जुट्नु र छुट्नु
चढ्दो
जवानीसँगै
बढेका
नातासम्बन्धहरू
ढल्दो
जवानीसँगै
एक
एक गर्दै
टुट्दै
जान्छन् ।
मासका
कोसाझैँ
प्वाट्ट
फुटेपछि
टाँसिएका
गेडाहरू
आ-आफ्नै
बाटो लाग्छन् ।
मक्ख
पर्छौ किन जुटेकामा ?
बिलौना
गर्छौ किन छुटेकामा ?
जुट्नु
र छुट्नु त
हो
एउटा
संयोग
मात्रै ... !
विषमता
सुकुमारी
चुचुराहरू
उषाको
उठानमा
भर्खरै
नुहाएर
प्रज्ज्वलित
कान्तियुक्त
अद्वितीय
मुस्कान छाड्छन् !
कुप्रा
खोँचहरू
अभिशप्त
वर्तमानबिच
वर्तमानमै
तुहाउँछन
भविष्यको
गर्भ
र
सुक्सुकाउँछन्
सेतो
पछ्यौरीभित्र !
रविरश्मिको
पहिलो केन्द्र
शिखरमै
छ युगौँदेखि
माथिकाहरूले
खोँचमा
हेरेको इतिहास छैन् !
शङ्कालु
सरिता
आफ्नो
सतह आफै मिलाउँदै
सिन्धु
निसाना बनाएर
पत्थरका
बाबजुद
अनवरत
भुमरी
र भेलका बुलन्द आवाज घन्काउँदै
उर्लिरहेकी
सरिता
सिन्धु
पुग्ने प्रेरणाले बहन्छिन् ।
कहिलेकाहीँ
दूषित
तत्वहरूसँग हार खान्छिन्
टुकुचा, बागमती,
विष्णुमती
ढलमती
हुन्छिन्
र
शङ्कालु मनोभाव राख्छिन्
के
म गन्तव्यमा त पुग्छु ?
शङ्कालु
वातावरणमा
हुस्सु
र कुहिरोबिच
खोँचमा
पथ
हराएको यात्री जस्तै
अनवरत
बगिरहेकी
छन्
सरिता
सिन्धु
निसाना बनाएर
शङ्कालु
गतिमा ... ।
(प्रस्तुत कविताहरू कवि स्वयंको कविता सङ्ग्रह निर्मुक्त
बाट साभार गरिएको हो ।)
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment