शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, December 29, 2014

भारतीय सिरियलका नेपाली निर्देशक

-ऋषिराम कट्टेल


आइतबार बाहेक साताको ६ दिन बेलुका ९.३० मा स्टारप्लसबाट प्रसारण हुने धारावाहिक ये रिस्ता क्या कहलाता है लोकप्रिय पारिवारिक सिरियल हो। स्टारप्लसको लोकप्रियतामा उत्कृष्ट तीन भित्र रहेको यो मेघा सिरियलले ५ पुसमा १ हजार ६७५ भाग पूरा गर्‍यो। धेरैजसो मुम्बईको फिल्म सिटीमा खिचिने यो सिरियलको सेट मात्र दुई करोड भारतीय रुपैयाँको छ। डाइरेक्टर्स कट नामक कम्पनी निर्माता रहेको यो सिरियल निर्देशनमा राम पाण्डेलाई भारतकै जय काल्राले साथ दिएका छन्। मुम्बईमा डेढ दशक संघर्ष गरेर यहाँ आइपुगेको हुँ”, रामनगर भुमहीका राम भन्छन्, “मेरो ठाउँमा आइपुग्न यही सिरियलमा ६ जनाले सहायक निर्देशकको काम गरिरहेका छन्।

१९ वर्षको उमेरमा एसएससी दिएपछि ठूलो शहरमा काम खोजेर दाम कमाउने उद्देश्यले मुम्बई पुग्दा रामलाई त्यो काम के हो थाहा थिएन। संयोगले उनलाई काम दिने घरका जितेन्द्र कुमार सिरियल निर्देशक परेछन्। कामप्रति रामको लगनशीलता देखेर जितेन्द्रकुमारले उनलाई सिरियलमा आफ्नो सहायक बनाए। उस्तै लगनशीलताबाट उनी चाँडै नै मुख्य सहायक निर्देशक बने। त्यसक्रममा जस्सी जैसी कोही नही, कुमकुम, जाने भी दे यारो, हिना लगायत २०२५ वटा सिरियल बने। दूरदर्शनको स्त्री तेरी कहानी र जीटीभीको तुम्हारी दिशा मा निर्देशक भएँ”, राम भन्छन्, “त्यसपछि ये रिस्ता क्या कहलाता है को जिम्मेवारी लिएँ।
सही समयमा मान्छे भेटेर गलत ठाउँमा चक्कर काट्नबाट बचेकोले आफू छोटो समयमै सफल भएको रामको स्वमूल्यांकन छ। २००९ जनवरी १२ देखि प्रसारण शुरु भएको ये रिस्ता क्या कहलाता है दुई हजार श्रृंखलासम्म पुर्‍याउने उनको लक्ष्य छ। उनी अरुले बनाएको १८०० भागसम्मको रेकर्ड तोड्न चाहन्छन्। नयाँ रेकर्ड कसले राख्यो भन्दा नेपालीको छोराले”, राम भन्छन्।

मुम्बईको मलाडमा दुईवटा फ्ल्याट किनेर बसेका उनले कार किनेर ड्राइभर राखेको चार वर्ष भयो। यसबाट उनको कमाइ अनुमान गर्न सकिन्छ। कमाइ सम्बन्धी प्रश्नको उत्तरमा उनले मिहिनेत गरे मुम्बईले सपना पूरा गरिदिने बताए। उनी यो सिरियलपछि फिल्म निर्देशन गर्ने योजनामा छन्। केही समय अघि स्त्रि्कप्ट लिएर आफूलाई भेट्न मुम्बई आएका नेपाली निर्माताहरूसँग विस्तृत छलफल भएको बताउँदै रामले भने, “ठूलो बजारमा काम गरिरहेको भए पनि म आफ्नो सीप आफ्नै देशमा प्रयोग गर्न चाहन्छु।
ये रिस्ता क्या कहलाता है बाट बनेको इमेजका कारण उनी सिरियल होस् कि फिल्म, गतिलो दिनुपर्ने दबाबमा छन्।
साप्ताहिक खबरपत्रिका हिमालबाट

-ऋषिराम कट्टेल

No comments:

Post a Comment