झिल्का कविता
१
अति गर तर
नचिताऊ कुनै खति
आऊ हाेऔं सराेवर।
२
नहटाैँ पछि कहिल्यै
आँट गराैँ जब्बर
पुगाैँ गन्तव्य पहिल्यै।
३
चिसाे याम आयाे
घाम अति मधुराे
मुटु सबैकाे लुगलुगायाे।
४
लुगा न्यानाे लगाऔं
ताताे पानी पिऊ
जाडाे जसै भगाऔं।
५
नभिर्नु छात्तीमा बिल्ला
घाँटी बहुतै जाेगाऔं
बसाउँ न्यानाे किल्ला।
६
ताताे चियाकाे प्याला
फाइदा गर्छ त्यस्ले
फुताउँदै ठन्डीकाे ताला।
७
ऊनी लुगा लगाऊ
ठन्डी माैसम बुझेर
चिसाे तह लगाऊ।
८
नसुताैँ अब धेरै
जागा हाेऊ जनता
खाेजाैँ हक सबेरै ।
९
सीमा मिचियाे धेरै
सबै नबाेली बसेर
आँगन चाेइटियाे ।
१०
तिमी आफै जाऊ
लाग्नु छैन पछि
चाहिएन झुठाे दाऊ ।
११
मलाई टोलाइ नहेर
तिम्राे बुझ्छु नजर
मेराे हृदय चिरेर ।
१२
नखेद मुसो धेरै
बन्ला ऊ भोलि
झम्टिने ठूलो शेरै ।
- साँगा, बनेपा
No comments:
Post a Comment