1
नसोध मलाई म कुन हालमा जिएको छु

2
तिमीले छोडेको रात म कहाँ निदाउन सकेँ

यथार्थ बुझ्दाबुझ्दै यो मनलाई कहाँ बुझाउन सकेँ
तिमीले छोडेको रात म कहाँ निदाउन सकेँ ।
सायद म मा कमी थियो त्यसैले जून मनपर्छ भन्यौं
वसन्तले ढाकेपछि मलाई फूल मनपर्छ भन्यौं,
वेदनाले च्यातिएको मन कहाँ सिलाउन सकेँ
तिमीले छोडेको रात म कहाँ निदाउन सकेँ ।
मिठो भन्छन् पिरती मेरो लागि कथा भइसक्याे
भित्रभित्रै मलमले निको नहुने घाउ भइसक्याे,
प्रेममा नाटक भएपछि त्यो पत्र निभाउन कहाँ सकेँ
तिमीले छोडेको रात म कहाँ निदाउन सकेँ ।
झरेपछि फूल भएर कहाँ फुल्न सकेँ ।
पुरानो थियो व्यथा, सधैंभरि दुखिरह्यो
निको नहुने घाउ मुटुभित्र लुकिरह्यो,
जून सरेपछि तारासँगै कहाँ डुल्न सकेँ
वसन्तमा पनि अतीत कहाँ भुल्न सकेँ ।
हररात कटाएको छु परेली भिजाएर
सपना मरेपछि अब के देखु निदाएर,
मिठा थिए जिन्दगीका रंग कहाँ भुल्न सकेँ
वसन्तमा पनि अतीत कहाँ भुल्न सकेँ ।
नजरमा सजाएको भए प्रीत बन्थ्यो होला तिमीले गुनगुनाएको भए गीत बन्थ्यो होला । प्वाँख थिए तिम्रा उडेर मैले रमाउन सकिनँ निष्ठुर भए तिम्रा परेली आँसु मैले दबाउन सकिनँ, मनको भित्तामा अटाएको मीत बन्थ्यो होला नजरमा सजाएको भए प्रीत बन्थ्यो होला । सागर तर्यो तिम्ले म बगर भै बसिरहें जाल हाल्यौ तिम्ले म माछाझैं फसिरहें, सँगसँगै उडान भरेको भए जीत हुन्थ्यो होला नजरमा सजाएको भए प्रीत बन्थ्यो होला ।
4
तिमीले गुनगुनाएको भए गीत बन्थ्यो होला

-काठमाडौँ
यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि
trichandra.shrestha@gmail.com
No comments:
Post a Comment