शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, December 26, 2014

झमक कुमारीको जीवनीमा चलचित्र निर्माण हुने


झमक कुमारीको चर्चित अात्मकथा ‘जीवन काँडा कि फूल’

जागृति फिल्मस् को ब्यानरमा बिनोद बिष्टले झमक कुमारीको आत्मकथा ‘जीवन काँडा कि फूल’ को नामबाट नेपाली कथानक चलचित्र निर्माण गर्ने भएका छन् । यस आत्मकथा लेखेर झमकले मदन पुरस्कार प्राप्त गरेकी थिइन । यिनै सफल कवियत्री झमक घिमिरेको जीवनीमा आधारित रहेर यो चलचित्र निर्माण हुन लागेको हो । झमकले ८ बर्षको उमेरमा अक्षर लेख्न थालेकी थिइन, उनले १५ बर्षको उमेरबाट साहित्य लेखन सुरु गरेकी हुन् ।
बिष्टका अनुसार ‘जीवन काँडा कि फूल’ नामक आत्मकथामाथि नै आधारित रहेर कवियत्री झमकको निश्चित समयावधिको जीवनीमाथि उक्त चलचित्र निर्माण गर्न लागीएको हो । चलचित्र निर्माणका लागि झमक घिमिरे साहित्य प्रतिष्ठानबाट समेत स्विकृत लिइसकिएको बुझिएको छ ।
बताइए अनुसार गएको बर्षनै यो चलचित्र निर्माण गर्ने योजना गरिएको थियो तर झमकको बाल्यकालको अभिनय गर्ने कलाकार नभेटिएका कारणले एक बर्ष ढिला भएको हो । यस चलचित्रका लागी वि. सं. २०४५ को भूकम्पले भत्काएको झमकको जन्मघर, गाइगोठ लगायतका कृत्रिम संरचनाहरू समेत निर्माण गरी छायाँकन गरिने बताइएको छ ।
साभार: मिडियाएनपी 
.................................................................................................
साहित्यकार झमक घिमिरेको नाम नेपाली साहित्यको क्षेत्रमा निक्कै आदरका साथ लिइन्छ । उनको आत्मपरक निबन्ध संग्रह ‘जीवन काँडा कि फूल’ नामक कृतिले यस वर्षको मदन पुरस्कार प्राप्त गरेपछि त झमकको चर्चा झन चुलिएको छ । मदन पुरस्कार गुठीले उनलाई दुई लाख राशीको मदन पुरस्कार प्रदान ग-यो ।
उनको कृति ‘जीवन काँडा कि फूल’का बारेमा डा.गोविन्दराज भट्टराई लेख्छन्- 'यो एक शक्तिशाली सिर्जना हो । झमकको लेखन उत्कर्ष । उनको भावना, विचार र दर्शनको पनि उत्कर्ष । सबैसबै भोगाइ र अनुभवले उत्पन्न गरेको जीवन विश्लेषण । यसभित्र सारा विकार बढार्ने आँधी छ । बेलाबेला आँसुका ढिका खस्छन् । पाठक वेदनाले भक्कानिएर आउँछ । ऊ अरु पृष्ठ पल्टाउन नसक्ने हुन्छ । फेरि अघि बढ्दछ । पत्याउन मुस्किल पर्छ, तर यहाँ त्यस्तो इमान्दारी छ जसले नग्न सत्य (बेअर टु«थ) पाखा ल्याइदिन्छ । ती सत्यहरु हाम्रो समाजले भोगिरहेका व्यथा र कुण्ठा हुन् । उनी नरनारीभन्दा माथि एक समाजसुधारक मानवतावादी भएर उचालिन्छिन् । के उनको स्वर कसैले सुनिरहेको छैन ? आज देशले सुन्नेछ, भोलि यी अविजेय योद्धालाई संसारले चिन्नेछ, सम्मान गर्नेछ ।
पारिजात पछि मदन पुरस्कार पाउने दोश्रो महिला श्रष्टा बन्न सफल झमक घिमिरे २०३७ सालमा जन्मेकी परिवारकी जेठी छोरी हुन । प्रतिमस्तिष्कको रोगका कारण जन्मैदेखि उहाँका हात गोडा चल्दैनन् भने उनी बोल्न पनि सक्दिनन । उनले २०५३ साल देखि खुट्टाको औलाको सहयोगले अक्षर लेख्न थालेकी हुन । झमकले भाई बहिनीले लेखपढ गरेको देखेर अक्षर लेख्न र पढन् सिकेकी हुन ।

भाईबहिनीसंगको संगतबाट अक्षर चिनेकी झमकले खुट्टाको बुढी औलाको टुप्पोमा अँगार च्यापेर धुलो माटोमा लेख्ने गर्थिन । त्यही धुलोमा लेख्न थालेको अभ्यासले झमकलाई मदन पुरस्कार समेत दिलायो ।
बोल्न नसक्ने साहित्यकार झमक देब्रे खुट्टाका दुई औलाले लेखेर नै साहित्य सिर्जना गर्छिन । १५ वर्षको उमेरदेखि साहित्य सिर्जनामा लागेकी ३१ बर्षिय साहित्यकार झमक घिमिरेका यसअघि नै आधा दर्जनभन्दा धेरै साहित्यिक कृति प्रकाशित छन् ।
- See more at: http://www.hellonepalkorea.com/index.php?pg=detail&type=personality&id=11297#sthash.TRgBdovF.dpuf


झमक घिमिरे को हुन्?-प्रतीक्षा
 


साहित्यकार झमक घिमिरेको नाम नेपाली साहित्यको क्षेत्रमा निक्कै आदरका साथ लिइन्छ । उनको आत्मपरक निबन्ध संग्रह जीवन काँडा कि फूलनामक कृतिले मदन पुरस्कार प्राप्त गरेपछि त झमकको चर्चा झन चुलिएको छ । मदन पुरस्कार गुठीले उनलाई दुई लाख राशीको मदन पुरस्कार प्रदान गर्यो ।

उनको कृति जीवन काँडा कि फूलका बारेमा डा.गोविन्दराज भट्टराई लेख्छन्- 'यो एक शक्तिशाली सिर्जना हो । झमकको लेखन उत्कर्ष । उनको भावना, विचार र दर्शनको पनि उत्कर्ष । सबै भोगाइ र अनुभवले उत्पन्न गरेको जीवन विश्लेषण । यसभित्र सारा विकार बढार्ने आँधी छ । बेलाबेला आँसुका ढिका खस्छन् । पाठक वेदनाले भक्कानिएर आउँछ । ऊ अरु पृष्ठ पल्टाउन नसक्ने हुन्छ । फेरि अघि बढ्दछ । पत्याउन मुस्किल पर्छ, तर यहाँ त्यस्तो इमान्दारी छ जसले नग्न सत्य (बेअर टु«थ) पाखा ल्याइदिन्छ । ती सत्यहरु हाम्रो समाजले भोगिरहेका व्यथा र कुण्ठा हुन् । उनी नरनारीभन्दा माथि एक समाजसुधारक मानवतावादी भएर उचालिन्छिन् । के उनको स्वर कसैले सुनिरहेको छैन? आज देशले सुन्नेछ, भोलि यी अविजेय योद्धालाई संसारले चिन्नेछ, सम्मान गर्नेछ । 

पारिजात पछि मदन पुरस्कार पाउने दोश्रो महिला श्रष्टा बन्न सफल झमक घिमिरे २०३७ सालमा जन्मेकी परिवारकी जेठी छोरी हुन । प्रतिमस्तिष्कको रोगका कारण जन्मैदेखि उहाँका हात गोडा चल्दैनन् भने उनी बोल्न पनि सक्दिनन् । उनले २०५३ सालदेखि खुट्टाको औलाको सहयोगले अक्षर लेख्न थालेकी हुन् । झमकले भाइबहिनीले लेखपढ गरेको देखेर अक्षर लेख्न र पढन् सिकेकी हुन । भाइबहिनीसँगको संगतबाट अक्षर चिनेकी झमकले खुट्टाको बुढी औलाको टुप्पोमा अँगार च्यापेर धुलो माटोमा लेख्ने गर्थिन  त्यही धुलोमा लेख्न थालेको अभ्यासले झमकलाई मदन पुरस्कार समेत दिलायो।
बोल्न नसक्ने साहित्यकार झमक देब्रे खुट्टाका दुई औलाले लेखेर नै साहित्य सिर्जना गर्छिन् । १५ वर्षको उमेरदेखि साहित्य सिर्जनामा लागेकी ३१ बर्षिय साहित्यकार झमक घिमिरेका यसअघि नै आधा दर्जनभन्दा धेरै साहित्यिक कृति प्रकाशित छन् ।

No comments:

Post a Comment