flag

मात्र नर्वेको मिल्यो समर्थन
सामान्यतया कुनै पनि याँ देश निर्माणका लागि चारवटा अनिवार्य सर्त हुन्छन् । निश्चित सिमारेखा, नागरिक, एक स्वीकार्य सरकार र अन्तराष्ट्रिय मान्यता । हालसम्म यस देशले आधिकारिक रुपमा लिबरल्याण्डको मान्यता पाएको छैन । नर्वेले भने यस देशलाई मान्यता दिइसकेको छ । अष्ट्रियासँग पनि यसबारेमा सकारात्मक कुराकानी भइरहेको छ ।

हालसम्म भर्चुअल कन्ट्री
Liberland 1

क्रोएशिया र सर्भियाको आपत्ति तथा अन्य देशबाट अझै मान्यता प्राप्त नभइसकेकाले यो देश हालसम्म भर्चुअल कन्ट्रीको रुपमामात्रै अस्तित्वमा छ । यसका राष्ट्रपति जेडलिका आफूले बनाएको देशमा जानेक्रममा दुई पटक क्रोएशियामा गिरफ्तार भइसकेका छन् । उनका अनुसार छिट्टै अनलाइन चुनावबाट एक स्वीकार्य सरकार निर्वाचित गरिनेछ । लिबरल्याण्डको नाममा बनाइएको फेसबुक पेजलाई १५ लाखभन्दा बढी मानिसले लाइक गरिसकेका छन् ।
Source: ichwok

No comments:

Post a Comment