शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, April 9, 2013

नक्कली एटिएम कार्डबाट पैसा झिक्ने अन्तर्राष्ट्रिय गिरोह

प्रतिमा बास्कोटा  काठमाडौं, चैत्र २७ - नक्कली एटिएम प्रयोग गरेर नेपालका बैक खाताबाट पैसा झिक्न थाइल्याण्ड र भारतका गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ ।
नेपाल इभेष्टमेन्ट बैकको नक्कली एटिएम कार्ड बनाएर रकम झिक्ने ३ जनालाई सार्वजनिक गर्दै केन्द्रीय अनुसन्धान ब्युरोले ठगीमा अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेको स्पष्ट पारेको हो ।
ब्युरोका डिआइजी केशबहादुर शाहीले एटिएमबाट रकम ठगी गर्ने नौलो प्रबृती देखिएको बताए ।
यो अपराध त्रिदेशिय रुपमा हुने गरेको छ । एटिएमबाट रकम निकाल्न नक्कली कार्ड थाइल्याण्डको बैङककमा बन्ने गरेका छन् । ति एटिएम कार्ड गिरोहले भारतमा ल्याउने गरेको छ । भारतमा एटिएमका पिन र नम्बर राखेर ति कार्डहरु बिक्रि गर्ने गरेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरको महेन्द्रनगरबाट नेपाल इन्भेष्टमेन्ट बैङकको एटिएम कार्डबाट रकम झिक्दा झिक्दै समातिएका ३ जनाको बयानबाट एटिएम ठगीमा संगठित गिरोह सक्रिय रहेको पुष्टि भएको हो । 'हामीले पक्राउ गरेर ल्याएका ब्यक्तिले एटिएम कार्ड नै खरिद गरेर ल्याएको बताएका छन्' शाहीले भने '२० हजार भारतिय रुपैंयामा कार्ड किनेर बिभिन्न खाताबाट यिनीहरुले एक लाख ८० हजार नेपाली रुपैंया निकालेको पाइयो ।' केन्दि्रय अनुसन्धान ब्युरोले एटिएमबाट ठगी गर्ने भारत नैनीतालका सुरेश सिंह बिष्ट, मोहनसिंह बिष्ट र चन्द्र सिंह बिष्टलाई पक्राउ गरेको थियो । ।
प्रहरीले जनाए अनुसार यी ३ जनाले भारत घर भएका सञ्जु र काठमाडौंका सुरज गुरुङ नाम बताउने ब्यक्तिबाट ति कार्डहरु खरिद गरेको हुन् । नेपाल इनभेष्टमेन्ट बैङकका प्रमुख कार्यकारी अधिकृत ज्योती पाण्डेले एक बर्ष अघि मे १ र २ २०१२ मा एसिटी नेटवर्कमा राखिएका भिषाकार्डहरुबाट रकम निकालिएको बताए । 'ति कार्डहरु फरक फरक मितीमा बनेका थिए' उनले भने 'नेटवर्किङमा राखेपछि पिनकोड लगायत अन्य जानकारी चुहावट भएका छन् ।'
उनका अनुसार यसमा ईन्भेष्टमेन्ट बैङकमा काम गर्ने कर्मचारीको गल्ती वा बदमासी छैन । उनले मार्च २१ मा आफ्ना ग्राहकले आफ्नो खाताबाट रकम निकालिएको गुनासो गरेपछि अनुसन्धान गर्दै जाँदा थाहा पाएको बताए ।

पाण्डेले आफ्नो एटिएम कार्ड आफुले नै मात्र प्रयोग गर्न ग्राहकलाई सुझाए । उनले बेला बेलामा आफ्नो एटिएमको पिनकोड बदलेर प्रयोग गर्न समेत अनुरोध गरेका छन् । पक्राउ परेका ३ जनाले २६ जना ग्राहकको एटिएम कार्डबाट पैसा निकालेको जनाएको छन ।
गिरोहले नक्कली कार्डबाट भारतको नयाँ दिल्ली र हल्दानी क्षेत्रबाट रकम निकालेका थिए । यस्तै नेपालको नबिल, सिदार्थ र सनराईज बैङकको एटिएम मेसिनबाट रकम निकालेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट नेपाल इनभेष्टमेन्ट बैङको १२, हिमालय बैङकको १२, लक्ष्मी बैङको १, भारतिय बैङकको १ र मास्टर कार्ड २ र भिषा कार्ड एक बरामद गरेको छ ।
यस्तै डिनर्स क्लब इन्टरनेशनल लेखिएको डेबिट कार्ड २८ वटा र पञ्जाब नेशनल बैङकको एटिएम कार्ड एउटा  बरामद गरेको छ । यस्तै ६६ हजार ६ सय नेपाली र ९ हजार ९७० भारतिय रुपैंया बरामद गरेको जनाएको छ ।  यसरी रकम ठगी गर्नेलाई बैङकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा १५ को उपदफा २ (क) अनुसार एक बर्षसम्म कैद र बिगो भराई त्यहि बमोजिमको जरिवाना तोकेको छ । 
प्रकाशित मिति: २०६९ चैत्र २७ १२:२६
-ekantipur.com

No comments:

Post a Comment