प्रेम
-प्रीति अर्याल
मैले प्रेम गर्ने ओ प्रिय मान्छे समय नदीमा हेंलिदै जहाँ जहाँ पुगे पनि तिमी समाहित गर्दै मभित्र तिमीलाई प्रेम गरिरहन्छु ।
भराेसाकाे शान्त छहारीमा मुटु- माझ राख्दै तिम्रो छवि भावनासँग भावनाहरु साट्दै एकान्तमा आनन्दपूर्वक पर्खिरहन्छु । जे - जे मन लाग्छ गर्नु तिमी तिमीलाई प्रेम गरिरहन्छु । समाहित गर्दै जीवन - शून्यता हृदय - तलाउमा बाटो हेर्दै सिङ्गो तिम्रो उपस्थिती खाेजिरहन्छु तिमीलाई म प्रेम गरिरहन्छु । मनभित्र उर्लिएकाे दु:ख- पीडा स्नेह ईरेजरले मेट्दै चकनाचुर पार्दै तडप, छट्पटी, उदासी तिमी भित्रका मधुरो बालेर बत्ती अंकमाल गर्दै मेटाइदिउँला हृदयभित्र मडारिएकाे एकान्त झरि र, गराैंला सपनाका कुरा ।
असाध्यै मनपर्ने तिम्रो छवि नहटाई कहिल्यै मुटुबाट प्रेम गरिरहन्छु । छाेडि गए पनि तिमी आजीवन नमेटिने तिम्रा पैतालाका डाेबहरु पछ्याइरहन्छु । आगमन पर्खिदै तिम्रो निरुद्देश्य, जीवनको अन्तिम साससम्म प्रेम गरिरहन्छु । घृणा नै पाे गरिरहन्छाै कि तिमी ........? वियोगमा भावशून्य हुँदै एक्लै एक्लै जम्न लाग्दा तिमी उदासीकाे उर्घादै पर्दा अन्तिम स्टेशनसम्म जीवनको सुरक्षित तिमीलाई राख्न चाहान्छु । ओंठमा पलाएको दु:ख पालुवालाई ओठैले पुछिदिन चाहान्छु । आश्चर्य चकित नहुनु तिमी हुँदै नहुनु आश्चर्य चकित चाहान्न बन्न जीवनसखा...... बन्दै बन्दिन म प्रेमिका पनि......! नियत बस, ओझेल पर्दै गए पनि तिमी पछ्याउँदै तिमीलाई हृदयमा थुनि राख्छु मैले प्रेम गरेको प्रेमको अनाैठाे कहानी ।
No comments:
Post a Comment