शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, May 28, 2024

कविता संसार मासिक अङ्क १० (सम्पादकीय)

 

आर्थिक मन्दीमा विश्व           

बजारमा कलियुग अन्त्यको खुब हल्ला चलिरहेको अवस्थामा अब विश्वास पनि कस-कसलाई मात्र गर्ने होला भनौं भने विश्वास गर्न लायक कोही बाँकी रहे जस्तो लागेन । हरेक कामहरुमा धोका र अविश्वासको बादल मडारिरहेको देख्छु । महाविनाशको यो क्रममा भरपर्दो साथ पाउन मुश्किल भइसकेको छ । यद्यपि अझै संसार विश्वासमा टिकेको छ । यस्तो अवस्थामा म आफै पागल त हैन भन्ने ठानेर ऐना हेर्नु अत्यावश्यक छ ।     

विश्व आर्थिक मन्दीमा डुबेको बेला देशको आर्थिक अवस्था भिन्न रहने त कुरै भएन । यो जताततै भद्रगोल स्थिति रहेको कुरा तपाईं हाम्रो मानसिक अवस्था मापनबाट देखाउँदछ ।  परिणाम के कस्तो रुपमा देखिने हो, त्यो भोलि थाहा हुन्छ ।

अन्त्यमा, कविता संसारको यो यात्रामा हरहमेशा साथ र सहयोग दिइरहने सबैप्रति आभार व्यक्त गर्दछौं । यसै सन्दर्भमा गत अङ्कबाट हिन्दी भाषाका सिर्जनालाई समावेश गरेका छौं । यस विषयमा तपाईंहरूका प्रतिक्रिया र सुझावको हामीले अपेक्षा राखेका छौं । निश्चय पनि यिनै आशा र विश्वास भविष्यमा फूलजस्तै शोभायमान देखिने नै छ ।

अङ्क १० पढ्न र डाउनलोड गर्नका लागि

No comments:

Post a Comment