शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, February 7, 2025

धर्मराज पौडेल अल्पायुका दुई गीत


 
बाऊआमाको हाड घोटी


बाऊआमाको हाड घोटी खाका छन् सहरको सुबिधा पाका छन् !! काम गर्न छाडे सबै किनि खाने ठुला बाहिरी रासन आउनु पर्छ बल्न हाम्रा चुला बजारको हाउ भाऊ फेसनले मार्यो ठुला ठालु बन्न पर्ने पार्नु आपत पार्यो !! बारी खेत बाँझा राखी हिड्छन मस्किएर सिन्को भॉच्न गार्हो हुने खान्छन् पस्किएर लाज सरम पचेपछि जे गरे नि हुने होटल होटल चाहर्दै हिड्छन तिन्लाई कस्ले छुने .. जागिर भत्ता केही छैन लाऊछन् फेसन फेरि यसरी नै सन्तान बिग्रे आउला आँधिबेरी नयाँ नयाँ मोबाईल बोकी हिंड्छन जुता ठोकी चिन्नै पनि गार्हो हुने केटा हो की ? केटी ... अङगभङग देखाउँदै केटा रोजी रोजी रात दिन तिन्कै हुन्छ मोबाईलमा खोजी कस्को कुरा कस्ले सुन्ने सबै उस्ता उस्तै होटल लज पुग्छन उनै आईस क्रिम चुस्दै ... घरको काम गर्नुपर्दा सदा अर्को झर्को घुम्नलाई बानी पर्यो यिन्लाई सहरको पढ्न भनी किताब बोकी हिड्छन् देखाउन जानेका छन् बाऊ आमाको ढाड सेकाउन ... बाऊ आमाको हाड घोटी खाका छन् सहरको सुविधा पाका छन् ...
******

कर्म नै मेरो पवित्र मन्दिर

कर्म नै मेरो पवित्र मन्दिर यहीँ पूजा गर्दछु कर्मकै खातिर जन्मेथेँ आखिर यहीँ मर्दछु .. साहुको भारी बोकेर पीठमा उकाली भन्ज्याङ्ग धनको दुब्लो होऊला तर गरीब नठान आखिर खाने एकमुठी अन्न सबैले खोजेर दैवको लीला दियो नि ठक्कर पाईँदैन रोजेर ... शिरमा नाम्लो पीठमा भारी जीवन चल्या छ खुसी भै रम्छु हेरन मुहार धपक्कै बल्या छ खुसी छन् जहान भोकतिर्खा खेपी समाल्छन् घरबार त्यो डॉडामाथि झारपाते झुप्रो लाग्छ नि दर्बार ... बिसायो भारी भोक तिर्खा मेट्यो त्यो निन्द्रा दु:खको दु:खीको पीडा को देख्छ आज आखिर स्वर्गको साहुको ऋणले घरबार खायो अजिङ्गर बनेर धेरै छन् पीडा म कति बताऊँ सकिन्न लेखेर ... कर्मलाई मानी देवता ठानी कर्ममै रमाएँ यी हड्डी घोटी जुटाई खाएँ न धन कमाएँ दु:खीले देख्छ म गरी खा'को धनीले देख्दैन कर्मको फल मिठासले खान्छु कसैले देख्दैन ... अञ्जली भरि उठाई पानी भोक तिर्खा मेटेर लोभिन्न मन पराई धन के गर्नु देखेर घाम ला'को देख्छु सपनी देख्दा त्यो हिमचुलीमा दु:ख त मैले लेखेरै ल्या'को उही पूर्व जुनीमा ... कर्म नै मेरो पवित्र मन्दिर यै पूजा गर्दछु कर्मका खातिर जन्मेर यहीँ म आफै मर्दछु ... - पोखरा - १३ कास्की ।

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment