शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, October 16, 2025

लघुकथा संसार मासिक अङ्क २८ (सम्पादकीय)



नेपाल संस्कृतिमा निकै धनी राष्ट्र हो । यही समृद्ध संस्कृतिको सुगन्धले नेपाली समाजलाई आत्मीयता, एकता र सौहार्दका रंगहरूले रंग्याएको छ । नेपालीहरूको महान चाड बडा दसैँले बिदा लिएर गइसकेको छ । अब घर–घरमा दीप र रंगोलीले सजिने अर्को रमाइलो पर्व तिहार नजिकिँदै छ ।

तिहारको उल्लाससँगै लक्ष्मीपूजाकै दिन नेपाली साहित्यका अमर ज्योति महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती पनि आउँछ । देवकोटाको लेखनीले नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ । उनका शब्दहरू केवल कवितामा सीमित छैनन् — त्यो मानवता, आत्मा र सौन्दर्यको दर्शन हो ।

यसै दिन अर्को ऐतिहासिक पर्व नेपाल संवत् ११४६ पनि शुभारम्भ हुन्छ । नेपाल संवत् हाम्रो मौलिक संवत् हो, जसले हाम्रो राष्ट्रिय पहिचान, इतिहास र सांस्कृतिक गौरवलाई प्रतिविम्बित गर्छ ।

यस उल्लासमय अवसरमा हामी समस्त पाठक, लेखक, सर्जक र शुभेच्छुकहरूमा महाकवि देवकोटा जयन्ती, तिहार तथा नेपाल संवत् ११४६ को हार्दिक शुभकामना व्यक्त गर्दछौँ । सबैमा शान्ति, सम्मृद्धि र सिर्जनशीलताको उज्यालो फैलियोस् ।


अङ्क २८ पढ्न र डाउनलोड गर्नका लागि फोटोमा क्लिक गर्नुहोस्


..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment