शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, March 27, 2016

‘अमेरिकन’ लाहुरेसँग लगनगाँठो कस्न खोज्दा यसरी ठगिए १६ सुन्दरी

jivan thagi (15)काठमाडौं – नुवाकोटका जीवन तामाङले आफूलाई कहिल्यै सक्कली नामले चिनाएनन् । अमेरिकी राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्लु बुस, तथा बाराक ओबामासँगको फोटो आफ्नो बेड रुम र मिटिङ रुममा सजाएका जीवनले आफुलाई कहिले अमित भन्थे, कहिले काभ्रेली विष्णु कुमार तामाङ ।
jivan thagi (7)
चावहिलमा एक आलिसान महलको फ्ल्याट भाडामा लिएर बसेका जीवनले नुवाकोटको सामरी गाविसकी सुवि तामाङसँग विवाह गरेका थिए । उनी काठमाडौं बाहिर हिँडीरहन्थे, चावहिलमा उनको सात बर्षिय छोरा र श्रीमती सुवि बस्थीन् । टहलिएको भरमा मासिक लाखौं कमाउने जीवनसँग सुबी पनी मख्ख थिईन् । जिन्दगी शानले चल्दै थियो ।
आफूलाई अमेरिकी आर्मी बताउने तिनै खाइलाग्दो ज्यानका जीवन तामाङबिरुद्ध करिब ६ महिनाअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा ठगीको उजुरी पर्यो । काठमाडौं प्रहरीमा आएको जीवनबिरुद्धको पहिलो उजुरीमा ‘अमित लामाले आफूलाई अमेरिकन लाहुरे हुँ, तिमीसँग विवाह गर्छु भन्दै झुक्याएर दुई लाख पचास हजार ठगेको’ कुरा उल्लेख गरिएको थियो ।
त्यस्ता उजुरीहरु एकपछि अर्को बढ्न थाले । कसैले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिन्थे कसैले परिसरमा । एउटै व्यक्तिकाबिरुद्ध पढे–लेखेका युवतीहरुले पटक–पटक उजुरी गर्न थालेपछि काठमाडौं प्रहरीले खोज्न थाल्यो, ‘आखिर को हो जीवन तामाङ ?’
jivan thagi (4)
यसरी पट्याउँथे केटी !
जीवनको वास्तविकता बुझिसाध्य छैन । आफूलाई कहिले नुवाकोटको, कहिले धरानको बताउने जीवनले धेरैलाई आफु काभ्रेको मादनकुँडारी–३ को स्थायी बासिन्दा भएको बताएका थिए । ‘ग्रे कलरको एचपी ल्यापटप’ बोकेर हिँड्ने जीवन प्रविधिमा पोख्त थिए । इमेल, इन्टरनेट र फेसबुक चलाइरहन्थे । उनले फोटोसप प्रयोग गरेर अमेरिकी राष्ट्रपतिदेखि अमेरिकी सेनासँग नक्कली तस्विरहरु बनाएका थिए । अमेरिकी दुतावास र अमेरिकी सेनाका हरेक गतिविधी बारे अपडेट भइरहने तामाङले सिंगो अमेरिकी सेनाको नाम बेचेर लाखौं कमाए ।
jivan thagi (13)
कुनै स्मार्ट युवतीको पुरै पृष्ठभूमि थाहा पाएपछि उनी फ्रेन्ड रिक्वेस्ट पठाउँथे । केटीले फ्रेन्ड रिक्वेस्ट एसेप्ट नगरेसम्म लगातार मेसेज गर्थे, अनि साथी स्वीकार्न बाध्य बनाउँथे । केटीहरुले साथी स्वीकार्दा उनले केटीहरुको परिवारसमेतको सालाखाला विवरण तयार पारिसकेका हुन्थे । एउटी केटीका लागि उनले छुट्टै सिमकार्ड लिन्थे । घरमा राम्री श्रीमती थिइन्, जसका कारण उनी केटीहरुको शारिरीक संरचना देखेर कहिल्यै लोभिदैनथे, बरु उनलाई देखेर केटीहरु मोहीत हुन्थे । यस्तोमा १६ भन्दा बढी जनजाती युवती ठगे । अझै ठग्दै थिए, ठग्दा–ठग्दै उनी प्रहरीको फन्दामा परे ।

पहिला मोहित बनाउँथे, त्यसपछि लाख–लाख ठग्थे ! 
काठमाडौंको बानेश्वर बस्ने कोपिला तामाङ (नाम परिवर्तन) लाई जीवनले सबैभन्दा पहिले साथी बनाए । त्यसपछि कोपिला र जीवनको बीचमा लगातार च्याटिङ शुरु भयो । एकदिन जीवनले प्रस्ताव राखे, ‘मलाई एक्लोपनले असाध्यै सतायो, विवाह गर्न उत्सुक छु ।’
कोपिलाको विवाह भैसकेको थियो, त्यसैले जीवनको प्रस्तावलाई उनले अस्वीकार गरेर टाढिन खोजे । उनको जालमा परेपछि उम्कन निकै गाह्रो थियो ।
कोपिलालाई फसाउन उनले नयाँ आइडिया रचेर उनले आफ्नो श्रीमती प्रयोग गरे । ‘श्रीमतीलाइ बैनी भनेर कुरा गर्न लगाएको रहेछ’ ठगी प्रकरणको अनुसन्धान गरिरहेको एक प्रहरी अधिकृतले भने, ‘हामी गुरुङ, तामाङ सोझो जात, दाईले सोझो कुरा गर्नुभो माईन्ड नगर्नुस है भन्दै सुविले कोपिलालाई फकाएसँगै सम्वन्ध पुनः नयाँ ढंगले आगडी बढेछ ।’jivan thagi (10)
श्रीमतीले बहिनी बनेर मध्यस्तकर्ताको भूमिका खेलेपछि जीवनले ‘सरी’ भन्दै कोपिलालाई दिदी भन्न थाले, सम्बन्ध पहिलेभन्दा घनिष्ट बनाए ।
यो कुरा करिब दुई बर्ष अघिको हो । दिदी साइनो लगाएको केही महिनापछि आफु बाहिर भएको हुनाले काकाको उपचारका लागी तत्काल दुई लाख पचास हजार आवश्यक परेको भन्दै उनले कोपिलासँग पैसा मागे । त्यतिबेला उनले कोपिलालाई आफू नुवाकोटतिर आएको बताएका थिए । कोपिलाले राम्रै मनले जीवन श्रेष्ठको नाममा भनेजत्ति रकम आईएमई गरिदिइन् । पैसा दिएको भोलीपल्टबाट फेसबुके भाई जीवन तामाङ गायब भए ।
०००
रामेछापकी आकृती लामा (नाम परिवर्तन) बालाजु बस्थिन् । फेसबुकमार्फत साथी बनेका जीवनले बारम्बार कुरा गर्न खोजेपछि उनले बेवास्था गर्न खोजिन्, तर सकिनन् । आफूलाई अमेरिकी सेनाको जागिरे बताउने जीवनले फेसबुकमा बन्दुक भिरको फोटो हालेका थिए । आकृतीले उनको फेसबुक वालमा भएका सवै गतिबिधी हेरिन् । ‘अमेरिकी सेनाको भोजमा सहभागी भएको, बर्दिवाल अमेरिकी सेनाहरुसँग अंकमाल गरेको फोटाहरु पोष्ट गरेको देखेपछि विश्वास लाग्यो’ आकृती भन्छिन्, ‘अमेरिकी सपनाको अगाडी मलाई चार लाख सामान्य जस्तो लाग्यो, ठगिन्छु भन्ने थाहै भएन ।’
आकृतीकी आमासँग समेत भेटघाट गरेका अभियुक्तले पहिले उनीसँग विवाह गर्ने कसम खाए, पछी आफन्तको किड्नी फेर्नुपरेकाले पैसा आवश्यक भएको र अमेरिका पुगेपछि फकाईदिने बाचा गर्दै चार लाख आइएमई गर्न लगाए ।
jivan thagi (19)
स्कुलको ‘च्यारिटी शो’ मा दश लाख दिने घोषणा
नुवाकोटकी कविता थोकर (नाम परिवर्तन) अमेरिका जाने पाउनेमा ढुक्क थिइन् । जीवनसँग लामो समय फेसबुकमार्फत कुराकानी भएको मात्र थिएन्, एकपटक उनी कविताको घरमै पुगे । खाईलाग्दो ज्यानको अमेरिकी सेनामा जागिरे युवा आफ्नी छोरीलाई भेट्न पहाड घरमा आएपछि कविताको बावु आमाले पनि राम्रै मानमनितो गरे ।
जीवन पुगेको भोलिपल्ट गाउँको स्कुलमा च्यारिटी शो थियो । ‘नक्कली अमेरिकन सेना’लाई शिक्षकहरुले कार्यक्रमको अतिथि बनाए । स्कूलको कार्यक्रममा भाषण ठोकेका जीवनले विद्यालयलाई दश लाख दिने घोषणा गर्दा कविताको मन भित्रभित्रै उडेको थियो, चराजस्तै ।
स्कूललाई लाखौं दान गर्ने घोषणा गरेको भोलिपल्ट जीवन अमेरिका उड्ने व्यस्त सेड्युल देखाउँदै काठमाडौं फर्किए । काठमाडौं आएको भोलिपल्ट तत्काल पाँच लाख चाहिएको भन्दै उनले कवितालाई फोन गरेर आफुले सबै पैसा अमेरिकामै छाडेर आएको र उता पुगेपछी पठाईदिने बताए ।
बाबुले ऋण खोजे, कविताले सुन बेचिन् । बल्ल–बल्ल पाँच लाख जम्मा गरे आइएमई गरेको भोलिपल्ट कविता नसोचेको खबर सुनिन् । ककनीको नक्कली हवल्दार बनेर जीवनले चलाउने नम्बरबाट नयाँ मान्छेले फोन गरेर भन्यो, ‘उँहा ककनीको भिरबाट खसेर मर्नुभो, अबदेखी यो नम्बरमा फोन नगर्नु !’

दुईओटा फोन बोक्थे, महाराजगंजमा घर छ भन्थे
‘अमेरिकन आर्मीमा जागिर खान्छु, बिहे गरेर अमेरिका ल्याउँछु’ भन्दै युवतीहरु ठग्ने जीवन तामाङको साथमा एउटा आइफोन टुट्दैन थियो । आईफोन पनि फेरी–फेरी बोक्ने जीवन प्रायः दुईओटा मोवाईल बोक्थे । प्रहरीले उनको फ्ल्याटबाट करिब आधा दर्जन महंगा मोवाईल सेट बरामद गरेको छ । प्रहरीको पछिल्लो अनुसन्धानले उनको स्थायी घर नुवाकोटको सामरी गाविस–५ भएको खुलेको छ ।
‘महाराजगञ्जमा मेरो घर भाडामा दिएको छु’ भनेर चावहिलमा भाडामा बस्ने जीवनले घरबेटीलाई पनि झुक्याएका थिए । घरबेटीलाई पनि उनले आफु अमेरिकी आर्मी भएको बताउँदै आफ्नो घर अमेरिकन दुतावासमा बस्ने मरिन कोरका सैनिकले भाडामा उपयोग गरेको भन्दै ढाँटेका थिए ।
jivan thagi (5)jivan thagi (20)
चार महिनादेखि चाबहिल बस्दै आएका जीवनले आफ्नो वासस्थानलाई आधुनिक तरिकाले सजाएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए ।
जीवन महिनामा लाखौं ठगेर ल्याउँथे, श्रीमती बैंकमा पैसा राख्थिन्, ब्युटी पार्लर धाइरहन्थिन् ।
जीवनले कुनै पनि बैंकमा खाता नखोलेपनी श्रीमती सुवीको नाममा हिमालय र प्रभु बैंकमा खाता देखिएको प्रहरीले जनाएको छ ।
jivan thagi (9)
यसरी समातिइन् श्रीमती 
प्रक्राउ परेपछी पनी खास कुरा नखोलेका जीवनको ठगी धन्दाबारे उनकी श्रीमती पक्राउ गरेपछि धेरै कुरा खुल्दै गएको छ । पछिल्लो पटक कुराकानी भएको नम्बर बारे सोधपुछ गर्दा जीवनले आफ्नो बहिनीको नम्बर भएको प्रहरीलाई बताए । तिनै बहिनीलाई फोन गर्न लगाएपछि उनले श्रीमतीलाई बानेश्वर बोलाएका थिए । जीवनको बैनी बनेर बानेश्वर आएकी सुवी तामाङ प्रहरी फन्दामा परेपछि मात्रै अभियुक्तको श्रीमती भएको खुल्यो । अहिले श्रीमान÷श्रीमती दुवैजना महानगरीय प्रहरी अपराध महाशाखाको हिरासतमा छन् ।

अपरिचितको फ्रेन्ड रिक्वैस्ट अस्वीकार गर्नुहोस् : प्रधुम्न कार्की 
फेसवुककै माध्यमबाट दर्जनबढी युवतीहरुलाई ठगेको घटना सार्वजनिक भएसँगै काठमाडौं प्रहरीले अपरिचीतको फ्रेन्ड रिक्वेस्ट अस्वीकार गर्न आग्रह गरेको छ । रातोपाटीसँग कुरा गर्दै महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रधुम्न कार्कीले भने, ‘फेसबुकको दुरुपयोगले एउटै ब्यक्ति ३ देखि ६ लाखसम्म ठगिएको पाइयो, अबका दिनमा त्यस्ता अपरिचितको रिक्वेस्ट अस्वीकार गर्न हामी आग्रह गर्छौं ।’
जीवन तामाङबाट १६ भन्दा बढी युवतीहरु ठगिनुको मुल कारण विदेश प्रतिको आकर्षण पनि मुख्य कारण भएको कार्कीले बताए । उनले भने, ‘समाज विदेशप्रति अलिबढी आकर्षित भएको देखिन्छ ।’
तस्विरः अशोक दुलाल
साभार: रातोपाटी

No comments:

Post a Comment