1 एउटै थानको कपडा कस्ले कसरी सिउँछ आफ्नै विचार हो गिलासको पानीलाई कस्ले कसरी पिउँछ आफ्नै विचार हो, जस्ले जे जे भने पनि यहाँ सबैको विचार एउटै हुँदै-हुँदैन एकबारको जिन्दगी कस्ले कसरी जिउँछ आफ्नै विचार हो ।
2
सानो छँदा त उमङ्गको उडान भरिरहुँ जस्तो हुन्थ्यो
जति अभाव भएपनि मुस्कान छरिरहुँ जस्तो हुन्थ्यो,
बालापनको संसारमा खुसीहरु ढकमक्क फुल्दाखेरि
3
अँध्यारो रातले अलिकति प्रकाश मागेको छ
जूनताराहरूले पनि बेग्लै आकाश मागेको छ,
आनन्दको गर्भभित्र उत्साह फक्रीरहेको बेला
4
अनगिन्ती भोकहरूलाई प्रायः नखाएर टारेको छु
गहभरि अभाव टिल्पिलाउँदा लुकाएर झारेको छु,
चिस्सिएको पत्थरको रापले खुसी नछड्किएपछि
स्वयंलाई आशाको बन्धनबाट फुकाएर सारेको छु।
5
मेरो मात्रै हैन समय कसैको नि एकनास हुँदैन
सुख आउनेछ पक्कै दु:खको मात्रै बास हुँदैन,
आशावादी मानिसले नै सफलता प्राप्त गर्ने हो
निरास भएर बाँच्ने हो भने जिन्दगी खास हुँदैन ।
6
अचानक ढुङ्गाले माटोलाई भर दिन छोडेको छ
निर्दयी रहेछ भगवान पनि वर दिन छोडेको छ,
जीवनका रङहरू उड्दै गएको देखेर होला सायद
हिजोआज समयले मलाई रहर दिन छोडेको छ ।
7
गन्तव्य एउटै होस् हाम्रो सफर एउटै होस्
सानो झुप्रो किन नहोस् तर घर एउटै होस् ,
पहाडमा बसौं चाहे तराईको फाँटमा बसौं
जहाँ रहेनि एउटै मुटु होस् रहर एउटै होस् ।
8
शरद्को हुरीबतासले उडाउँछ कि थाहा छैन
भर्खरै पलाएका मुना चुडाउँछ कि थाहा छैन,
धूमिल आशाहरुले अमिलो भैरहेको मनलाई
मीठा कुराहरूले पनि कुडाउँछ कि थाहा छैन ।
No comments:
Post a Comment