शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, November 22, 2025

लघुकथा संसार मासिक अङ्क २९ (सम्पादकीय)

 

नेपाललाई प्रायः मन्दिरै–मन्दिरको देश भनेर चिनाइन्छ, तर यसको सांस्कृतिक र सामाजिक संरचना हेर्दा नेपाल केवल तीर्थ–परम्पराको देश मात्र होइन, असाधारण विविधता बोकेको जीवन्त सांस्कृतिक भू–भाग पनि हो । यसै विविधताको सुन्दरतम् झिल्को देखिने महिना हो— मङ्सिर ।

यो महिनामा देशका भू–भागअनुसार आ–आफ्नै रीतिरिवाज, चाड–पर्व र सांस्कृतिक अनुष्ठानले विशेष रौनकता ल्याउँछन् । पूर्व पहाडमा किराँत समुदायले मनाउने उधौली पर्व धर्ती देवताप्रति कृतज्ञता र प्रकृतिसँग सामञ्जस्यताको अद्भुत अभिव्यक्ति हो । काठमाडौँ उपत्यकामा नेवार समुदायले यःमरि पुन्ही, ज्यापू दिवस लगायतका सांस्कृतिक दिवसहरूलाई भव्यतापूर्वक मनाउँदै मातृभूमिप्रतिको आदर दर्शाउँछन् । उता तराई–मधेसमा विवाह पञ्चमीको अनुपम उल्लास—जनकपुरको गल्लीदेखि घर–आँगनसम्म फैलिन्छ, जहाँ भगवान् राम–सीताको पौराणिक पवित्र सम्बन्धको स्मरणमा विशाल सांस्कृतिक सभ्यता झल्किन्छ । यस दिन सार्वजनिक बिदा दिइनुले यसको राष्ट्रिय महत्व झन् प्रष्ट पार्छ ।

अलग–अलग भूगोल, फरक–फरक भाषा र संस्कृतिमा मनाइने यी सबै पर्वहरू अन्ततः एउटा साझा सत्यतिर फर्कन्छन्‌—

यी सबै नेपालीकै पर्व हुन्, जसले हामीलाई एकै सुत्रमा बाँधिरहन्छन् । विविधताभित्रको एकता—नेपालको सान यही हो ।

अङ्क २९ पढ्न र डाउनलोड गर्नका लागि फोटोमा क्लिक गर्नुहोस्


..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment