शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, July 26, 2012

विश्वका केही अनौठा चराहरु


- त्रिचन्द्र प्रतीक्षा

 


सबैभन्दा ढिलो उड्ने चरा
सबैभन्दा ढिलो उड्ने चराको उड-कक ९ध्ययम-अयअप० हो । यो चरा आफ्नो प्रजनन कालको बेलामा अरू चराहरूभन्दा निकै ढिलो गतिमा आकाशमा उडिरहेको देख्न सकिन्छ । अति सुस्त गतिमा प्रति घन्टा करिब ८ किलोमिटरको गतिमा आकाशमा उडिरहेको हुन्छ । यो चरा यसरी ढिलो उड्नुको खास कारण चाहिँ जमिनमा रहेको पोथी चराले आफूलाई सजिलै र लामो समयसम्म देख्न सकून भनेर नै हो ।



सबैभन्दा बढी दौड्न सक्ने चरा
जमिनमा सबैभन्दा बढी दौड्न सक्ने चरा अस्टि्रज हो । सरदर ७२ कि. मि. प्रति घण्टा दौड्ने अष्ट्रिच चरामध्ये पनि सबैभन्दा बढी वेग ९६.५ कि. मि. प्रति घण्टासम्म पाइएको छ । दौ्न सजिलो बनाउनका लागि अस्टि्रचको खुट्टामा जम्मा दुईवटा औँंला मात्र हुन्छ । दुइटा औंँलामध्ये एउटा ठूलो आकारको र चेप्टो नङ्ग्रासहित हुन्छ भने अर्को औँंला नङ्ग्राविहीन र सानो हुन्छ ।


सबैभन्दा धेरै गहिराइमा र धेरै बेरसम्म पौड्न सक्ने चरा
धेरै गहिराइमा र धेरै बेरसम्म पौडन सक्ने चरा पेङ्ग्विन जातिअन्तर्गतको 'इम्पियर पेङ्ग्विन' हो । एक प्रयोगमा इम्पियर पेङ्ग्विन २६५ मिटरको गहिराइमा १८ मिनेटसम्म पौड्न सकेको पाइएको छ ।


एउटै झुण्डमा सबैभन्दा बढी हुने चरा
अपि|mकामा मात्र पाइने एक प्रकारको रातो चुच्चो भएको क्वेलिया नाम गरेको चरा ९च्भम-दष्ििभम त्रगभभिब० झट्ट हेर्दा भँगेरा जस्तो हुन्छ तर यसको रातो चुच्चोले गर्दा यो भंँगेराभन्दा फरक देखिन्छ । एउटै झुण्डमा सबैभन्दा बढी सङ्ख्यामा रहने चराको नाम लिनुपर्दा चाहिँ यही चराको नाम आउँछ । यो चराको एउटा झुण्डमा मात्रै पनि दसौं लाखको सङ्ख्यामा चरा रहेकाहुन्छन् । एक अनुमानअनुसार, संसारमा यो चरा एक खर्बको सङ्ख्यामा रहेको छ । त्यसैले, अन्न खाएर बाँच्ने यो चरालाई अपि|mकाका किसानहरू आफूलाई बर्बाद पार्न सक्ने शत्रुको रूपमा लिने गर्छन् ।

सबैभन्दा बढी बोल्ने चरा
चराको प्रजातिमा सबैभन्दा बढी बोल्ने चरामा पहाडी मैनाको नाम अगाडि आउँछ । विशेषतः भारत, श्रीलङ्का र बर्मामा पाइने र पिँजडामा पालिने यो चरा आवाज नक्कल गर्न सिपालु हुन्छ र बोलिरहन रूचाउँछ ।

सबैभन्दा डरलाग्दो चरा
सबैभन्दा त्रासद, अनिष्टकारी र भयदायी चराको नाम लिनुपर्दा उल्लूको नाम आउँछ । उल्लूको विचित्रको आँखा, राति मात्र चहलपहल गर्ने बानी र दुष्टात्माहरूका लागि जादू टुनामुनाको माध्यम एवं खराबीको बाहकसँग यसको सम्बन्ध रहेको अन्धविश्वासजस्ता कारणले गर्दा यो चरा संसारभरिमै सबैभन्दा डरलाग्दो त्रासद चरा मानिन्छ तर वास्तवमा यो चरा मान्छेका लागि पूरै हानिरहित हुन्छ । बरू यस चराले मुसाजस्ता बालीनालीलाई सखाप पार्ने दुष्ट जन्तुलाई आफ्नो शिकार बनाएर उल्टै मान्छेलाई सहयोग गरिरहेको हुन्छ । 


सबैभन्दा सानो चरा
पंक्षी जगत्मै सबैभन्दा सानो चराको नाम 'बी हमिङ वर्ड' हो । यो ५.७ से. मि. लम्बाइको र १.६ ग्राम तौलको हुन्छ । भाले भन्दा पोथी केही ठूलो हुन्छ । यसको गुँड पनि निकै सानो हुन्छ । यसको गुँड वयस्कहरूको बूढी औंँलाभन्दा केही ठूलो मात्र हुन्छ । सबैभन्दा सानो फुल पनि यही 'बी हमिङ बर्ड' कै हुन्छ । यसको कुल ६.३५ मिलिमिटरसम्मको पाइएको छ ।


सबैभन्दा ठूलो गुँड बनाउने चरा
रूखमा सबैभन्दा ठूलो गुँड बनाउने चरा 'वाल्ड ईगल' हो । 'वाल्ड ईगल' अमेरिकाको राष्ट्रिय एकता र स्वतन्त्रताको प्रतीक पनि हो । अहिलेसम्म पाइएको 'वाल्ड ईगल' को सबैभन्दा ठूलो गुँड २.९ मिटर चौडा र ६ मिटर गहिराइको छ । यो गुँड सेन्ट पिटर्सवर्ग फ्लोरिडामा पाइएको थियो । यत्रो गुँड केवल रूखका हाँगा तथा पातहरूबाट बनाइएको हुन्छ र यसमा पोथी वाल्ड ईगलले जम्मा दुईवटा मात्र फुल पार्छ ।


सबैभन्दा सानो गँुड बनाउने चरा
'क्राउन्ड स्विफ्ट' नामक चराको गुँड सम्पूर्ण पक्षीजगत्मा सबैभन्दा सानो हुन्छ- केवल डेढ इन्च चौडा । यसमा केवल एउटा अन्डा अटाउँछ । यो चरा यसलाई कोरल्नका लागि सोही गुँड बनाएको हाँगामा सम्पूर्ण गुँडने ढाकिने गरी ओथारो बस्दछ ।


तीक्ष्ण सुघ्ने शक्ति भएको चरा
पंक्षी जगत्मा तीक्ष्ण सुघ्ने शक्ति भएको चरा किवी हो । यस्तै आफ्नो तीक्ष्ण सुँघ्ने शक्तिलाई प्रयोग गरी आहारा खोज्ने एक मात्र चरा पनि किवी हो । सुघ्ने शक्तिको प्रयोग गरेर माटोमा भएको गड्यौला, कीरा आदि खोज्ने काम गर्छ । किवी पुच्छर नभएको र उड्न नसक्ने चरा पनि हो ।


रगत पिउने चरा
रगत पिउने अनौठो तर सानो चराको नाम हो- सार्प बिक्ड ग्राउन्ड फिन्च । यो चरा सर्वप्रथम सन् १९८० मा ग्यालापागोस टापुमा गएको एक टेलिभिजन टोलीले भेट्टाएको थियो । साधारणतया बीऊ खाएर बाँच्ने यो चराले 'मास्कट बबिज' नामको चराको जीउमा बसेर पुच्छर तथा पखेटामा ठुगीँ रगत निकालेर खाने गर्दछ । यो चरा मास्कड बबिज चराको गुँडबाट फुललाई धकेलेर भीरबाट खसाई फुटाएर खान पनि सिपालु छ ।


स्रोतः विभिन्न वेभसाइटहरू
http://www.gorkhapatra.org.np/mag/yubamanch.detail.php?article_id=1433&cat_id=39

No comments:

Post a Comment