हालका वर्षहरूमा नेपालमा साहित्यिक गतिविधि उल्लेख्य रूपमा बढेको छ । दिनहुँजसो कतै न कतै पुस्तक विमोचन, काव्य गोष्ठी वा विविध साहित्यिक कार्यक्रम भइरहेका देखिन्छ । यसलाई साहित्यिक चेतना जागृत हुँदै गएको सकारात्मक संकेतका रूपमा लिन सकिन्छ । तर, यस्ता कार्यक्रममा केही अस्वस्थकर प्रवृत्ति पनि बढ्दै गएको छ । तोकिएको समयमा कार्यक्रम सुरु गर्न नसक्ने, उपस्थित अतिथिहरूले अनावश्यक रूपमा लामो भाषण गर्ने, विषयसँग सम्बन्ध नभएका प्रसङ्गमा अल्झिने जस्ता बानीले कार्यक्रमलाई लम्ब्याउने मात्र होइन, श्रोतालाई पनि थकित बनाउने गरेको छ । साहित्यिक रसास्वादन र सिर्जनशील वातावरणलाई जीवित राख्न आयोजकहरू यसतर्फ सचेत रहनु अति आवश्यक छ ।
साहित्यिक यात्रा कहिल्यै समाप्त हुँदैन । बदलिँदो समय र नयाँ पुस्ताको सिर्जनशीलताको बीचमा हामीले पनि आफ्नो सानो योगदान दिन सकियोस् भन्ने चाहना रहेको छ । यही चाहनासहित आगामी दिनमा अझ सशक्त र अर्थपूर्ण उपस्थितिका लागि प्रयासरत रहने प्रतिवद्धता व्यक्त गर्दै—
हाम्रो यात्रा जारी छ, यस यात्रामा साथ, प्रोत्साहन र माया व्यक्त गर्नु हुने सम्पूर्ण साहित्यकार, पाठक तथा शुभेच्छुकप्रति हामी हार्दिक धन्यवाद प्रकट गर्दर्छौ । तपाईंहरूको योगदान र हौसलाले नै हामी यहाँसम्म पुगेका छौँ । अबका यात्रामा पनि निरन्तरता कायम रहनेछ भन्ने विश्वास व्यक्त गर्दछौँ ।
– धन्यवाद !



No comments:
Post a Comment