शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, January 5, 2025

कविता संसार मासिक अङ्क १७ (सम्पादकीय)

राष्ट्रिय व्यक्तित्वको योगदान

राष्ट्रिय व्यक्तित्वहरुको जन्मजयन्ती पुसमा बढी भएको देखिन्छ । नेपालको एकीकरणदेखि साहित्यका नक्षत्रहरुले यहाँ आँखा उघारेका हुन् । राष्ट्रिय एकता र विसङ्गतिप्रति उठेको आवाजले नयाँ गोरेटो पहिल्याउन लालायित भएको देखिन्छ । यो सबल भावना र उत्थानले सबैको भलो होस् भने मनोकामना झल्केको पाइन्छ ।

देशका लागि केही गर्न खोज्नेहरुले हिजो पनि गरेर देखाएका थिए । आफ्नो ज्यानलाई हत्केलामा राखेर नेतृत्वकर्ताले देशभन्दामाथि अरु छैन भन्ने कुरालाई मनन गरेर अगाडि बढेकाले यो उपलब्धि प्राप्त भएको हो । नत्र हाम्रो अस्तित्व आज कता हराइसकेको हुन्थ्यो होला । तत्कालीन समयमा हाम्रा पुर्खाले जुन भूमिका खेले, त्यसैले गर्दा हामीले आज नेपाली भएर गौरवान्वित हुने अवसर पाएका छौं । यिनै कारणले पुर्खाको आँटलाई हामीले सम्मान गर्दै आएका छौं ।

पुर्खाको योगदानले हामीलाई सदैव अगाडि बढ्न हौसला र प्रेरणा प्रदान दिइरहेको महसुस हुन्छ । तसर्थ योगदानी व्यक्तित्वहरुले हिजो जे जसो कार्य गरेका थिए । त्यो देशको सम्वृद्धिका लागि निकै महत्वपूर्ण छ । यही नेतृत्वदायी भूमिकाले विकासको बाटो पहिल्याउन सहज भएको छ । बाटो भुलेकाहरूलाई सही मार्ग हिंड्ने साहस जुटाएकोले आज यहाँ पुग्न सफल भएको छ ।

अन्त्यमा, कविता संसारको यात्रा जारी छ । सर्जक र पाठकहरुको सद्भावले यो सहयात्रा बनेको छ । यसले सदैव माया र विश्वास पाएकाले अघि बढ्न अझै होस्टेमा हैंसे भएको छ । आशा छ, तपाईंहरुको साथ र सहयोगले यो सहयात्रा सहज हुँदै जानेछ ।

अङ्क १७ पढ्न र डाउनलोड गर्नका लागि


---------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment