शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, December 18, 2016

घुमघाम सुन्दर सिक्किम


सिक्किम एक नजर 
सिक्किम प्रदेश चार जिल्लामा विभाजित छ । पूर्व सिक्किम, पश्चिम सिक्किम, उत्तर सिक्किम एवं दक्षिण सिक्किम ।  जहाँ क्रमश : गंगटोक, गिनिज, मन्दन र नाम्ची एकदम चर्चित छन् । हुन त पूरा सिक्किम नै प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ तर पनि प्रमुख दर्शनीय स्थलहरू : 

पूर्वी सिक्किम 
पूर्वी सिक्किम सबैभन्दा सुन्दर र लोकप्रिय पर्यटन स्थल हो । यहाँका सुन्दर पहाड, गार्डेन, चिडियाघर एवं पुराना स्मारकहरू दर्शनीय स्थल छन् ।
गान्तोक 
समुद्री सतहबाट ५ हनार ८ सय फिटको उचाइमा रहेको गान्तोक सहर सिक्किमको राजधानी तथा सबैभन्दा लोकप्रिय हिल स्टेशन हो । गान्तोक सहरको उत्तरी सीमा तिब्बत, पूर्वी सीमा भूटान, पश्चिमी सीमा नेपाल र दक्षिणी सीमा बंगालबाट नजिक छ । लगभग ५० हजार जनसंख्याको यो सहरमा आधुनिक एवं प्राकृतिक सौन्दर्यको मिश्रण देख्न सकिन्छ । गान्तोक र यसको आसपासका असंख्य ठाउँ आकर्षक टुरिस्ट डेस्टिनेसन हुन् । आर्किड सेंचुरी प्रकृतिप्रेमीहरूका लागि उपयुक्त छ । यहाँ आर्किडका ४ सय ५४ दुर्लभ प्रजाति देख्न सकिन्छ । कंचनजंघाको मनोरम प्राकृतिक दृश्यको आनन्द उठाउन तासिलिङ पुग्नुपर्छ । यसका साथै जवाहरलाल नेहरू बोटानिकल गार्डेन, रिज पार्क, ह्वाइट हल कम्प्लेक्स, वाटर गार्डेन, गणेश टक, हरिण पार्क एवं हनुमान् टक टेम्पल प्रमुख दर्शनीय स्थल हुन् ।

गान्तोक वरिपरिका दर्शनीय स्थल 

रुमटेक धर्मचक्र सेन्टर 
गान्तोक सहरबाट  २४ किलोमिटरको दूरीमा रहेको रुमटेक मठ पर्यटकहरूको आकर्षणको केन्द्रविन्दु हो । यो मठमा तिब्बतको सांस्कृतिक विरासत एवं बौद्ध धर्मसँग सम्बन्धित दुर्लभ वस्तुहरूको संग्रह छ ।
नथुला पास 
गान्तोकबाट ५६ किलोमिटरको द्ूरीमा रहेको नथुलाबाट चीनको सुप्रसिद्ध ग्रेटवाल देख्न सकिन्छ ।
पश्चिमी सिक्किम 
पश्चिमी सिक्किमलाई मठहरूको गढ पनि भन्न सकिन्छ । प्राचीन सभ्यता र संस्कृतिप्रति रुचि छ भने पश्चिमी सिक्किम घुमफिर गरेर रमाइलो अनुभव गर्न सकिन्छ ।
गिनिग  
यो पश्चिमी सिक्किमको हेडक्वार्टर हो । गिनिगको शाब्दिक अर्थ राजाको बगैंचा हो ।
पेलिङ
गान्तोकबाट १ सय १८ किलोमिटरको दूरीमा अवस्थित पेलिङ प्रकृतिको सुन्दर छटाले घेरिएको छ । यहाँ हिउँले ढाकिएको पहाड हेर्न आउनेहरूको भीड लाग्छ ।
पेमयाङ मठ 
पश्चिमी सिक्किमका सबै मठको अनुपातमा पेमयाङको अलग पहिचान छ । यो मठ निकै पवित्र मानिन्छ । यहाँको शिल्पकला, मूर्ति तथा भित्ताका अनौठा चित्रहरू निकै आकर्षक छन् ।
अन्य प्रमुख दर्शनीय स्थल
देताम, सोबरा, बेर्से आदि ।
उत्तरी सिक्किम 
उत्तरी सिक्कममा सिक्किमको सांस्कृतिक विविधताको झलक देख्न पाइन्छ । यहाँको कणकणमा इतिहास र धर्मको आभास पाइन्छ ।
लाचुङ 
गान्तोकबाट १ सय १५ किलोमिटर टाढा पर्ने सानो गाउँ लाचुङका चारैतिर हिउँले ढाकिएका पर्वत देख्न सकिन्छ । यो ठाउँ प्राकृतिक सौन्दर्यका पारखीमाझ निकै प्रिय छ । यहाँको लाचुङ मठ पर्यटकीय आकर्षणको केन्द्र हो ।

अन्य प्रमुख दर्शनीय स्थल 

मगान, काबी, फ्रोडोङ, यन्धाङ आदि ।
दक्षिणी सिक्किम   
हिउँले ढाकिएका पहाड, हरिया जंगल, चियाका सुन्दर बगान एवं सदियौं पुराना आकर्षक भवनहरूले दक्षिणी सिक्किमको सुन्दरता बढाएका छन् । यो स्थान पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्न सफल छ ।
नमची 
गान्तोकबाट ७५ किलोमिटर टाढा रहेको नाम्ची पर्यटकहरूमाझ निकै लोकप्रिय छ । यहाँबाट कंचनजंघा हिमशिखरको अनुपम सौन्दर्य देख्न सकिन्छ । यसका साथै यहाँका मठहरूले पनि सबैलाई आकर्षित गर्छन् ।
रावंगला 
समुद्री तटबाट २ हजार १ सय २२ मिटर उचाइमा अवस्थित सानो गाउँ रावंगला घुम्न आउनेहरूका लागि लोकप्रिय छ । विशेषगरी यहाँ ट्रेकिङ जान रुचाउनेहरूका लागि यहाँको यात्रा अविस्मरणीय हुन्छ ।
मेनाम वाइल्ड सेन्चुरी 
३५ सय हेक्टरमा फैलिएको मेनाम वाइल्ड सेन्चुरीमा रातो पान्डा, लेपर्ड बिरालो, कालो इगल तथा अन्य दुर्लभ जीवजन्तु देख्न पाइन्छ ।
टेमी चिया बगान  
सिक्किमको एक मात्र टेमी चिया बगानमा एकदम राम्रो गुणस्तरीय चिया उत्पादन हुन्छ ।
अन्य प्रमुख दर्शनीय स्थल 
बुद्ध पार्क ।

कहिले जाने ? 
सिक्किम जान मार्चदेखि जून तथा सेप्टेम्बरदेखि डिसेम्बरको समय उपयुक्त हुन्छ ।
कहाँ बस्ने ? 
लग्जरी होटल , तिब्बत होटल, चुम्बी रेसिडेन्सी, हिडेन फरेस्ट रिट्रिट डिलक्स होटल
गोल्डेन पगोडा, गोल्डेन हाइट्स, होटल बायुल बजेट होटल प्रिमुला लज, ब्लिस रिसोर्ट
सिक्किममा सपिङ
सिक्किमको प्रमुख सपिङ गन्तव्य गान्तोकमा छ जुन हस्तकलाका वस्तुहरूका लागि प्रख्यात छ ।
यसका साथै पेन्टिङ, कार्पेट, काठ, परम्परागत ह्याट, टोपी आदि यहाँ खरिद गर्न सकिने वस्तु हुन् । 
साभारः नारीhttp://bit.ly/2avfjwy

No comments:

Post a Comment