संसार नियाल्न झ्याल हैन, आँखीझ्याल नै काफी छ । यसलाई के कसरी लिने हो, आफैमा भरपर्ने कुरा पनि हो । आफैलाई हेर्न अरुले देखाएको ऐेनामा पस्नु पर्दैन । यसका लागि आफैलाई हेर्न, बुझ्न र पढ्न जानू पर्दछ । अनि मात्र त्यो हेराइ सार्थक हुन्छ ।
अरुको आँखाबाट हेर्दा के के नपुगेजस्तो, नमिलेजस्तो देखिन्छ । तसर्थ एउटा भनाइ छ नि– आफू भलो त जगत भलो । हुन पनि हो, अरुभन्दा पहिले आफू ठिक हुनुपर्यो । यति भएपछि अरुले यसबारे केही भन्ने आँट गर्न सक्दैन । यहाँ अर्ती–उपदेश दिनेको कुनै कमी छैन तर व्यवहार हेर्यो भने मैं हुँ भन्नेका बानी भनी साध्य छैन ।
बेला–बखत जानेका–बुझेकाहरुका कुरा सुन्दा बुझ पचाएर अहम् प्रदर्शन गर्न पछि पर्दैन । अरुसँग बुझ पचाएर सोध्ने र आफ्नो स्वार्थसिद्धका लागि जे गर्न पनि तयार हुन्छन् । यसरी कामको फेहरिस्त सुनाउँदै दुनो सोझ्याउने कुराको नमुना पेश गर्छन् र हिलोमा माछा मार्न नसकेर चिप्लेको थाहा हुँदैन । हुन त धैरेमा केही यस्ता प्रवृत्तिका हुनु कुनै नौलो कुरा त हैन । तैपनि समाजका लागि यस्ताले नैतिक प्रदूषण फैलाइरहेको हुन्छ ।
केही फाइदा हुने बित्तिकै हस्–हजुरमा पुगेर आफ्नो नैतिकता प्रदर्शन गरिहाल्छन् । मुखमा राम–राम बगलीमा छुरा भन्नेहरुको कुनै बखत खल्ती काटेको पत्तै हुँदैन । यसमा कति सिलाउने र मिलाउने हो, त्यो हेरेर–बुझेर गर्नुपर्यो ।
अन्त्यमा, कविता संसारको आकाश उज्यालिँदै गइरहेको छ । यसको प्रकाशले न्यानोपन विस्तार भएको देखिन्छ । जुन पछिसम्म पनि यो झाँगिदै जाने छ । यसले दिने ऊर्जाले हरेकको जीवनमा हौसला थप्ने छ । यसका लागि हामी सदैव तयार भएर बसेका छौं ।
अङ्क १८ पढ्न र डाउनलोड गर्नका लागि
No comments:
Post a Comment