शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, May 24, 2024

सुरेशकुमार पाण्डेका दुई लघुकथा




भाइरल 

"ऊ हेर त ! तिनै हुन महान कथाकार दौलतराम।" - बिष्णुले आफ्नो एकजना साथीलाई दौलतराम तर्फ इसारा गर्दै भन्यो । 

"यस्ता महान् कृतिकारलाई जति सम्मान गरेपनि थोरै हो ।" उसैले थप्यो । साथी सुखीलालको भने ध्यान अन्तै थियो । 

"सुखीलाल हेर त उनीहरू नजिकै आइपुगे । दोलतरामसँग एउटा सेल्फी खिच्नु पर्छ है।"- बिष्णु सुखीलाललाई घचघच्याउँदै भन्यो । 

"हस्" - सटिकमा भन्यो । 

"आज यो प्रसिद्ध कृतिकारलाई सम्मान गर्ने कार्यक्रम छ ।" - ऊ दौडेर दौलतरामसँग सेल्फी खिच्यो। धेरै साहित्यकारहरू दौलतरामसँग सेल्फी खिचाइ रहेका थिए । मञ्चमा कार्यक्रमको भब्य तयारी चल्दै थियो ।

"हिंड तिमीपनि म फोटा खिचिदिन्छु तिम्रो र दौलतरामको ।" -बिष्णुले सुखीलाललाई हातबाट तान्दै भन्यो । 

"मलाई दोलतरामसँग फोटा खिचाएर बदनाम हुने रहर छैन ।" -सुखीरामले प्याच थुक्दै भन्यो । 

"के भनेको यस्तो? एउटा महान रचनाकारको यसरी अपमान गर्नु हुँदैन नी ।" -त्यो जुन कृतिबाट दौलतराम भाईरल बन्न पुग्यो ।

"त्यो कृतिको लेखक अर्कै हो।" -सुखीलालले खाँटी कुरा गर्यो । 

"त्यस्तो त हुनै सक्दैन । के प्रमाण छ तिमीसँग आरोप लगाएर मात्र हुँदैन नी ।" - बिष्णु झर्किंदै भन्यो ।

"हेर्नुहोस् प्रमाण ।" - सुखीलालले असली पाण्डुलिपी देखायो । 


सरकारी जागिर
 

"छोरा-छोरीको परीक्षा चल्दै छ । फेरि अर्को महिनामा भर्ना गराउनै पर्ने हुन्छ । फि पनि प्रत्येक वर्ष बढाएकै हुन्छन् कसो गरी पुरा गर्ने?" -यही सोचेर रामलाल चिन्तामा थियो । 

"सुन्नु न केटा केटीको स्कुलको बिदामा म दुई चारदिन माइतीमा जान्छु है?" -मिराले रामलालसँग भनी । ऊ झसङ्ग भयो र यताउता हेर्यो । पछाडि मिरा उभिएकी थिई ।  

"उफ् ! तिमी पनि..! हजुर कता हराउनु भएको थियो?" -मिराले भनी । 

"सरकारी कामको लागि प्रयास गर्दागर्दै उमेर ढल्कियो । तर पनि कतै सुरसार देखिदैन । छोरा-छोरीको  परीक्षा सिद्धिएपछि उनीहरूलाई पनि स्कुलमा फेरी भर्ना गर्नुपर्ला । पैसाले कहिल्यै पुगेन; त्यही चिन्तामा छु ।" -रामलालले निधारमा हात राख्दै भन्यो । 

"धेरै चिन्ता नलिनु कुनै न कुनै निकास निक्लेला ।" -मिराले सान्त्वाना दिन खोजी । 

"कसरी हल हुन्छ? खर्च ठुलो छ कमाई छैन् ।" -मिराको कुरा बिचमै काट्यो । ऊ धेरै चिन्तामा देखियो । 

"मैले पहिल्यै भनेकी हुँ हाम्रा तीन जना बाबु नानीलाई सरकारी स्कुलमा भर्ना गरौँ, तर हजूरले मान्दै मन्नुभएन । अहिले चिन्ता लिएर के नै हुनसक्छ?" -मिराले रामलाललाई सम्झाई । 

"मेरा बाले त्यत्रो धन लगाएर पढाउनु भएको हो । सरकारी कामका लागि तर अहिले यो निजी कम्पनीको जागिरे हुनुपर्यो । झन् सरकारीमा बच्चाहरू पढांएभने त यस्तै जागिर पनि पाउन गाह्रो छ छोरा छोरीले भविष्यमा। 

"खै के भनौँ जागिर सरकारी चाहिन्छ पढाउन बालखहरू प्राइवेट स्कुलमा पठाइन्छ । कतै भविष्यमा सरकारी स्कुल खोज्दा पनि न भेटाउने होकी?"- भन्दै मिरा किचन तर्फ लागि । 

-दाङ घोराही १८ 

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  
trichandra.shrestha@gmail.com
 


 

 

No comments:

Post a Comment