जाडो र बलेको आगोको राप
यतिखेर जाडोले अतिक्रमण गर्ने क्रम बढेको छ । अतः आगो सबैका लागि प्यारो हुने भयो । हाम्रो एउटा प्रचलित उखान छ- सबैले बलेको आगो ताप्छ । यो सत्य र यथार्थ पनि हो । चिसो चुल्हो अघिल्तिर कोही पनि बस्न मान्दैन । जहाँ-जता होस् सबैले खोज्ने भनेको बलेको आगो नै हो ।
यो जुनसुकै क्षेत्रमा लागु भएको देखिन्छ । हाम्रा कतिपय उखान जीवनदर्शनसित मेल खाएको देखिन्छ । यसले दिने सन्देश कुनै महात्मा र दार्शनिकको मार्ग निर्देशनभन्दा कम हुँदैन । भनौं त एक हिसाबले लघुकथाजस्तै मार्मिक र सार्थक हुन्छ । यो आकारमा छोटो र मीठो जीवनको अर्थ बोकेको पाइन्छ । जुन आँखाको नानी सरह सुन्दर र आकर्षक हुन्छ ।
हिजोआज सबैले फाइदा हुने कुरा मात्र गर्दछ । आर्थिक मन्दी विश्वव्यापी ढङ्गले फैलँदो अवस्थामा साहित्यिक पत्रकारिता पनि यसको प्रभावमा परेको छ । अतः अस्तित्वको रक्षार्थ व्यवसायिकरणमा लाग्नु वाध्यता हो । यसको प्रभाव र परिमाण भोलि समयले देखाउने छ ।
अन्त्यमा, लघुकथा संसार यस्तो अवस्थादेखि सदैव सचेत रहँदै आएको छ । हाम्रो यो अठोट पछिसम्म पनि कायम रहिरहने छ । हुन त जाडोले हाम्रो मन-मस्तिष्क कठ्याँग्रिन नपरोस् । त्यो सदैव जागरुक र न्यानो रहिरहोस् । बलेको आगोले कत्तिको न्यानो पार्छ, त्यो हेर्न बाँकी नै छ । अस्तु...!
अङ्क १८ पढ्न र डाउनलोड गर्नका लागि
No comments:
Post a Comment