शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Wednesday, December 13, 2023

ख्रीष्टमसको उत्पत्ति र नेपाल


-त्रिचन्द्र प्रतीक्षा

सन् २०१७ को ख्रीष्टमस भव्यताकासाथ मनाउन विश्वका करोडौं मानिसहरु तर्खर गर्दैछन् । सायद तपाईं पनि तिनीहरुमध्ये एक जना हुनुहुन्छ होला । अर्कोतिर, यस लोकप्रिय उत्सवको धार्मिक पक्षहरुमा तपाईं भाग लिनुहुन्न होला । जे होस्, ख्रीष्टमसको प्रभावले तपाईंलाई असर नगर्ला भन्न सकिंदैन । गैर-ख्रीष्टियन मुलुकहरुमा समेत यो उत्सव व्यापार अनि मनोरञ्जन जगतमा छाउने गर्छ । 

त्रिचन्द्र प्रतीक्षा
मानिसहरु आफ्नो इच्छा, रुचि, परम्परा र पुस्तौनी रीतिरिवाजअनुसार विभिन्न धर्म तथा ईश्वरहरुमा विश्वास गरिरहेका छन् । यसरी संसारभरका मानिसहरु विभिन्न धर्म र संस्कृतिअनुसार जीवनयापन गरिरहेका भए तापनि ती सम्र्पूण मानिसहरु “ख्रीष्टमस“ भन्ने शब्दबाट अनभिज्ञ नहोला । जब डिसेम्बर महिनाको सुरुवात हुन्छ, तब प्रायः सबैजसो व्यापारिक केन्द्रहरु, होटल, डिपार्टमेन्टल स्टोरहरुमा एउटा सानो रुखलाई आकर्षक ढङ्गले झिलिमिलि पार्नुका साथै त्यसलाई सजाएर राखिएको हुन्छ । 

त्यसैगरी उपहार र शुभकामना-पत्र किन्ने पसलहरुमा भीड हुन्छन् । विभिन्न खाले ख्रीष्टमसका उपहारहरु र ह्याप्पी ख्रीष्टमस, मेरी ख्रीष्टमस, लेखिएका ख्रीष्टमस कार्डहरु प्रशस्त मात्रामा खरिदबिक्री गरिएको र सजाएर राखिएको देख्न सकिन्छ । "ख्रीष्टमस" को वास्तविकता के हो त ? सामान्यतया मानिसहरुलाई ख्रीष्टमस किन मनाइन्छ भन्ने कुरा थाहा छैन, तर ख्रिष्टियनहरुलाई पनि ख्रीष्टमस के हो भनेर सोधेमा "ख्रीष्टमस प्रभु येशूको जन्म दिन हो ।" भन्ने जवाफ दिने गर्दछन् । त्यसो भए के साँच्चै नै ख्रीष्टमस येशू ख्रिष्टको जन्म दिन हो त ? यसबारेमा केही तथ्य र प्रमाणको आधार हेरौं । 

ख्रीष्टमससँग सम्बन्धित लोकप्रिय तर काल्पनिक व्यक्ति हो- सान्ता क्लाउस (Santa Claus)  । सो शब्द डच शब्द सिन्तेरक्लासबाट आएको हो, जसको अर्थ हुन आउँछ सान्ता निकोलस । चौथौ शताब्दीमा टर्कीको मीरा नामक एक शहरका प्रसिद्ध सन्त थिए भनिन्छ । हालै इन्डियानाको एउटा शहरको नाम नै सान्ता क्लाउस राखिएको छ ।

सातौं शताब्दीको मध्यतिर क्रिस्मस वृक्ष सजाउने परम्परा जर्मनीमा आरम्भ भयो । यसको सुरुवात बौनोन्फसटिया नामक अङ्ग्रेजले गरेको थियो । मानवाधिकारवादी लेखक सेवास्टियन ब्राण्डले सन् १४९४ मा लेखेको सबैभन्दा महत्वपूणर् साहित्य “मूर्खहरुको जहाज’’ नामक कृतिमा घरहरुमा देवदारु वृक्षका हाँगाहरु राख्ने चलनलाई अभिलिखित गरेका छन् । ख्रीष्टमस सजाउनका लागि देवदारु वृक्ष नै छानिएको थियो । यतिबेला शिशिर ऋतु सुरु भइसकेको हुन्छ । सबै वृक्षको पात झरिसकेको भएपनि देवदारुको चाहिँ सदाबहार हुन्छ । ख्रीष्टमस वृक्षको परम्परा सुनिश्चित मिति र उत्पत्तिको सम्बन्धमा केही अनिश्चितता भएपनि स्याउहरुसँग सजाइएका देवदारु रुखहरु सर्वप्रथम सन् १६०५ मा स्ट्रास्वर्गमा जानकारीमा आएजस्तो देखिन्छ । यस्ता रुखहरुमा प्रयोग गरिएका मैनबत्तिहरु सन् १६६१ मा सायलसियनद्वारा अभिलिखित गरेका छन् ।

थोमस एडिसनका सहायक एडवर्ड जोन्सनले सन् १८८२ मा ख्रीष्टमस वृक्षका लागि विद्युतिय प्रकाशको सोच ल्याएका थिए । ख्रीष्टमस वृक्षका बत्तीहरुको आमउत्पादन पहिलो पटक सन् १८९० मा भएको थियो ।   

सन् १८४३ मा पहिलो ख्रीष्टमस कार्ड बेलायतका सर हेनरी कोलका लागि जोन क्यालकोट हर्सनद्वारा डिजाइन गरेका थिए । यो आधुनिक पोष्टकार्डजस्तै थियो र यसमा लेखिएको शब्दहरु यस्ता थिए - ‘मेरी ख्रीष्टमस एण्ड ह्याप्पी न्यु इयर टू यु ।’ 

सुरुवात

न्यू क्याथोलिक इन्साइक्लोपीडियाका अनुसार,  "ख्रीष्टको जन्ममिति पत्ता लागेको छैन । बाइबल पुस्तकमा न त ख्रीष्ट जन्मेको दिन न महिनाबारे नै बताउँछ । एच. उजेनरको अनुमान र आजका धेरैजसो विद्वानहरुले स्वीकारेअनुसार ख्रीष्टको जन्ममिति उत्तरी गोलार्धमा जाडो महिना सुरु हुने बेलामा (जुलियन क्यालेन्डरमा डिसेम्बर २५, आधुनिक ग्रेगेरियन क्यालेन्डरमा जनवरी ६) तय गरियो । किनभने सूर्य विस्तारै उत्तरी गोलार्धको आकाशमा फर्कन सुरु गर्ने भएकोले यस दिनमा मिथ्राका गैर-ख्रीष्टियन भक्तहरुले डीस नाटालिस सोलिस इन्विक्टी (अजेय सूर्यको जन्मदिवस) मनाउँथे । डिसेम्बर २५, २७४ मा रोमी सम्राट एरेलियनले सूर्यदेवलाई रोमी साम्राज्यको मुख्य संरक्षक भएको घोषणा गरे अनि क्याम्पस मारटियसमा सूर्यदेवको एउटा मन्दिर स्थापना गरे । ख्रीष्टमसको उत्पति त्यस्तो समयमा भयो, जतिबेला रोममा विशेष गरी सूर्यको कट्टर उपासकहरु थिए । पछि सूर्यदेव मिथ्राको उपासनालाई नै ख्रीष्टमसको रुपमा मनाउन थालियो । रोमका धार्मिक समुदायहरुले सबैभन्दा पहिला ख्रीष्टमस मनाएका थिए । दसौं शताब्दीमा ख्रीष्टियनधर्म सँगसँगै ख्रीष्टमस मनाउने चलन रुसभरि फैलियो । त्यही बेला ख्रीष्टियनधर्म प्राचीन स्लाभ जातिहरुले जाडो महिनामा मनाउने चाडसित छ्यासमिस हुन पुग्यो । त्यस चाडमा स्लाभहरुले आफ्ना पितृहरुको उपासना गर्थे ।’’ 

ऐतिहासिक अभ्यासहरु

येशूको ऐतिहासिकता माथि शंका गर्नु अस्वभाविक भए पनि उहाँको जन्मदिनबारे शंका गर्नुचाहिँ स्वभाविकै हो । ख्रीष्टको जन्मको सम्झनामा मनाइने पर्व नै ख्रीष्टमस हो । बाइबल धर्मशास्त्रमा उहाँको जन्ममिति उल्लेख नभएकाले प्रारम्भिक ख्रीष्टियानहरुको बीचमा कुनै निर्धारित मिति थिएन । बाइबल वास्तवमा ६६ पुस्तक अर्थात् खण्डको पूर्ण सँगालो हो । यो ई.पू. १५१३ देखि इ.सं. ९८ सम्म १६१० वर्षको अवधिमा ४० जना व्यक्तिहरुले लेखेका थिए । पहिलो ३९ पुस्तकहरुमध्ये धेरैजसो हिब्रुमा र केही भाग अरामीमा लेखिएको थियो भने बाँकी २७ पुस्तक ग्रीक भाषामा लेखिएका थिए । चौथो शताब्दीको उत्तराद्धतिर ख्रीष्टमस भिन्नाभिन्नै मितिमा भएपनि प्रायः जसो चर्चमा मनाउन थालिएको थियो । उहाँको जन्मदिन निर्धारण गर्न विभिन्न विधिहरु अपनाए । परिणामतः प्रारम्भिक ख्रीष्टियान चर्चहरुमा बेग्ला-बेग्लै मितिहरु देखा परे । जनवरी २, अप्रिल १८, मे २० र डिसेम्बर २५ त्यस्ता मितिहरु थिए । तर डिसेम्बर २५ नै ख्रीष्टमसको लागि औपचारिक मिति हुन पुग्यो । ख्रीष्टियन इतिहासकार सेक्टस जुलियस अफ्रिकानसले सन् २२१ मा सर्वप्रथम डिसेम्बर २५ लाई ख्रीष्टको जन्मदिनको रुपमा परिचित गराएका थिए ।

चौथो शताब्दीमा ख्रीष्टियमत रोमी सम्राटको सरकारी धर्म भइसकेको थियो । १२ औं शताब्दीमा आइपुग्दा ख्रीष्टमस युरोपमा सबैभन्दा महत्वपूर्ण धार्मिक पर्व भएको थियो । सुधारवादी युगसम्म ख्रीष्टमसको लोकप्रियता ज्यादै बढ्यो । ख्रीष्टमसमा गैर-ख्रीष्टियानहरुको मनग्ये चालचलनहरु समावेश भएकाले सुधारवादको समयमा धेरै ख्रीष्टियानहरुले ख्रीष्टमसलाई गैर-ख्रीष्टियान पर्वको रुपमा विचार गर्न थाले । कति ठाउँहरुमा यसको असर परेको भएपनि मानिसले ख्रीष्टमस मनाउन जारी राखे । २० औं शताब्दीमा विभिन्न किसिमका व्यवसायका लागि ख्रीष्टमसको पर्व ज्यादै महत्वपूर्ण हुन  थाल्यो । २० औं शताब्दीको मध्यदेखि ख्रीष्टमस झण्डै विश्वव्यापी रुपमा मनाइन थालिएको छ ।

ख्रीष्टमसमाथिको प्रतिबन्ध

सन् १६४७ मा बेलायतमा संसद्ले एउटा कानुन पारित गरी ख्रीष्टमसलाई अवैध घोषणा गर्‍यो अनि त्यसपछि सन् १६५२ मा यसमाथि पूणर्तया प्रतिबन्ध नै लगाइयो । सन् १६४४ देखि १६५६ सम्म हरेक डिसेम्बर २५ मा जानाजानी संसद्को भेला बोलाइन्थ्यो । इतिहासकार पेनी एल. रिस्टाडका अनुसार,  "सो ख्रीष्टमसका दिन अन्य सामान्य दिनमा जस्तै पसलहरु खोल्नुपर्ने नियम थियो भने त्यसदिन आफ्ना चर्चहरुलाई सजाएको खण्डमा जरिवाना र जेल सजाय पनि थियो ।" सन् १६६० मा क्रमवेल सत्ताबाट हटेपछि प्रतिबन्ध हटाइएको थियो । 

उता उत्तर अमेरिकामा पनि यस्तै अवस्था थियो । म्यासाचुसेट्स बे कोलनीमाडमा सन् १६५९ देखि १६९१ सम्म ख्रीष्टमस मनाउन नपाउने कानुन लागि गरेर प्रतिबन्ध लगाइएको थियो । यस कानुनको उल्लंघन गर्नेहरुलाई जरिवाना तिर्न लगाइन्थ्यो । 

ख्रीष्टमस नमनाउनेहरुमा बेलायतका ख्रीष्टियानको एक समूह प्रोटेस्टेन्टहरुमात्र नभई मिडल कोलोनिजका केही समूहरुले पनि थिए । एउटा स्रोतका अनुसार, अमेरिकीहरूले स्वतन्त्रता पाएको लगत्तै एलिजावेथ ड्रिंकरले फिलाडेल्फियाका बासिन्दाहरुलाई तीन वर्गहरुमा विभाजित गरे अनि उनी आफै पनि एक क्वेकर थिए । धार्मिक विश्वासको खातिर ख्रीष्टमस मनाउने क्वेकरहरूको लागि ‘ख्रीष्टमसको दिन र अरु दिनमा खासै केही फरक थिएन’ अनि बाँकी रहेकाहरुले चाहिं यस उत्सवलाई मोजमज्जा र मनोरञ्जन गरेर मनाउँथे ।

पुरातन ब्याप्तिस्ट र कग्रिंगेशनल चर्चहरुले पनि ख्रीष्टको जन्मोत्सव मनाउने कुनै धर्मशास्त्रीय आधार पाएनन् र मनाएनन् । एक स्रोतका अनुसार डिसेम्बर २५, १७७२ मा मात्र न्युपोर्टको रोड आइल्याण्डे ब्याप्टिस्ट चर्चले सर्वप्रथम ख्रीष्टमस मनाए । यो उत्सव न्यु इंग्ल्याण्डमा प्रथम ब्याप्तिस्ट चर्चको स्थापना भएको झन्डै १३० वर्षपछि मात्र मनाइएको थियो ।

परम्परागत क्याल्भिनिस्ट घरानामा हुर्केका प्रसिद्ध अमेरिकी ख्रीष्टधर्म प्रचारक हेनरी वार्ड बीचरलाई ३० वर्षको उमेरसम्ममा पनि ख्रीष्टमसबारे ज्ञान थिएन । बीचरले सन् १८७४ मा यस्तो लेखे, "ख्रीष्टमस मेरो जीवनको भाग थिएन ।"

नेपालमा २०६२/६३ को आन्दोलन अघिसम्म चर्चमा सीमित रहने ख्रीष्टमस मुलुक धर्म निरपेक्ष भएसँगै सार्वजनिक रुपमा विस्तार भएको हो । नेपालको अन्तरिम संविधान, २०६३ र हालै जारी भएको नयाँ संविधानले धर्म निरपेक्षताको व्यवस्था गरेको छ । धर्म निरपेक्षतासँगै सबै धर्मावलम्बीले सम्मानपूर्वक आ-आफ्ना धर्म मान्नुका साथै चाडपर्व मान्न थालेका छन् । यो पर्व मनाउन सरकारले वि.सं. २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिन थालेको छ । पछिल्लो जनगणनाअनुसार नेपालमा १.४२ प्रतिशत ख्रीष्टियन धर्मावलम्बी रहेका छन् । नेपालमा ख्रीष्टमसप्रति बढ्दो आकर्षणका बारेमा राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालका महासचिव सिबी गहतराज भन्नुहुन्छ, "केही युवाले फेसनका रुपमा यो पर्व मनाएको देखिएपनि मुख्य कुरा संविधानले धर्म निरपेक्षताको व्यवस्था गरेपछि ख्रीष्टियन धर्मावलम्बी खुल्न थालेका हुन् ।" बुझेर वा नबुझेर हो, हाल ठूला सहरमा ‘ख्रीष्टमस इभ’ भन्दै सबै धर्मावलम्बीका युवा शुभकामना साटासाट गर्ने र नाचगानमा सरिक हुने 

गोरखापत्र दैनिक पुस ९, २०७३



No comments:

Post a Comment